टिपन टापन (५००-७५०)


५०१.            हाम्रो नौटंकी काठमाण्डौका विभिन्न रूपहरू यस्ता छन् : कुलमाण्डौ , घुलमाण्डौ , हुलमाण्डौ , हठमाण्डौ , लठमाण्डौ , लुटमाण्डौ , गांठमाण्डौ , आँटमाण्डौ र झुठमाण्डौ ! [गजुरियल तर्क] 
५०२.            संस्कृतिविद सत्यमोहन जोशीलाई सुनगाभा साहित्य सदनले काब्यिक अभिनन्दन गरेको छ ! उक्त समारोहमा विभिन्न स्रष्टाहरुले समेत सत्यमोहनमा समर्पित रचना सुनाएर अभिनन्दन गरियो !
५०३.            पूर्ब सांसद तथा पूर्ब राजदूत हिरंयलाल श्रेष्ठले कूटनीति, राजनीति, जलस्रोत, बौद्ध दर्शन र नेपालभाषासंग सम्बन्धित ३२ वटा पुस्तकहरु लेखिसकेका श्रेष्ठ आगामी बर्षभित्रमा अरु थप सातवटा किताबहरु लेखिसक्ने योजनामा छन् !
५०४.            हिंजोआज बिगतका अनुभब समेटिएका किताबहरु बजारमा आउन थालेका छन् ! किताबको बजार र पढ्ने रुची बढ्दै गएको छ ! नयाँ पुस्ताले अहिले अंग्रेजी किताबहरुमा बढी रुची दिएको देखिन्छ ! त्यसकारणले पनि नेपाली किताबहरुलाई अंग्रेजीमा पनि निकाल्ने र साथै बिदेशी किताबहरूलाई नेपालीमा अनुबाद गर्नुपर्ने आबस्यकता छ !
५०५.            बिकाउ उपन्यास र अबिकाउ कविताका बिषयले सदैब ततिरहने नेपाली साहित्यमा कथाचाहीं जहिले पनि बेवास्तामा परेको पाइन्छ ! यस्तो अबस्थामा परजुलिले लेखेको शुक्रराज शास्त्रीको चस्माले पनि केही आशा जगाएको छ !
५०६.            हृदयघात भएकाहरुको चिकित्सकीय इतिहास केलाउँदा, सो हुनुमा रीस र क्रोधले समेत सघाएको प्रशस्त उदाहरणहरु देखिन थालेको तथ्य डा. ओममूर्ति बताउछन् ! रिसले मुटुको रक्तनलीमा अबरोध भएका वा नभएका दुबैथरीलाई हृदयाघात हुने सम्भावना हुन्छ ! रिस उठेको दुई घन्टाभित्र हृदयाघातसंगै पक्षाघात (स्ट्रोक) र मुटुको चालमा गडबडी हुनसक्ने ऊनी बताउंछन् !
५०७.            अमेरिकन कलेज अफ् कार्डियोलजिको जर्नलमा प्रकाशित उक्त अनुसन्धान अनुसार रिसले मुटुमा एक्कासि परिवर्तन ल्याऊँछ र अचानक हृदयाघातको कारण बन्न बिशेषज्ञ प्रा. डा. सरोज प्रसाद ओझा भन्छन् कुनै पनि कुराबाट तपाईलाई रीस उठीहाल्यो भने, कम्तिमा आफुलाई दस सेकेन्ड सम्म रोक्नुहोस र कुनै प्रतिक्रिया पनि नजनाऊनुस ! त्यसोगर्दा रीस आफै आधाजति कम भैहाल्छ !
५०८.            ५२ बर्ष भैसकेछ मीरा राणाले नेपाली संगीत क्षत्रमा योगदान गरेको ! पहिलो दिनको कुरा सम्झन नै हाफ सेन्चुरी पार गर्नुपर्ने ! पूरै एउटा युग लुकाएर बाँचेको एउटा कोठाको आडमा नै थियो हार्मोनियम, ऊनी र उनको बाजा ! अझैपनि दिनको चार घण्टा रियाज गर्छु मउनले सुनाईन् !
५०९.            अहिले सम्झदा अचम्भ लाग्छ कि मेरो बाल्यकालमा आफ्नो परिवारको अवस्था नाजुक थियो ! उदाहरणको लागि मकैको आटो, ढिंडो र गहुँको रोटीलाई भात खान नपुगेर खाईने निकै कम्सल खान्कीमा गनिन्थ्यो ! हिंजोआज भने, सुगर र प्रेसरको बिरामी भएकोले म आफैले दैनिक रूपमा उनै पुराना कम्सलखाना खाने गरेकोछु !
५१०.            नेपालको ईतिहासमा हिंजोआज (बि. स. २०७३) भन्दा ठीक १७० बर्षअगाडी नेपालको ईतिहासमा एउटा ठूलो हत्याकाण्ड भएको थियो, जुन कोतपर्बको नामले प्रसिद्ध छ ! बि. स. १९०३ आश्विन को राति भएको उक्त घटनामा देशका मुख्तियार सहित धेरैजसो उच्च भारदारहरु मारिएका थिए र सोहि घटनाबाट जंगबहादुर कुँवरको उदय भएको थियो !
५११.            आखिर नेपालले कोतपर्बबाट के पायो त? यसको स्पष्ट उत्तर छ: एक शताब्दीको तानाशाही राणा शासन, कोतपर्ब पूर्वको राजनीतिक अस्थिरता भन्दा दशौँ गुणा हानिकारक सिद्ध भयो ! आजको दिनमा पनि देशभित्र ब्याप्त राजनीतिक अस्थिरता तथा अनिश्चितताले नेपाललाई कता लैजाने हो कसैलाई पनि थाहा छैन !
५१२.            भाषाको योजनाकार्यमा लेनिनले पाएको सफलताको प्रमाणले गर्दा, नेपाल सरकारले चाहेमा पाँच बर्ष भित्रैमा कुनै पनि भाषामा आशातीत् प्रगति र बिकास गर्न सक्ने देखिन्छ ! नेपालकै झन्डै १०० वटा मात्री भाषाहरु सरकारको बिबेक नपुगेको कारणले गर्दा धमाधम लोप भैरहेका छन् र क्रमश: अघिल्ला पुस्तातिर सरिरहेका छन् !
५१३.            सोभियतसंघ र खासगरी रूस पुगेका कुनैपनि बिदेशी बिद्ध्यार्थीहरु दश महिनामा सिकेको रूसी भाषाको भरमा, रूसी भाषामै मास्टर्स तथा पीएचडीको थेसिस लेख्न सक्थे ! तर, नेपालमा झन्डै १६ बर्षसम्म अनिवार्य भाषाका रूपमा अंग्रेजी पढाएर पनि अंग्रेजीमै बोल्नसक्ने स्नातकहरु उत्पादन गर्न निकै गाह्रो भैरहेको पाईएको छ !
५१४.            भन्नेगरिन्छ कि इतिहास भनेको अतीत र बर्तामानबीचको अटुट सम्बद हो, जसले उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्छ ! इतिहासबाट पाठ सिकेर अगाडी बढने हो भने त्यो देशको भबिष्य उज्ज्वल हुन्छ ! तर, आज देशभित्र ब्याप्त भएको राजनीतिक अस्थिरता / अनिश्चितताले गर्दा नेपाललाई कता लैजाने हो, कसैलाई पनि थाहा छैन !
५१५.            चराहरु जहाँ जहाँ पुगेपनि आफ्नो पुर्खेउली ठाउं भुल्न नसकेर फर्किने गर्छन् र आफ्नै देशमा रमॉउछन् ! आतिथ्य सत्कारका लागि नेपाली हावा , पानी, माटो र प्रकृति सर्बोच्च स्थानमा छ !
५१६.            आजसम्म कुनै फिल्मको क्लैमेक्स हेर्दा तपाइलाई उकुसमुकुस भएको छैन भने ओल्ड ब्वाईहेर्नुहोस ! दर्शकलाई कथाको बहावसंगै बगाउंदै लगेर अन्तिममा स्तब्ध पार्ने क्षमता भएका निकै थोरै फिल्ममा यो पनि पर्छ !
५१७.            विचारधारात्मक मुद्दा कमजोर भएका दलहरू र नेताहरुबाट भय तथा भ्रम बिक्री गरेर जनतालाई आतंकित गर्ने तथा जनमत आफ्नो पक्षमा पार्ने गजबको सोसल इन्जिनियरिंङ् गरिंदै छ नेपालमा !
५१८.            चोटले गर्दा परिवर्तन भएमा साथीहरुले बरु सम्झन्छन्, तर नोटले परिवर्तन भएका चाहिं भेट हुँदा पनि पछि भेटौंलाभन्दै हतार गर्दै उम्किन्छन् !
५१९.            एउटा निकै घतलाग्दो भनाई छ : कुनै मान्छे उकालो लागे शत्रु बढ्छन्, तर ओरालो लागे घट्छन् ! धन देखे नाता जोड्छन्, तर गरीब देखे तोड्छन् !
५२०.            आकसमा उड्दै गरेको चरालाई कसैले सोधेछ : तलाई यति माथिसम्म उड्दा जमिनमा खस्ने डर लाग्दैन ? अनि चराले पनि मुस्कुराउँदै जबाफ दिएछ : म त्यो मान्छे जस्तो होइन, जो थोरै उचाईमा पुग्नासाथ आफ्नो हैसियत बिर्सन्छ ! म जतिसुकै उचाईमा पुगेपनि मेरा आँखा सधैभरि जमीनमा नै हुन्छन् !
५२१.            एउटा निकै छोटो, तर घतलाग्दो प्रश्न र त्यसको सटिक उत्तर छ ! प्रश्न : प्रगति कस्तो मान्छेले गर्न सक्छ ? उत्तर : कि त आफन्तले चेपेकाले ; नत्र शत्रुले हेपेकाले !
५२२.            बिचार धारात्मक मुद्दा कमजोर भएमा राजनीतिक दलहरु र ऊनका नेताबाट भय तथा भ्रम बिक्री गरेर जनतालाई आतंकित गर्ने र जनमत आफ्नो पक्षमा पार्ने बडो गजबको सोसल इन्जिनियरिंग गरिदै छ ! - झलक सुबेदी, नयाँ पत्रिकाबाट !
५२३.            संयुक्त राष्ट्रसंघका महासचिब वान की मुनले विश्व सङ्गठनको जिम्मेवारी हस्तान्तरण गरिरहँदा, एक दशक अघि कार्य शुरु गरेका बखतको तुलनामा विश्व अझैपनि दीर्घकालिन तथा जटिल सशस्त्र द्वन्दले गांजीरहेको छ ! - हितोकी डेन
५२४.            राजनीति गर्ने नेपाली नेताहरुले दिल्ली र बेइजिंगको दूरी नापेर राजनीति गर्ने होइन, बरू नेपालीहरु बिचको दूरी घटाउने राजनीति गर्नु नै बढी श्रेयस्कर हुनेछ !
