Posts

टिपन टापन (१ - ५००)

१.                     यदी तपाइंको खुट्टामा जुत्ता छैनन् भने अफ्सोस नगर्नोस् , किनकी यस्ता पनि मान्छे छन् , जस्को खुट्टा नै छैनन् ! २.                     किन गर्नु र धनको घमण्ड , आखिर मरेर नांगै जाने हो ! किन गर्नु र रूपको घमण्ड , आखिर दाँत झरेरै जाने हुन् ! ३.                     खुलेर मुस्कुराउनुहोस , किनकी यो नै मनुष्य हुनुको पहिलो शर्त हो ! याद गर्नुहोस : कुनैपनि पशु मुस्कुराउन सक्दैन ! अझै बढी मुस्कुराउनुहोस , किनकी हरेक मान्छेले फक्रिरहेको फूललाई र मुस्कुराई रहेको अनुहारलाई मन पराउँछ ! ४.                     समस्या पर्दैमा नआत्तिनोस् , किनकी समस्या बारम्बार आऊछन् , अल्झिन्छन् , बल्झिन्छन् र सुल्झिन्छन् पनि ! ५.                     लड्नु , भिड्नु , उपलब्धि हाशिल गर्दै रमाउनु - आहा , यहिँ त हो जिन्दगी !