५२५.            सारै नै नराम्रो र दिक्क समेत लाग्छ, जब हामी देख्छौं राजमार्गका हरेक पसल र होटेलमा मदिराका बोतलहरु टनाटन सजाएर राखिएको हुन्छ ! न त त्यहाँ बेच्नेलाई रोकटोक छ, न त पिउनेलाई नै !
५२६.            मानिसको सबैभन्दा ठूलो पहिचान भनेको उसको मेहनत, इमान्दारिता र कामप्रतिको लगाव हो ! मेहनत र परिश्रमले नै मान्छेले आफ्नो भाग्य वा दुर्भाग्य निर्धारण गर्छ !
५२७.            नेपालमा नयाँ संबिधान जारि भएपछी मुलुकलाई स्थिरता तथा समृद्धिको बाटोमा लैजान एकजुट हुनुपर्ने राजनीतिक दलहरु आ-आफ्नै स्वार्थमा अल्झिंदा मुलुकमा झन् झन् अन्योल बढ्दै गएको छ !
५२८.            जब मान्छेमा आत्मसम्मानको प्रश्न उब्जिंछ, त्यतिखेर कुनै पनि सम्झौता गर्न सकिने अवस्था रहदैन !  [एंगेला मर्केल]
५२९.            हरेक नर्सले छिन-छिनमा आफ्नो हात धुने विषयमा अत्यन्त सचेत हुनैपर्छ ! त्यसका साथै, आफ्नो अनुहार समेत त्यसरी नै धुनसके अझै राम्रो हुन्छ ! [फ्लोरेन्स नैट्टीन्गेल]
५३०.            नेपालमा जति पनि चाड-पर्बहरु छन्, तिनीहरुमध्ये दशैंको महत्व अधिक मात्रामा छ ! शाक्तमन सित सम्बद्ध यो चाडको मुख्य नायिका महामाया भगवती दुर्गा हुन् ! उक्त चाड आश्विन शुक्ल प्रतिपदा देखि प्रारम्भ भई दशमीसम्म खास तवरले मनाइने हुँदा, यसलाई दशैं भनिएको कथन छ !
५३१.            नेपालमा दशैंको चाड १३ औं वा १४ औं शताब्दी ताकाको गोपालवंशावलीमा दशैको बारेमा उल्लेख भएको पाइएबाट उक्त कुराको पुश्टिमा सघाउ मिल्छ !
५३२.            तनाव, दबाब, आर्थिक बोझ, चिन्ता र दिमागी झन्झट पनि दशैंसंगै नारिएर आउँछन् ! अनि, चामल किन्दा साथमा आउने बियाँ र कनिका जस्तै भन्ने हामि भुराहरुको एक मनमा पनि हुन्थेन !
५३३.            दशैंलाई नेपालभाषामा ‘मोहनि’को संज्ञा दिइएको छ ! मोहनीशब्दको अर्थ रहेछ: मायाजाल फिँजाउने तथा विभ्रम पैदा गर्ने !
५३४.            डा. अरुणा उप्रेतीका अनुसार, भिटामिनाले भरिपूर्ण भएको पौष्टिक खानाहरू हुन् : ज्वानोको झोल, तरुल, आलु र पालुंगो ! आइरन चक्की र भिटामिन बिका चक्कीको साटो दाल, भात, गुन्द्रुक, मकै र चनाबाट नै त्यो प्राप्त गर्न सकिन्छ ! बास्तवमा, सन्तुलित भोजन नै राम्रो औषधी हो !
५३५.            क्याल्सियमको तत्व ज्वानो र दहीबाट पाईन्छ ! एक चिया चंचा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाईन्छ !
५३६.            भिटामिन डीको लागि सूर्यको कीरण अत्याबस्यक हुने भएको कारणले पनि कम्तिमा १५ देखि २० मिनेटसम्म घाममा छाला देखाउनु जरुरी हुन्छ !
५३७.            नेपालमा दशैंको चाडपर्ब स्पष्टत: १३औं या १४औं ईस्वि शताब्दी देखि प्रचलनमा आएको रहेछ ! गोपाल बम्शावलिमा दशैंको बारेमा उल्लेख भएको पाइएबाट उक्त कुराको पुष्टिमा सघाउ मिल्छ !
५३८.            अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो अपिलमा भनेका छन् : सचेत नेपाली नागरिकका रूपमा भ्रष्टाचार विरुद्धको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ ! त्यसबेला को कतिको शरीरमा बस्त्र बाँकी रहला, समयले नै बताउने छ !
५३९.            स्वर्गीय पूर्बप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई (किसुन जी) नेपाली जनताबाट अपार श्रद्धा र विश्वास पाएका राजनेता हुनुहुन्थ्यो ! वहाँले उतिबेला नै भन्नुभएको थियो : धर्म निरपेक्ष, गणतन्त्र र संघियताले देश कमजोर हुने पक्का छ’ ! आज आएर, उक्त भनाईको पुष्टी भएको छ !
५४०.            अल्बर्ट आइन्स्टाइनले कक्षामा पढ्दा तिम्रो छोराले पढ्न सक्दैन, भोलिदेखि उसलाई बिध्यालय नपठाउनु भन्ने व्यहोराको पत्र उनकी आमालाई प्राप्त भएछ ! त्यसपछि ऊनले घरमै बसेर अध्ययन गरेछन् ! ऊनै आइन्स्टाइन, पछि भौतिक शास्त्रका बैज्ञानिक भएर चिनिएका हुन् !
५४१.            ‘हाम्रो स्वभाव कस्तो छ, हामी अरुसँग कस्तो ब्यबहार गर्छौं’ भन्ने कुरा आहार, आचार र बिचारले निर्धारण गर्नेरहेछ ! खाना अनुसार नै रगत बन्छ र त्यस्तै विचार हुन्छ, तिनै बिचारको परिणाम स्वरूप हाम्रो स्वभाव बन्दोरहेछ ! त्यसकारणले गर्दा हामीहरुले आहार, आचार र बिचारमा निकै ध्यान दिनुपर्छ !
५४२.            पूर्वराजा ज्ञानेन्द्र शाहले बिज्ञप्ति मार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए : दरवार हत्याकाण्डको राम्ररी छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनै पर्दछ’ ! [नागरिक दैनिकबाट साभार गरिएको]
५४३.            ईमान्दारिता र त्यागका धनी किसुनजी जस्ता शिखर व्यक्तित्व कुनै बेला नेपाली राजनीतिमा हुनुहुन्थ्यो ! आज वहाँ हामीबीच भैदिएको भए, वहांको ऋषि मनले नेतृत्व गरेको संबिधान सम्पूर्ण नेपालीहरुले स्वीकार गर्ने थिए !
५४४.            मृत्युको अन्तिम क्षणमा पनि किसुनजी नर्भिक अस्पतालमा सेवा गर्ने नर्सहरुलाई ठट्टा गर्दै भन्नु भएको थियो : नानीहरुले बेहे गरेको छ कि छैन ? समयमै बिबाह गर्नु, नत्र मेरै हालत होला नी !
५४५.            चलाख राजनितिज्ञले धेरैजसो क्षणिक सफलता प्राप्त गर्न सक्छ, तर दिगोरूपमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन !
५४६.            छक्का - पन्जाफिल्मको सयदिने उत्सबमा, लेखक तथा कलाकार दीपकराज गिरीले बताएका थिए : फिल्मले १६ करोड क्रस गरेको छ, जुन कुनै पनि नेपाली फिल्मले कमाएको अहिलेसम्मको (बि. स. २०७३) सर्बाधिक रकम हो !
५४७.            बेलायतस्थित स्टरलिंङ् बिश्वबिध्यालयको प्रयोगशालामा नमुना परिक्षण गर्दा काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टी भएको छ !
५४८.            मोबिलको स्क्रिनमा औंला दौडाएर दिने निर्देशनभन्दा आवाजमार्फत दिईने निर्देशन प्रयोगकर्ताका लागि सजिलो विकल्प हुन सक्छ ! र, यसलाई बिस्तारै प्रयोगकर्ताले रूचाउन पनि थालेका छन् ! तर, यो सुबिधा चुनौतिबिहीन भने छैन !
५४९.            हरेक कुरामा लेखेर वा स्क्रिनमा औंला दौडाएर फोनलाई वा डिभाइसलाई निर्देशन दिने झन्जटिलो प्रक्रियाको बिकल्प हो ‘भ्वाइस कन्ट्रोल’ !
५५०.            बाँकेको कोहलपुरबाट ११ किलोमिटर पूर्ब र पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट २५ मिटरभित्रै पर्छ नयाँ गाउँ ! दाङबाट आएका थारु समुदायले २०२४ सालमा जंगल फांडेर बस्ति बसालेका थिए ! त्यहीं गाउँलाई नयाँ गाउँभन्न थालिएको हो !
५५१.            देशमा स्थिर सरकार नभई समृद्धि तथा बिकासको कल्पना पनि गर्न सकिन्न ! त्यस्तो अवस्थामा सुशासन धेरै टाढाको बिषय हुने रहेछ !
५५२.            नोभेम्बर १५ तारिखका दिनमा विश्वभर मधुमेह दिवस मनाउने गरिन्छ ! सन् २०१२ मा करिब १२ लाख मानिसको मृत्यु मधुमेह्कै कारणले भएको तथा सन् २०३० सम्ममा मानिसको मृत्यु हुनाको सातौं मुख्य कारण मधुमेह हुने भयाभहको अनुमानका कारण, यसपटक विश्व स्वास्थ्य दिवसमा मधुमेह समस्या सम्बन्धी जनचेतना जगाउन ध्यान केन्द्रित गरिएको छ !
५५३.            मानसिक तनाब तथा तिब्र शहरिकरणले खान-पान एवं रहनसहनमा आएको परिवर्तन र शारीरिक परिश्रमको कमीले गर्दापनि मधुमेह प्रभावित व्यक्तिहरुको संख्या झन् झन् वृद्धि भैरहेको छ ! हालसम्म नेपालमा करिब २५ लाख जनसंख्या मधुमेहबाट प्रभावित भएको अनुमान छ !
५५४.            मधुमेह रोग पूर्णरूपमा निको पार्न नसकिए पनि नियन्त्रणमा राख्न र जटिलता कम गर्न सकिन्छ ! यस्को लागि नियमित आहार, व्यायाम, स्वास्थ्यको नियमित हेरचाहको साथै इन्सुलिन वा औषधीको सेबन गर्नु पर्दछ ! त्यस्तै, निश्चित समयमा खाना खाने र नियमित रूपमा हरियो सागपात काँक्रो, गोल्भेडा, प्याज, लसुन र कागतीको बढी सेवन गर्दा निकै फाइदा हुन्छ !
५५५.            नेपाल बिध्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार, लोडसेडिङ ब्यबस्थापन मूलत: तीन कुरामा निर्भर गर्छ : माग, आपूर्ति र पूर्वाधार ! नेपालको राष्ट्रिय प्रणालीमा करिब सय मेगावाट बिध्युत जोडिएको छ र यस्को साथसाथै भारतबाट २७० मेगावाट बिध्युत आयात भैरहेको छ !
५५६.            उद्घाटन र रिबन काट्ने कार्यक्रमहरुमा सामेल नहुने र आफ्नो कार्यकाललाई संबिधान कार्यान्वयनमा केन्द्रित गर्ने प्रतिबद्धता सहित पाँच महिनाअघि प्रधानमन्त्री बनेका दाहालका पछिल्ला दिनहरु रिबन कटाईमा नै बितेका छन् !
५५७.            देखिएका सबै कुराहरु सत्य नहुन पनि सक्छन् ! त्यसैगरी, लुकेका कुराहरु असत्य नै भानिहाल्न पनि सकिदैन ! तर, साँचो र झुटोको खेल समयले नै निर्धारण गर्दछ !
५५८.            सामान्य स्वस्थ र बयस्क व्यक्तिको कलेजोको तौल करीब डेढ किलो हुन्छ रे ! कलेजोमा केही मात्रामा बोसो हुने सामान्य भएपनि, जब त्यो १०% भन्दा बढी हुन्छ, त्यतिखेर फ्याट्टि लिभर रोग भएको मानिन्छ ! फ्याट्टि लिभर रोगको हालसम्म कुनै उपचार देखिएको छैन !
५५९.            मोटो र बढी तौल भएका व्यक्तिहरुमा समेत कलेजोको बोसो जम्ने सम्भावना बढी हुन्छ ! मदिरा सेवन गर्नेहरुमा, यो समस्या झनबढी देखिन्छ ! आम्दानी भन्दा खर्च धेरै कम भएको अवस्थामा, धन जम्मा भएझैं सामान्यतया खाना भन्दा शारीरिक सक्रियता कम हुँदा बोसोको समस्याले सताउने गर्छ !
५६०.            शरीरभित्र भएको दोस्रो ठूलो अंग कलेजो हो ! कलेजो धडकदैन, यसको नाडी समेत चल्दैन र यो खुम्चिने समेत गर्दैन ! दिनहुँको खानपान र रगतमा भएका हानिकारक तत्वलाई कलेजोले प्रोसेस समेत गर्छ ! करिब ५०० भन्दा बढी शारीरिक गतिविधिमा संग्लग्न हुने कलेजोले प्रोटिन, कार्बोहाईड्रेड र फ्याटलाई पचाउने काम समेत गर्छ !
५६१.            न्याय के हो, भन्ने सन्दर्भमा बी. पी. ले लेख्नुभएको थियो : न्याय कुनै अभेध्य रहस्य होइन, त्यो त बास्तवमा प्रत्येकलाई त्यसको बिबेचना र निरूपण गर्नकोलागि शाश्वत हक हुनुपर्छ !
५६२.            बी.पी. विरुद्धका मुद्दाहरुको अदालती कारबाही खुला इजलाशमा नभई, बन्द इजलाशमा भएको र कानुन ब्यबसायीलाई बहस पैरवीको अवसर नदिईएको कारणले, प्रस्तुत गर्नुपर्ने बहसका बुंदा र नोटहरू बी. पी. आफैले लेखेर अदालत समक्ष प्रस्तुत गरेका थिए !
५६३.            आजकालको चलन अनुसार पहिले प्रेम, त्यसपछि बिबाह, अनि केही कुरामा मनमुटाव हुनासाथ तुरुन्तै सम्बन्ध विच्छेद सम्मको घटना हुने गरेको पाईन्छ ! विश्वका धेरैजसो बिबाह पारपाचुकेमा पुगेर समाप्त हुने गरेका छन् !
५६४.            काठमाडौँ बिश्वबिध्यालयका उपकुलपति माकाजु माथि केयूको आम्दानीको अधिकांश हिस्सा धुलिखेल अस्पतालतर्फ लगानी गरेको आरोप छ ! उपकुलपतिको जिम्मेवारी सम्हालेको चार बर्षमा केयूको गुणस्तर पनि ह्रासहुँदै गएको प्राध्यापकहरु बताउँछन् ! एकजना प्राध्यापकको भनाई अनुसार, माकाजुले मेडिकल बाहेक अन्य स्कूलहरुमा पटक्कै ध्यान दिएका छैनन् !
५६५.            मानव अंग प्रत्यारोपण केन्द्रले मुलुकमै पहिलोपटक (मंगसिर २०७३) कलेजोको सफल प्रत्यारोपण गरेको छ, केन्द्रमा भक्तपुरका ३६ बर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको हो ! बलरामकै दिदी ४१ बर्षीया सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् !
५६६.            एमालेका अध्यक्ष के. पी. ओलीले पहिचानका नाममा भएको राजनीतिले मुलुकलाई बर्सौंपछी धकेलेको बताएका छन् ! प्रचण्ड जी धेरै पहिचानका कुरा गर्नुहुन्छ, पहिचान चाहिनेले खै भारत भ्रमणमा जाँदा दौरा सुरवाल लगाएको ?’ अध्यक्ष ओलीले सोधे !
ओलीले माओबादी केन्द्रको कार्यसमिति करिब चार हजार पुगेकोमा पनि व्यंग्य गर्न भ्याए ! नामै केन्द्र भएकाले सबै केन्द्रमा आएका होलान्, तल त कोही पनि छैनन्ओलीले भने !
५६७.            मुलुकभरी बिध्यालय तहमा कति वयस्कहरु अध्ययन गर्छन् भन्ने कुनै एकिन तथ्यांक छैन ! बालबालिका र बयास्कका अपेक्ष्या फरक हुन्छन् र त्यसअनुसार पाठ्यपुस्तक तयार भएका छैनन् ! कस्तो पाठ्यक्रम हुनुपर्छ भन्ने बारे छलफल मात्र शुरु भएको छभन्छन् शिक्षा विभागका महानिर्देशक !
५६८.            बयस्क मनोबिज्ञानमा आधारित नहुँदा अर्को उमेर समुहका बिध्यार्थिहरुमा जटिलता थपिएको छ ! मुलुकभरि बिध्यालय तहमा कति बयस्क अध्ययन गर्छन्, भन्ने यकिन तथ्यांक छैन ! सरकारले जीवन उपयोगी शिक्षालाई जोडदिने नारा अघि सरेको छ, तर त्यो नारामै सिमित भएको छ !
५६९.            वर्सेनी एक हजारभन्दा बढी व्यक्तिको कलेजो बिग्रिने गर्छ, यो हाम्रै नेपालको अनुमान हो ! यहीं बिकराल समस्यालाई सम्बोधन गर्नको लागि अब मुलुकमै कलेजो प्रत्यारोपण सेवा शुरु गरिएको छ !
५७०.            प्रश्न उठ्छ, के हो त कलेजो ? कलेजो हाम्रो पेटको मथिपट्टीको दाहिने भागमा रहेको हुन्छ ! यसले पाचन् क्रियाकोलागि आबस्यक पर्ने पित्तको निर्माण गर्छ ! कलेजो हाम्रो शरीरमा छालापछी हुने सबैभन्दा ठूलो अङ्ग हो !
५७१.            कलेजो फेलहुने मुख्य लक्षणहरु हुन् : जन्डिस, थकाई, कमजोरी, खानामा अरूची, तौलमा कमि, रगत छाद्नु, वाकवाकी लग्नु, दिसा कालो हुनु, पेटमा पानी जम्नु, बेसुर हुनु आदि !
५७२.            जुनबेला मुलुक पन्चायती व्यबस्थाको चंगुलमा थियो, जनताले निर्धक्क बोल्न सम्म पाउन्नथे ! त्यसबेलादेखि नै मदन ढकालले जनताको पक्षमा कलम चलाए र सधै राज्यसत्ता माथि धावा बोले ! राजा महेन्द्रको शासनको जगजगी भएको बेलामा, ढकालले २०२४ सालमा पत्रकारिता शुरु गरेका हुन् !
५७३.            पन्चायत कालमा सत्ताको खैरो खन्दा पटक-पटक धाक-धम्की र हिरासत भोगेका ढकालले द्वन्दकालमा पनि त्यस्तै ताडना व्यहोरेका थिए !
५७४.            करिब ५० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकामा भरपर्दो सार्बजनिक यातायात प्रणालीको माग भएको धेरै अघिदेखि हो ! पछिल्ला बर्षमा मेट्रो, रेल सन्चालन गर्न सकिन्छ भन्ने बहसले चर्चा पाउन थालेको छ !
५७५.            उपत्यकाको बिग्रदो ट्राफिक समस्या समाधान गर्ने उत्तम उपाय भनेको धेरै यात्रु एकसाथ बोक्नसक्ने सार्बजनिक यातायात प्रणालीको विकास नै हो ! ठूलो योजना बनाएर निर्माण अलपत्र पार्नुभन्दा छोटो रूटबाट काम शुरुगरेर समयमै सम्पन्न गर्नु बुद्धिमानी हुन्छ !
५७६.            कुनै समयमा राज्यबिरुद्ध सशस्त्र युद्ध्मा होमिदै मार्न र मर्न समेत तयार हुने माओबादी लडाकुहरु, अहिले विश्वका द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ! वि. स. २०५२ मा माओबादीले थालेको दशबर्ष लामो घरेलु सशस्त्र द्वन्दमा राज्य बिरुद्ध उभिएका मध्येबाट १४४२ लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो !
५७७.            मानव जीवनमा संघर्ष त छँदै छ, तर त्यसको अलावा अन्य बिषयहरुको पनि जरुरत हुन्छ ! जस्तै, छिटो उठ्ने, नियमित मेडिटेसन गर्ने, दैनिक रुटिनलाई कडाईको साथमा पालना गर्ने, मितब्ययी बन्ने, परोपकारी काम गर्ने र पुस्तकहरु पढ्ने लगायतका बानीले नै मानिसको जीवनमा परिवर्तन ल्याउँछ !
५७८.            मानसिक र शारीरिक स्वास्थ्यको लागि ध्यान (मेडिटेसन) गर्नुले स्मरणशक्ति मात्र बढाउने मात्र नभई रोग विरुद्ध लड्ने क्षमता समेत बढ्छ ! आफ्नो दिनचर्यालाई कडा रूपमा पालना गर्ने, हरेक दिन पाँच मिनेटजति शान्त भैकन बसेर आफुले गरेका कामहरुको मुल्यांकन तथा आत्मसमिक्ष्या गर्नु नै सफलताको रहस्य हो !
५७९.            एकाग्रचित्त भएर अघिबढेको खण्डमा, यो सन्सारमा नपाईने कुनै बस्तु छैन ! आफ्नो लक्ष्यमा पुग्नकोलागि लगनशिलताले जो कोहीलाई पनि सहयोग गर्छ ! जब्सले त्यसै गरेर अरबपति समेत बन्न सफल भए ! विश्वका अधिकांस सफल व्यक्तिहरु किताबका किरा नै हुने गरेको भेटिएका छन् ! उनीहरुले पढ़नुलाई आफ्नो रुचिको बिषय बनाएका छन् ! जस्तै, फेसबुकका मार्क जुकरबर्गले हरेक दुई सातामा एउटा पुस्तक पढ्ने गर्छन् !
५८०.            सन् २०१६, फेसबुक बिबादको बर्षको रूपमा रह्यो ! सोसल मिडियाको कुरा गर्दा, यो बर्षभरी फेसबुककै चर्चा बढी भयो ! कहिले फेसबुकले विवाद निम्त्यायो त कहिले बिबादले फेसबुकलाई तानिरह्यो ! वर्षको शुरुवातदेखि अन्त्यसम्म नै सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया कम्पनीलाई बिबादले छाडेन !
५८१.            हाम्रो शरीरको इन्जिनियरिंग चारखुट्टा टेकेर हिंड्नेगरी बनाइएको छ, तर बिकासको क्रममा हामीले दुईवटा खुट्टामा हिंडेर पाएको समस्या हो - स्लिप डिस्क ! भारी बोक्ने किसान, प्राध्यापक, चिकित्सक, राजनीतिज्ञ, गृहिणी, कामदार, कर्मचारी जस्ता नेपालका सबैजसो बर्ग, समूह, समुदाय, जात-जातिमा यो समस्या बढ्दो छ !
        - डा. बसन्त पन्त
५८२.            डा. बसन्त पन्तको सल्लाह अनुसार, स्लिप डिस्कका बिरामीहरुले जान्नुपर्ने कुराहरु निम्न छन् : उठ्बस संगै हिंडाइको मुद्रामा बिशेष ध्यान दिने; शरीरको तौल नियन्त्रणमा राख्ने; कुर्सीमा अगाडीतर्फ झुकेर नबस्ने; दिनहुँ पैदल हिड्ने र व्यायाम गर्ने; पौडी खेल्ने र साइकल चलाउने आदि !
५८३.            जीवनमा सम्पति कमाएर के गर्छौ ? आखिर मरेपछि के पो लैजाने हो र ?’  यस्तो भनिरहने महाराजले एउटामात्र प्रबचनको लाखौं रुपैंया पारिश्रमिक लिने गर्छन् !
५८४.            धेरै महिलाहरुले गर्ब गर्छन् मेरो आँखा निकै राम्रो छ भनेर ’’ ! अनि फेरी, अरुले जबाफ फर्काउँदै भन्छन् : राम्रो त हुने नै भयो नी दिन रात आँशुले पखालेपछि ” !
५८५.            केटाहरुलाई मायागर्ने केटीहरु धेरै हुन्छन् , तर आई लभ यू भन्ने कोही हुँदैनन् ! त्यस्तै, केटीहरुलाई  आई लभ यू’  भन्ने केटाहरु धेरै हुन्छन् , तर मायागर्ने चाहिं कोही पनि हुँदैनन् !
५८६.            प्रेम प्रसंगमा कुरा चल्दा केटाले भनेछ : मेसेज हेरेर रिप्लाई आएन भने नरिसाउनु है, किनकी जाँचमा त प्रश्नपत्र हेरेर छोड्ने महशुर मान्छे हुँ म ! अनि, उत्तरमा केटी चाहिंले भनिछे : तिम्रा ती झुठा बाचा, कसम र सपनाहरु फिर्ता लैजाऊ , किनकी फेरी अर्को केटासंग प्रेमगर्दा काम पो लगिहाल्छ कि ?
५८७.            युरोपेली मुलुकहरु, युक्रेन र हंगेरीबाट महिनौं लगाएर तोरी काठमाण्डौ उपत्यकामा भित्रिसकेको हुँदैन, यसको नामाकरण भैहाल्छ देश दुनिया तान्ने गरी खोकनाको तेल” ! खोकनासंग तोरीको तेलचिनारी बाहेक नेपालमै पहिलोपटक बिजुली बलेको गाउँ (सन् १९९१) को इतिहास पनि छ !
५८८.            पुरूषको यौनांग उत्तेजित भएर कडा हुनु, डार्विनको सिद्धान्त अनुसार भद्दा मजाकको बिषय होइन ! महिला र पुरूषको यौनांगहरुको मिलन सन्तान उत्पादनको लागि अत्यन्तै आबस्यक प्रक्रिया हो ! पुरूषको लिंग यथोचित हिसाबमा कडा भएन भने यौनसम्पर्क बेकामको हुन्छ र पुस्तान्तरणको प्रक्रिया नै अबरुद्ध हुन पुग्छ !
५८९.            धेरै टाढा अन्तरिक्षमा एउटा उल्का पिण्डको नाम छ ‘फ्रेदी मरक्युरी’ ! यी मरक्युरी जीवित रहेको भए, अहिले ७० बर्षका हुन्थे ! उनको निधन भएको २५ बर्ष पुगेको छ, आफ्ना युगका ऊनी नामी गाएक थिए ! स्वरले पनि अलि फरक, अनि स्टेजमा पनि उत्तिकै फरकगर्न रुचाउने गायक थिए ती मरक्युरी ! सात बर्षको उमेरमा मरक्युरीले पहिलोपल्ट पियानो छोएका मात्र के थिए, त्यसपछि फर्केर हेरेनन् ! पियानोमा ऊनको हात गजबसँग चल्थ्यो, तर उनले आफुलाई राम्रो पियानो बादक कहिल्लेई पनि मानेनन् !
५९०.            प्रायजसो आत्मकथा पाठकले खोजेको सत्य उजागर गर्ने अभिप्रायले लेखिएकै होइनन्, ती त आफ्नो कर्मठता, साहस, बहादुरी र पुरुषार्थ बयान गर्न लेखिएका हुन् ! ‘आत्मकथा’ भनेकै लेखकको को कथा हो, जसमा आफूलाई केन्द्रमा राखेर ऊ पाठकसामु प्रस्तुत हुन्छ !
५९१.            नेपालको प्रकाशित आत्मलेखन इतिहास २०१४ सालतिर शुरु भएको तथ्य विभिन्न लेखहरूमा उल्लेख गरिएको छ ! नेपालको समसामयिक आत्मकथा लेखन पश्चिमी दर्शनको अहमयुक्त बाट अभिप्रेरित छ ! आत्मलेखनमा लेखकको उसको व्यक्तिगत परिचय वा सामाजिक परिचयसँग जोडिएर आउन सक्छ !
५९२.            कांग्रेसका प्रभावशाली नेता चक्र बाँस्तोला बि. स. २०६९ पुष १४ देखि अचेत छन् ! बिमान अपहरण हुँदै पछिल्लो शान्तिवार्तासम्म राजनीतिको केन्द्रबिन्दुमा रहेका उनले बाँस्तोलाहरुको कुलपूजामा भाग लिंदैगर्दा उनलाई मस्तिष्कघात भएको थियो र त्यसयता अचेत अवस्थामा ढलिरहेका छन् ! ऊनकी श्रीमती दिनरात नभनी खटिरहेकी कुसुमले भल्भल्ती आँसु झार्दै यसरी आफ्नो बेदना पोखिन् : आज बिहान खाना खुवाउंदै मैले उहाँलाई भनें, ‘बाबा, मैले चार बर्ष अघिको यहीं पुसदेखि हरेक दिन यसरी नै पाइपबाट खाना खुवाईरहेकी छु हजुरलाई’ !
५९३.            राजनीतिको तितो सत्य : चक्र बाँस्तोला शक्तिमा हुँदा आँगनमा आगन्तुकले खुट्टा राख्ने ठाउं समेत हुँदैनथ्यो ! आज दुई नर्सहरु पालैपालो देखभाल गर्छन् ! अरुबेला कुसुमसंग भलाकुसारी गर्ने पनि कोहि हुँदैन ! पूर्व पत्नी मधु बितेपछी चक्रले ढिलोगरी कुसुमलाई भित्र्याएका रहेछन ! आमा भने पनि, देबी भने पनि अब चक्रकालागि उनै कुसुम भएकी छिन् !
५९४.            दक्षिण एसियाली क्षत्रिय सहयोग संगठन (सार्क) ले निर्माण गरेको साझा शिक्षालय  ‘’साउथ एसियन युनिभर्सिटि मा २३ जना नेपालीहरुले बिध्याबारिधि गर्दैछन् ! सार्क युनिभर्सिटिमा छात्रवृत्ति पाउन दह्रो प्रतिष्पर्धा गर्नुपर्छ ! छानिएकाहरुले मासिक २५ हजार भारतीय रुपैंया छात्रवृत्ति रकम पाउंछन् !
५९५.            फुटबलमा तीनदशकयता निरन्तर लागेकी पेमा लामाले सन् १९९९ मा, नेपाली महिला टिमकालागि अन्तर्रास्ट्रिय फुटबलमा पहिलो गोल गरेकी थिइन् ! ऊनी भन्छिन् खेल सकेपछि मात्र त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल भएको थाहा भयो ! मेरो जीवनमा पाएको सबैभन्दा ठूलो उपलब्धि भनेकै त्यहीं गोल हो !
५९६.            पेमा लामाले फुटवलबाट कहिलेइ पनि टाढा हुन नसक्ने बताउंदै अगाडी थपिन् : मेरोलागि फुटवल खेल बच्चादेखि नै लागेको ड्रग्स जस्तै हो, र म यसैमा अगाडी बढेर अझ केही गर्न चाहन्छु ! नेपाली फुटवलमा राम्रो बताबरणको खाँचो छ  ऊनले थपिन् !
५९७.            रामायण र महाभारत जस्ता ग्रन्थहरुलाई समानान्तर रूपमा राखेर तुलनात्मक अध्ययन गर्नु भनेको त्यति सजिलो काम होइन ! बाल्मिकी र ब्यास : तुलनात्मक अनुशीलन’  यस्तै एउटा महत्वाकांक्षी प्रयास हो ! बाल्मिकी, रामायणका लेखक हुन् भने ब्यास चाहिं महाभारतका !
५९८.            प्रचलित रामायणमा सात खण्डहरु छन्, ती खण्डहरुलाई काण्ड भनिन्छ ! काण्डहरु फेरी सर्गहरुमा विभाजित छन् ! सुबेदीका अनुसार, आजभन्दा हजार बर्षअघि मात्र रामायणको अन्तिम रुप टुंगो लागेको थियो ! अनि, थपघट हुने क्रमचाहिं झन्डै १५०० बर्षसम्म चली नै रह्यो ! रामायण मूलत: युद्ध आख्यान हो !
५९९.            नारायण गोपालको निधन भएको निकै लामो समय भयो, तर पनि ढाँटेर कतै गएको मान्छे, कुनै दिन टुप्लुक्क फर्किन्छन् कि भन्ने संशयपूर्ण सोंचले चिमोटिरहँदो रहेछ ! सामान्यतया कुनै पनि मान्छे त्यत्तिकै सफल हुन सक्दैन, किनकी सफलताको पछाडी उसको अनबरत मेहनत, धैर्यता र लगावले काम गरेको हुन्छ ! तर, नारायण गोपालको सफलता भने यी कुरासंग मात्रै जोडिएका छैनन् !
६००.            नारायण गोपालबाट सबैभन्दा सिक्नुपर्ने कुरा के थियो भने, वहाँ आफूभन्दा जुनियरलाई पनि साथीकै ब्यबहार गर्नु हुन्थ्यो ! त्यसैगरी, वहाँ सेन्स अफ् ह्युमरले समेत भरिपूर्ण हुनुहुन्थ्यो ! तर, आफुलाई मन नपरेको मान्छे र चित्त नबुझेको कुरा चाहिं तत्काल त्यागिहाल्ने स्वभाव थियो !
६०१.            हिंजोआज डाइनिङ् र वाइनिङ्लाई कूटनीतिको एउटा पाटो मानिन्छ, तर त्यसलाई अन्चेक्ड हिसाबमा बाहिर छचल्काउन आवश्यक नहुने पाका कुटनीतिज्ञहरुले बताउँछन् ! त्यसै कारणले होला, मन्त्रालयका एक बरिष्ठ सहसचिब भन्छन् अब हरेक मिशनमा कम्तिमा पनि एक महिला कुटनीतिज्ञलाई राख्न अत्यावश्यक छ !
६०२.            मुलुककै पहिलो महिला राजदूत विन्देश्वरी शाहले पत्रकारसंग कुनै एक प्रसंगमा भनेकी थिइन् : पररास्ट्र सेवामा ३३ बर्ष कामगर्दा, एकजना पनि महिला साथी बनाउन पाईएन!अहिले, पुरुष बराबर महिला पनि कूटनीतिक सेवामा प्रबेश गरिरहेका छन्, जुन निकैराम्रो र खुशीको बिषय हो !
६०३.            मन्त्रालयका एक बरिष्ठ सहसचिब भन्छन् : अब हरेक मिसनमा कम्तिमा एकजना महिला कूटनीतिज्ञलाई राख्न अत्याबस्यक छ, तर त्यति धेरै संख्यामा महिला कुटनीतिज्ञ देशमै छैनन् !
६०४.            हालैको तथ्यांक अनुसार, फेसबुकमा प्रतिदिन १०० मिलियन घण्टा बराबरको भिडियोहरु हेरिन्छ ! संसारकै सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया फेसबुकलाई सबै भन्दा ठुलो बजार हुनसक्छ चीन !
६०५.            लेखन आफैमा स्वतन्त्र कर्म हो, लेखनको प्राधिकार न घर छोडेर हिडनेहरुसंग मात्रै हुन्छ न चुलाचौका सम्हालेर बस्नेहरुसंग मात्र !
६०६.            जुनसुकै यात्राले पनि एक तमासको दैनिकीबाट तरोताजा बनाउँछ र एसले सम्बन्धित ठाउँको समाज र संस्कृतिसँग परिचित गराउने निकै महत्वपूर्ण भुमिका समेत खेल्न सक्छ !
६०७.            कुनै त्यस्तो बेला थियो, जब राजमानसिंह चित्रकारनाम गरेका कुनै चित्रकार छन् कि छैनन् भन्ने विषयमा ठूलै बहस कलाक्षत्रमा चलेको थियो ! मैले उतिबेला राजमानसिंहको बारेमा बोल्दा त मलाई बौलाहा समेत भने कलाकार मदन चित्रकारले सम्झे ! तर, अन्तर्रास्ट्रिय जगतमा चर्चा कमाएका पहिलो नेपाली चित्रकार राजमान सिंह नै हुन् !
६०८.            उनै राजमानसिंह चित्रकारले उतिबेला बनाएका स्केच चित्रका प्रिन्टहरुको प्रदर्शनी अहिले तारागाउँ म्युजियममा शुरु भएको छ ! यक सय पचास बर्षअघि बनाइएका भएपनि अहिलेका कलाकारले बनाउने भन्दापनि अब्बल छन् चित्रहरू उनले भने !
६०९.            लेखक, कलाकार तथा निर्देशकहरु समाजको इतिहास र वर्तमानको चित्रण मात्र गर्दैनन्, ऊनीहरु त आफ्ना सिर्जना मार्फत भविष्यलाई समेत अभिव्यक्त गरिरहेका हुन्छन् !
६१०.            लोकले मानेको तन्त्रलाई लोकमानतन्त्र भनिने रहेछ, त्यसो भएपछि त लोकले मानेको तन्त्रलाई महाभियोग लगाउन मिल्दैन ! [बसिबियाँलो (वात्स्यान) बाट उद्रित]
६११.            पर्दाका पायोनियर बिएस थापाले निजी क्षत्रबाट बनेको पहिलो नेपाली फिल्म माइतीघरनिर्देशन गरेका थिए ! त्यसपछि उनले कान्छी तथा मायाप्रीति नाम भएका फिल्महरु बनाएका थिए !
६१२.            त्यतिबेलै (बि. स. २०२२), निजी तवरबाट मुम्बईका ठुलै प्राबिधिक टिम र कलाकार ल्याएर नेपाली फिल्म बनाउनु चानचुने कुरा थिएन !
६१३.            रक्तचाँपको जांचबाट मनोरोग पत्ता लाग्ने कुरा एक अध्ययनले देखाएको छ ! ब्रिटिश हार्ट फाउन्डेसनले गरेको अध्ययन अनुसार रक्तचांपको जांचबाट हालसम्म पुरूषको मनोरोग पत्ता लागेको छ ! भनिन्छ कि बिरामीको बलियो मनले जित्न सक्छ रोगलाई !
६१४.            आमाको दूध बच्चाकोलागि अमृत सरह हुन्छ ! दूधले बच्चाको आन्द्रामा पेन्टको काम समेत गर्छ, जसलाई दोस्रो मष्तिस्क मान्ने गर्छन् बैज्ञानिकहरु ! बिगौती दूधले शिशु र आमालाई क्यान्सरबाट समेत जोगाउँछ !
६१५.            बिश्वबिध्यालय अनुदान आयोगको तथ्यांक अनुसार देशभर सामुदायिक तथा सम्बन्धन प्राप्त गरी, १३६९ उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरु रहेका छन् ! यी मध्ये जम्मा १७ वटा क्याम्पसहरुलाई गुणस्तर सुनिस्चितताको प्रमाणपत्र दिएको बिश्वबिध्यालय अनुदान आयोगले जनाएको छ !
६१६.            कुनैबेला हरेक कार्यक्रममा प्राय: उस्तै ड्रेसमा देखिने प्रचण्ड र बाबुरामको यो नै लामो समय होला, ऊनीहरु १४ महिनासम्म कुनैपनि कार्यक्रममा एकै मन्चमा देखा परेनन् ! ‘११४ महिनापछि १२३ औं माओ जयन्तिको अवसर पारेर ऊनीहरु एकै मन्चमा देखिए’ ! ऊनीहरु छुट्टिएको डेढ बर्ष पनि नपुग्दै फेरी पुरानै अवस्थामा फर्कनसक्ने संकेत दुवै नेताहरुले दिएका छन् !
६१७.            समृद्धिको अपार सम्भावना हुँदाहुँदै पनि राजनीतिक कारणले गर्दा हाम्रो मुलुक कंगो र उत्तर कोरियाको पथमा लाग्ने जोखिम छ !
६१८.            अस्ट्रेलिया र क्यानाडामा जस्तै नेपालमा पनि सिकाई प्रभावकारी बनाउनको लागि हरेक विषयमा पाँचवटा हरु प्रयोग गर्नु पर्छ, जस्तै : इन्गेज, एक्स्प्लोरर, एक्स्पेरिमेंट, एक्स्प्लान, र इभालुएसन !
६१९.            आफू बलियो भएर मात्रै अर्कासंग समदूरी तथा समभावको सम्बन्ध राख्न सकिन्छ ! सामरिक र आर्थिक बल तत्काल बराबर नहोला, तर नैतिकता र ब्यबहारको बलले पनि एउटा सानो देश अर्को ठूलो देशसंग गौरवपूर्ण सम्बन्धमा रहन सक्छ !
६२०.            बलाकपन, यौवन र बृद्धावस्था प्रत्येक मानिसले भोग्नै पर्ने शारीरिक अवस्था हो ! त्यसैले जीवनको उत्तरार्ध नैरास्य र बोझको रूपमा नलिई, सकेसम्म हाँसिखुशी भएर परिवार वा आश्रम जहाँ बसेपनि नागरिकको बसाई शुखद र सम्मानपूर्बक हुनु पर्छ !
६२१.            नियमित शारीरिक व्यायाम गर्ने व्यक्तिमा मुटूरोग लाग्ने सम्भावना कम हुन्छ ! शरीरको तौल नियन्त्रणमा राख्ने तथा सुगर र ब्लडप्रेसर सहीरूपमा राख्न ब्यायाम चाहिन्छ ! बाहिरी बाताबरण प्रदूषित छ भने घरभित्रै ब्यायाम गर्नु उत्तम हुन्छ !
६२२.            पहिले बिदेशीहरुलाई मात्र पर्यटक ठान्ने चलन नेपालमा अहिले पूर्णरूपमा हटेको छ ! हिंजोआज नेपालीहरूमा समेत घुमफिर गर्ने चलन बढेकोले स्वदेशी पर्यटक नै ब्यबशाय उकास्ने सबैभन्दा ठूला आधार हुन् भन्ने मान्यताको बिकाश भएको छ !
६२३.            मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको अध्यक्ष समेत रहेका कमलमणि दीक्षितले ८७ बर्षको उमेरमा (२०७३, पुष १४) संसार छाडेका हुन् ! संसार त्याग्नु अघि आगामी पुस्ताकोलागी एउटा बलियो जग बनाइदिए र साथै गुणको बदलामा गुण चुकाउन ऊनी कहिल्लेई पनि चुकेनन् !
६२४.            नयाँ बर्षलाई सबैले आ-आफ्नो शैली र ढंगले मनाउने गरिन्छ ! सभ्यताको बिकाशसंगै नयाँ बर्षलाई उत्सवका रूपमा मनाउने परम्पराको बिकास भैरहेको छ ! नया बर्षलाई स्वागत गर्ने तरिका र शैली अलग हुन पनि सक्लान, तर संसारभरका मानिसहरु नयाँ बर्षमा नयाँ सोंचको बिकाश गर्दै, पुराना सोंचहरु त्याग्दै खराब बानीलाई बिसर्जन गर्ने अवसरका रूपमा गरिरहेका हुन्छन् !
६२५.            जनवरीको पहिलो दिनमा सबैले आ-आफ्नो मनपर्ने पोशाकसंगै नेपाली टोपी लगाएर अन्तरास्ट्रिय समुदायलाई आफु नेपाली हुनुको पहिचान गराउनु पर्दछ !
६२६.            कुनै समयमा संखुवासभाको खाँदबारीतिर एकजना मान्छे मादल बजाउँदै र घुम्दै हिड्थे, उनको नाम थियो पिनासे सार्की ! दशैंको बेलामा त घरघरमा पुगेर गाउँदै हिड्ने गर्थे ऊनी ! गाउनु अघि ऊनले लामो स्वर तानेर अहम्भन्दै खोक्थे र भाका झिक्थे ! प्राय: ऊनले गाउने भाका हुन्थ्यो : हा   वारी जमुना, पारि जमुना ! जमुनाको फेंदैमा मनकामना यो चर्चित लोकभाकालाई कान थापेर नजिकबाट सुन्दै हुर्केको, मोटो र ज्यानधारी केटा पनि थिए, ऊनको नाम थियो खेमराज गुरुङ !
६२७.            उनै खेमले कालान्तरमा त्यहीं लोकभाकालाई ब्यबस्थित रूपमा यल्बमको रूपमा ल्याएका रहेछन्! उक्त लोकशैलीको गीतलाई ब्याबसायिक रूपमा संसारभर पुर्याउन महत्वपूर्ण भूमिकाको साथै ठूलो योगदान पुर्याएका खेमराजको सम्झनामा थुप्रै संगीतकर्मी एवं संगीतप्रेमीहरु यतिबेला निकै भाबुक भएका छन् !
६२८.            सुदूर पश्चिमको धरातलमा उंभिएर लेखिएको कथा संग्रह ऐना ले २०१६ को मदन पुरस्कार जितेको थियो ! लेखक तथा कबि रामलाल जोशीले पश्चिमका कथामाथि छलफल चलाउन पूर्वपुगे ! ऊनले भनेका थिए : लेखक, कबि र साहित्यकार स्वतन्त्र र दबाबमुक्त नभएसम्म समाजको बास्तबिक ऐना लेख्ने काम गर्न सकिदैन !
६२९.            पुसलाई काठमाण्डौमा चिसोले कठांग्रिने महिना मानिन्छ, तर हिंजोआज भने हलुका तुषारो पातलो कुहिरोमा काठमाण्डौको जाडो सकिन्छ ! बरू तराइमा पो बाक्लो कुहिरो लाग्न थालेको छ ! त्यसैले गर्दा होला मधेशको राजनीतिलाई काठमाण्डौले देख्न सकेको छैन र नेताहरुको दृष्टि समेत धुलाम्मे राजनीतिलाई अरु धुल्याउने र धमिल्याउने धन्दा जतिसक्यो छिटो अन्त्य गर्न आवश्यक छ !
६३०.            पूर्व राजा महेन्द्रको जन्म पुष महिनामा भएको होइन ! बरु ऊनकै छोरा बिरेन्द्र राजा भएपछि पुष गतेलाई महेन्द्र जयन्ती घोषणा गरिएको थियो !
६३१.            शिक्षा मन्त्रालयको मापदण्ड अनुसार, एउटा कक्षामा न्यूनतम ४० विद्यार्थी हुनुपर्नेमा, पछिल्लो समयमा कतिपय स्कूलमा विद्यार्थी संख्या घट्दै गएर एक / दुई जनामा सिमित भएपछि, त्यो बेहाल सहन नसकेर कतिपय शिछ्कहरू भक्कानिएर रोएका पनि छन् ! दरबन्दी भन्दाबढी शिछ्कहरूकालागि मात्र राज्यको अर्ब, २३ करोड खर्च भैरहेको छ ! [कान्तिपुर, १८ पुष २०७३ बाट साभार गरिएको]
६३२.            समाजबाद रक्षात्मक अवस्थामा छ, तर मार्क्सले अगाडी सारेका एजेन्डालाई अस्विकार गर्नभने स्वयं पुंजीबादलाईपनि सहज छैन ! मार्क्सका बिचारहरुको हस्तक्षपसंगै पुंजीबादले कृत्रिमरूपमा भएपनि मानविय चेहरा भिर्न बाध्य भएको छ !
६३३.            हाम्रा नेपाली बाजाहरुको संरक्षण गर्नकोलागि तिनको उपयोग अनिबार्य रूपमा गर्ने पर्छ ! नयाँ पुस्ताको रुची अनुसार बजाईदियो भने ऊनीहरुले ती बाजाहरुको महत्व बुझ्न सक्नेछन् ! अनि पो त बाजाको लोपहुने पनि थिएन ! सुतेर निदाएको समयमा जे जे देखिन्छन् , ती सबै सपना पक्कै पनि हुँदैनन् ! बास्तवमा, सपना त ती हुन्, जसलाई पूरा नगरी हामीहरु सुत्न सक्दैनौं ! [अब्दुल कलाम]
६३४.            मौसम सफा हुँदा छाता किन्नको लागि ऋण दिने बैंकहरुले पानी पर्न शुरु भएपछी, छाता फिर्ता माग्ने गर्छन् ! [रोबर्ट फ्रष्ट]
६३५.            क्रान्ति भनेको कुनै गुलाबको फुलको बिछ्यौना होइन, बरु करान्ति भनेको त बिगत र भविष्यबिचको संघर्ष पो हो त ! [फिडेल क्यास्ट्रो]
६३६.            सफलता भनेको कडा मेहनत, लगनशिलता, अध्ययन, सिकाइ, त्याग र सबैभन्दा बढी आफु लागिरहेको क्षेत्र प्रतिको प्रेमको प्रतिफल हो ! [ब्रजिलियन् फुटबलर पेले]
६३७.            कसैको साथमा हुनु शुरुवात हो, साथ रहिरहनु उन्नति हो, र संगसंगै काम गर्नु सफलता हो ! [अमेरिकी उध्योगपति, हेनरी फोर्ड]
६३८.            नेपालको राजदरबारमा ३५ बर्षे दीर्घसेवामा सङ्लग्न भएका रेवतीरमण खनाललाई राजतन्त्र भएको समयमा दरबारका कुराबाहिर ल्याउनु भनेको विध्वंश निम्त्याउनुसरह हुन्थ्यो ! उनै खनालले किताबको भूमिकामा लेखेको एक मात्र वाक्य काफी छ: लेखेर गोप्य शिलबन्दी गरेर राख्छु, मेरो शेषपछी प्रकाशित गरे हुन्छ ! जाने दरवार, नजाने तरवारको स्कुलींगमा हुर्किएकहरुले जिउंदैछदा दरवारका कुरालेख्न सक्ने अवस्था नै थिएन ! ऊनले हालसालै मात्र त्यसलाई पुस्तकको रुप दिएका छन् अनुभूति र अभिब्यक्ति’!
६३९.            ईश्वरिमान श्रेष्ठले ४० बर्ष राजदरवारभित्र बिताएर काजीको दर्जा प्राप्तगर्ने सपना पूरा गरी बाहिरिएका थिए ! २००८ मा दरवारभित्र प्रवेश गरी २०४८ मा बाहिरिएका उनले तीनवटा राजा त्रिभुवन, महेन्द्र र बिरेन्द्र समेतको सहयोगी भई काम गरेका थिए !
६४०.            किन रुन्छन् शिक्षक ? मुख्य रूपमा लगानी गरिरहेको सामुदायिक विद्यालयको हालत किन दिनानुदिन खस्कँदै छ भन्ने विषयमा देखिएको उदासिनता आश्चर्यजनक छ ! यसको मुख्य कारण भनेको मान्छेमा बदलिन नसकेको सोंच र राजनीतिक हस्तक्षेप हो !
६४१.            कलंकको रूपमा रहेका कुरीति र अन्धविश्वास जरैदेखि उखेल्ने अभियानको नेतृत्व सामुदायिक रेडीयोहरुले मात्र गर्न सक्छन् ! यस्ता अभियानका साझेदार पहिचान गर्ने र साझेदारी थालनी गर्दा अभियानको सफलतासंगै रेडियोको दीगोपनामा समेत मद्दत पुग्छ !
६४२.            पहिलेको जमानामा दाउराको दुख भएपनि पानीको दुख थिएन ! तर, अहिले ठीक उल्टो भएको छ ! दाऊराको खासै दुख छैन, तर पानी सुक्दै गैरहेको छ ! हामीहरु अहिले यस्तो चेपुवामा परेका छौं कि पहाडमा पानी हराउँदै गएको छ, र तापक्रम बृद्धिले हिमनदी झन् झन् खुम्चिँदो अवस्थामा छ !
६४३.            नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् ! ऊनले नीतिनिर्माण तहमा भूमिका खेल्नको लागि राजनीतिमा आएको र अब यस क्षत्रको पनि नायिका बन्ने धारणा सुनाईन् ! यसमा ऊनले अझै थपिन्: चलचित्रमा मात्रै नायीका भएर पुगेन, अब मा राजनीतिक नायीका समेत बन्ने बिचारमा छु !
६४४.            पतंजली आयुर्वेदले दाङ जिल्लामा औषधी उत्पादन केन्द्र स्थापना गरेमा, नेपालको जडिबुटी र बनस्पतिमा एकाधिकार जमाउने छ र आयुर्वेदिक औषधिका निम्ति नेपालको आत्मनिर्भरता समाप्त प्राय: हुने छ ! - डा. देबी प्रसाद सुबेदी
६४५.            विश्व स्वास्थ्य संगठनको आंकलन अनुसार, विश्वव्यापी रूपमा बर्षेनी ३० लाख मानिसको मृत्युको सम्बन्ध शारीरिक निस्क्रियतासंग हुने गर्छ ! शारीरिक निस्क्रियता स्वास्थ्य नराम्रो हुनुको एउटा प्रमुख कारण समेत हो ! मोटोपना र मुटूसम्बन्धी रोग, मधुमेह र अन्य केही क्यान्सरजस्ता नसर्ने रोगको वृद्धि हुने कारक तत्व पनि शारीरिक निस्क्रीयता नै हो !
६४६.            मुटुको स्वास्थ्यकोलागि हिंडाइ निकै लाभप्रद छ र यसबाट उच्च रक्तचांपको समस्यामा निकै राहत मिल्छ ! शरीरमा रगतको प्रवाह सुचारु हुनुकासाथै रक्तचांप समेत सामान्य रहन्छ, कोलेस्ट्रोल प्रोफाईलमा सुधार आउँछ, शरिरको तौल बढ्न पाउंदैन, हाडको शक्तिमा वृद्धि हुन्छ, शारीरिक ऊर्जा र सहनशीलता बढ्छ !
६४७.            हिडाईले कार्डियो भास्कुलर (मुटू र रक्तसंचार) प्रणालीलाई राम्रोसंग काम गर्न सघाऊछ ! हामीहरुले चालेको प्रत्येक पाइला स्वस्थ मुटु र स्वस्थ जिवनतर्फको हाम्रो यात्रा हो !
६४८.            हामीहरुले पैदल हिड्दा लगाइने जुत्ता नरम प्रकारको हुनुपर्छ, खुट्टामा अनाबश्यक दबाब पर्नु हुँदैन ! बरु जुत्ताको भित्रि भागमा गद्दा जस्तो बस्तु हुनुपर्छ र, साथै त्यो गद्दा जस्तो भएको भाग कुर्कुच्चातिर सबैभन्दा बढी हुनु पर्छ ! यस्का साथसाथै जुत्ताभित्र खुट्टाका औंला र जोर्नीहरू पुरै चल्न पाउनुपर्छ !
६४९.            सन् २०१६ लाई एकचोटी फर्केर नियाल्दा उत्साह, खुशी, बिकाश र समृद्धि भन्दापनि राजनीतिक विवाद,  झगडा, खिचातानी र अस्थिरताकै सूची लामो देखिन्छ ! गएको पछिल्लो बर्ष पनि राजनीति संग्लिन सकेन, बरु धमिलिएको राजनीतिका छिटाले अन्य क्षत्रमा समेत दाग लगाए! २०१६ को अन्त्यसम्म नै उत्साहजनक स्थिति बन्न सकेन !
६५०.            सन् २०१६ फर्केर हेर्दा, यो बर्ष विश्व राजनीतिमा दक्षिणपन्थ तथा चर्को रास्ट्रबाद हाबी हुने क्रम तिब्र भएको देखिन्छ, यध्यपी यो क्रम बर्ष शुरु नहुँदै एसिया र युरोपबाट शुरु भैसकेको थियो !
६५१.            विश्वका धनाढ्यहरुको सूची जारी गर्ने अमेरिकी अखवार फोब्र्सको ३० बर्षे इतिहासमा दुई हजारभन्दा बढी अरबपतिहरु सुचिकृत भैसकेका छन् ! यसैगरी एक टर्किस अर्बपतिले बियर बेचेरै सम्पत्ति आर्जन गरे, तर ऊनी आफुसंग ३००० कलमहरु बोकेर हिड्छन् ! एकजना फ्रेन्च टाइकुनको भने आफ्नै संसार छ र तिनको आफ्नै एक हजारभन्दा बढी कमिक्स बुकहरु छन् !
६५२.            बिक्रम सम्बत २०७२ मा नेपालमा भूइंचालो आउनासाथ काष्ठमण्डपको एक छेउं खनिएको थियो ! बेलायतको स्टर्लिंग बिश्वबिद्धयालयको प्रयोगशालामा नमुना परिक्षण गर्दा काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टी भएको छ ! उत्खनन् गरेर त्यहाँको जग्गामा कोइला भेटिएको थियो, कोइला र जगको माटो एवं बालुवा समेत परिक्षण गरिएको थियो ! जगमा भेटिएको अंगार परिक्षण गर्दा काष्ठमण्डप बन्नुभन्दा पहिला नै त्यहाँ मानव बस्ति भएको पुष्टी भएको हो ! उक्त अंगार २२०० बर्ष पुरानो मानिएको छ !
६५३.            पहिले पहिले, खेतबारी कमाउँन जमिन्दारकहाँ कोसेलीपात बोकेर बिन्ती चढाउन जानुपर्थ्यो ! अनि, जमिन्दारका हुने - नहुने शर्तहरु स्वीकारेर मात्रै जमिन कमाउन पाइन्थ्यो ! हिंजोआज भने गाउँका अधिकांश जमिन बाँझीयका छन्, उर्बर खेतबारी बनमारा र तितेपातिले ढाकिएका छन् !
६५४.            ऊतिबेला  दशैं-तिहारमा जुवा खेलिन्थ्यो, कौडा र त्रीपाषा हनिन्थ्यो ! पछी, तासको प्रवेशले जुवालाई अलि बिस्तार गर्यो, मरिमराउ र संस्करगत कार्यक्रमहरुसम्म ! अनि त बाह्रमासे तासेहरु पनि देखापर्न थाले ! माओबादी जनयुद्धको बेलामा गाउँका ती तासेहरु हराएका थिए! जनयुद्ध समाप्त भएको एक दशक हुँदा पहिलेका तासका खालहरु पुन: जागेका छन् !
६५५.            अहिले (२०७३ साल) नेपाल लोडसेडिङमुक्त भएको समाचारले हामि सबैको मनमा खुशी चाहेको छ! अब उपत्यका लोडसेडिङबाट मुक्तहुने अवस्था आएको छ ! ईच्छाशक्ति भएमा सबैकुरा सम्भब हुँदोरहेछ भन्ने कुरा यो महत्वपूर्ण कार्यले पुष्टी गरेको छ !
६५६.            काठमाडौँ उपत्यकामा सडक बिस्तार गर्ने कार्यका सबैभन्दा ठूला अभियानकर्ता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् ! उनको सक्रियता नभएको अवस्थामा शायद सडक बिस्तार हुनेपनि थिएन होला ! उक्त कार्यको लागि डा. भट्टराईलाई जसदिनै पर्छ ! तर, अहिले भने काठमाडौँ शहर जताततै धुलाम्य हुँदा शहरबासीले निकै सास्ती भोनुपरेको छ !
६५७.            स्वघोषित नेपाली मार्क्सबादीहरुले पहिचानको सवाल उठीसकेपछी बर्गको कुरा उचाल्ने क्रममा, गरिबको कुरा त गर्न थालेका छन्, तर पनि क्षत्रिय, बर्णीय र जातीय पहिचानको गरीब भएकाहरुलाई भने उनीहरु बेवास्ता गर्नेगरेको पाईएको छ !
६५८.            कार्ल मार्क्सलाई सबैभन्दा प्रिय लाग्ने सूत्र थियो : सबैमाथि सन्देह गर! उक्त सूत्रका बिरोधीहरुलाई मनपर्ने पनि मार्क्सको त्यहीं सूत्र थियो ! थाहा छैन, मार्क्सले बुद्धलाई पढ्न भ्याए कि भ्याएनन् ! यदि ऊनले भ्याएका भए, शायद ऊनले भन्ने थिए,यस्तो सूत्रको स्रोत बुद्धको ज्ञान हो ’’ !
६५९.            राजनीतिक विश्लेषक झलक सुबेदीका शब्द सापटी लिएर भन्नुपर्दा नेपालमा मार्क्सबादी पार्टीहरु बग्रेल्ती छन् र उनीहरुलाई खोज्न पनि कठिन छ ! मार्क्सबादी पार्टीको साइनबोर्ड र झन्डा राखेर राजनीतिक कार्यव्यापार चलाउनेहरुलाई न ज्ञान चाहिएको छ, नत सन्देह नै !
६६०.            नेपालमा उच्च शिक्षाको सुरुवात भएको आज (पुष, २०७३) ८७ बर्ष भैसकेको छ ! नौ वटा बिश्वबिद्यालय र चारवटा स्वास्थ्य बिज्ञान प्रतिष्ठानहरु स्थापना भएर कार्यान्वयनमा आइसकेका छन्, खुला बिश्वबिद्यालय पनि स्वीकृत भैसकेको छ ! एक्काइसौं शताब्दीको उच्चशिक्षा रोजगारीमूलक र विश्व बजारमा प्रतिस्प्रदा गर्नसक्ने क्षमतावान विधार्थीहरु उत्पादन हुने किसिमको चाहिन्छ !
६६१.            मुलुकमा राजनीतिक अस्थिरता , आर्थिक स्रोतहरुको अभाब, बिज्ञ जनशक्तिको कमि र नीति नियमलाई पालना गराउन नसक्नु उच्च शिक्षाका प्रमूख चुनौती हुन् !
६६२.            बरिष्ठ रंगकर्मी विष्णुभक्त फुंयाल, बि. स. २०७३को पुष १३को दिनमा जमलस्थित राष्ट्रिय नाचघरमा ढले ! संस्क्रितिबिद सत्यमोहन जोशीको नाटक याज्ञबल्क्यमा ऊनी जनक राजाको भूमिकामा थिए ! त्यहीं भुमिका गर्दागर्दै बजेर ५०मिनेट जाँदा एकाएक ऊनी स्टेजमा बेहोश भए! अस्पतालले साँझ बजेर १०मिनेट जाँदा, ऊनी दिवंगत भएको घोषणा गर्यो! बि. स. १९९४ मा भक्तपुरको बागेश्वरीमा जन्मेका ऊनी अनेक संघर्ष गर्दै काठमान्डू पसेका थिए!
६६३.            लाहुरे पुस्ताका सन्तान हुन् - शिबकुमार राई (खालिंङ्), जो देहरादुनमा जन्मेर पूर्बी नेपालको खोटाङ, धारापानीमा पढे-बढे ! उनै राईले लेउ निकै महत्वको जिनिस भएको दाबी समेत गर्छन् ! प्रा. डा. राई भन्छन् ‘ भ्यागुता, माछा सबै उपभोक्ता हुन् भने लेउ चाहिं फुड सप्लाएर हो ! जमिनको चक्रिय पद्दतिमा रूख बिरुवा महत्वपूर्ण भएझैं पानीमा हुने लेउ पनि प्रमुख चीज हो !
६६४.            ‘सबैजना ठुलै चीज र बस्तुका पछि लागेका देखिन्छन्, लेउ वा ढुसी कोट्टाएर हिड्ने कसले ?’ उनले प्रश्न गरे, लेउ भनेको पानीको मूल अङ्ग हो, पानीको र पानीमा हुने सबै चराचरको जिन्दगी हो ! ऊनका अनुसार, रारा र महेन्द्र तालमा पाइने असल जातको माछाका सात प्रकार विश्वमै नपाइने खालका छन् !
६६५.            सर्पले टोकेको उपचार सर्पकै बिषबाट हुने भएतापनि यस्को उत्पादन नेपालमा हुन सकिरहेको छैन ! ऊनी थप्छन् ‘’ आफ्नै शोख र क्षमताले सर्पविद एवं उद्धारक बनेका हवल्दार प्रेम बिष्टले एक पटक बिराटनगरमा २५ जातका शर्पहरु भेला गरेका थिए, तर, पछी नियमले नदिने भएर सबै छाडिदिए !
६६६.            अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख लोकमानसिंह कार्कीले धम्काउने, जनप्रतिनिधिहरु डराउने र प्रेसलाई मौन राख्न कानुनी सिद्धान्तको सहारा लिने प्रयास हो ! धम्काउनु, डराउनु र मौन बस्नु, यी तिनै पक्षले समाजलाई लोकतान्त्रिक मार्गमा हिड्न सघाउंदैनन् ! [शिव गाउँले]
६६७.            भोलिका दिनहरुमा पैसा भएरपनि फेरी अर्को चुरे बनाउन सकिदैन ! वर्तमान राष्ट्र पतिले चुरेसंग नेपाली नागरिकको साइनोबारे नेपाल सरकारलाई बेलाबखत घच्घचाईराखे मात्र संरक्षणका सवालमा सार्थक परिणाम आउन पनि सक्नेछ!
६६८.            काठमान्डौ स्थित नारायणहिटी दरवारको संग्राहलय पुग्ने जो कोहिलाई पनि चासो हुन्छ: राजाको श्रीपेंच कहाँ छ? राजसंस्थाको प्रतिक मानिने श्रीपेंच त्यहाँ देखिनेगरी राखिएको भने छैन ! सुरक्षा चुनौतिको कारणले गर्दा संग्रहालयले अहिलेसम्म राजतन्त्रको प्रतीक श्रीपेंच सर्बसाधारणकोलागि प्रदर्शनीमा नराखेको होला !
६६९.            नेपालमा अहिले सम्ममा चारहजार तीनसयभन्दा धेरै मोडेलका मोबाइल ह्यान्ड सेटहरू भित्रीई सकेका छन् ! प्रधिकरणका निर्देशक आनदराज खनालले भने : टाइप एप्रोभलको मापदण्ड पुरागरेका मोबाइल सेटहरू नेपालमा भित्रिएका हुन् !
६७०.            समाजमा स्थापित शक्ति बिस्थापित हुने, र बिस्थापित शक्ति चाहिं स्थापित हुने नियमित प्रक्रिया नै हो ! नेपालको सन्दर्भमा प्रत्येक दश बर्षमा परिवर्तन हुने नियमित प्रक्रिया जस्तै भएकोले, आशा गरौँ कि अब हुने परिवर्तनले नेपाली जनधनको सकेसम्म कम क्षति भई नेपाल र नेपालीको सुख र समृद्धिमा योगदान पुर्याउन सफल हुनेछ !
६७१.            साठी बर्षे उमेर कटेपछि पनि कसैसंग मित्र मंडलिको ‘ग्याङ्’ नै हुन्छ ! सुन्दाखेरी अचम्भ लाग्ने यस प्रकारको दाबी हो लेखक खगेन्द्र संग्रौलाको ! सार्बजनिक छबी भएकाले ऊनलाई भेट्न चाहने मान्छेहरुको कमि छैन ! ऊनी आफै चाहिं आफ्ना साथीभाईहरुको गफ सुन्नको लागि हरेक साता नियमित रूपमा भेट्न समय निकाल्छन् ! ऊनी भन्छन् ‘ जीवनको हरेक समयमा साथी बन्नकोनिम्ति एक अर्काको रुची, झुकाव, लत, कुलत मिलेपछि मात्र हुने हो !
६७२.            आफ्नो ठिकै उमेर हुँदा पाका उमेरका साथीहरु खोज्दै हिड्ने प्राध्यापक अभि सुबेदी, आफ्नो उमेर ढल्कँदै गर्दा भने तन्नेरीहरुबाट घेरिएका छन् ! ऊनी भन्छन्, मेरो उमेरका साथीहरु त नियमित सम्पर्कमा छैनन्, कहिलेकाहीं बाटामा भेटियो भने मात्रै हो !
६७३.            उमेरले त असीको बाटो पनि तताईसक्यो, तर अंगुरबाबा जोशिसंग समय छैन ! ‘आइ एम अ भेरी बिजी पर्सन’, कुराको शुरुआतमै ऊनले भनिन् ! ‘यो उमेरमा पनि हरेक साता नियमित रूपमा भेट हुने साथीहरु पनि छन्, जोसँग मैले कसैसंग गर्न नसकेका कुरा पनि ढुक्कसंग गर्न सक्छु !’
६७४.            सथिभाइहरुले बिर्सिहाले पनि, फोन गरेर झक्झकाइरहने पत्रकार भैरब रिसालको बानि नै भैसक्यो ! ऊनी भन्छन्, ‘पाको उमेरको मित्रता यकदम दह्रो हुन्छ र कुनैपनि कुरा लुकेको हुँदैन, अनि ढाटेको समेत थाहा पाइन्छ !’ ऊनी थप्छन्  ‘उमेरले सथिसंगको सम्बोधनमा भने असर परेको अनुभब छ, पहिले तिमी भन्ने साथीले तपाईं भन्न थाले, अप्ठेरो महशुस हुँदोरहेछ ! मा चाहिं न तिमी न तपाईं, गोलमाल भाषाको प्रयोग गर्छु !’
६७५.            दुई हजार एकसय ६८ बर्षपछी लियोनिदस फेरी चर्चामा आए ! को हुन् त ऊनी? ग्रिसतिर प्राचीन ओलम्पिक आफ्नो स्वर्णिम समयबाट गुज्रिरहेको बेलाका गजबका खेलाडी थिए ऊनी ! खासमा ऊनी धावक थिए ! त्यतिबेला ग्रिसमा ऊनी जत्तिको खेलाडी कोहि नभएको र हुनपनि नसक्ने दाबी गरिन्थ्यो ! त्यतिबेला यौटै ओलम्पिकमा तीन स्वर्ण जित्नु गजब मानिन्थ्यो !
६७६.            सन् १९७२ यता ओलम्पिकमा मुस्किलले १० प्रतिशत मात्र ट्रयाक एन्ड फिल्ड (एथलेटिक्स) मा विश्व कीर्तिमान तोडिएका छन् ! पौडीमा हेर्ने हो भने ४० प्रतिशत नजिक रेकर्ड बनेका छन् !
६७७.            २१६८ बर्षपछी लियोनिदस फेरी चर्चामा आए, को हुन् त ती? ग्रिसतिर प्राचीन प्राचीन ओलम्पिक आफ्नो स्वर्णिम समयबाट गुज्रीरहेको बेलाका गजबका खेलाडी थिए ऊनी ! खासमा ऊनी धावक थिए, र त्यतिबेला ग्रीसमा ऊनी जत्तिको खेलाडी कोहि नभएको र हुन पनि नसक्ने दाबि गरिन्थ्यो ! अनि, त्यतिबेला एकै ओलम्पिकमा तीन स्वर्ण जित्नु गजब भएको मानिन्थ्यो !
६७८.            पन्चायत र संसदीय कालखण्डमा दरवारभित्रका ‘कुरा’ लेख्न वा बोल्न सकिने अवस्था थिएन, र त्यसै कारणले गर्दा त्यहाँका क्रियाकलाप रहस्यमय रहे र कतिपय त किम्बदन्तीमा परिणत भए !
६७९.            जापान मात्रै त्यस्तो एउटा देश हो, जहाँ अहिलेपनि राजालाई सम्राट भन्ने गरिन्छ ! जापानी भाषामा सम्राटलाई ‘टेन्नो’ भनिन्छ, जस्को अर्थ भगवानको अवतार-दैविक रूपमा सार्बभौम सम्पन्न छ भन्ने हुन्छ !
६८०.            जापानको गणतन्त्रले विश्व इतिहासमै सबै भन्दा लामो समयसम्म राज गरिरहेको छ!  यस राजसंस्थाको  इतिहास ६०० ईसापूर्वमा जापान देशको खोजसंगै जोडिएको छ ! जापानको खोज सम्राट जिम्मुले गरेका थिए, ऊनलाई सूर्य भगवानको अवतारको रूपमा हेर्ने गरिन्छ !
६८१.            बीपी कोइरालाले मुन्दुम्की सुम्निमालाई औपन्यासिक आख्यानमा बदलेर पहिलोपटक सबैले सुन्ने र पढ्ने गरी फराकिलो फलाकमा ल्येदियेका थिए ! अहिले पनि बीपीको धेरै पढिने उपन्यास हो ‘सुम्निमा’ ! बीपीले सुन्दरीजल जेलबसाईको क्रममा अर्का राजनीतिक बन्दी देवानसिंह राइको मुखबाट सुम्निमाको कथा सुनेका थिए, र बीपीले भनेझैं ‘सुम्निमा’ किरात देशको एउटा कथा हो !
६८२.            पितृसत्तात्मक चिन्तनकी सिकार भएकी माधवीको कथालाई हिन्दीका मूर्धन्य साहित्यकार भिष्म साहनीले नाट्य रुप दिएका थिए ! साहनीको त्यहीं नाटकलाई नेपाली रूपान्तरण गरेर टंक चौलागांईले आफ्नै निर्देशनमा मन्चन गराएका हुन् !
६८३.            भनिन्छ रामकथा सुन्नेले भन्दा रामलिला हेर्नेले सहज र सरल ढङ्गबाट ज्ञान प्राप्त गर्छ र साथसाथै मनोरंजन पनि ! काठमाण्डौको शिल्पी थिएटरमा मन्चन हुँदै गरेको नाटक ‘माधवी’ ले यहीं पुष्टी गर्छ ! नेपाली साहित्यको पाठक मदनमणि दीक्षितको  ‘माधवी’ उपन्याससंग अपरिचित रहन सक्दैन !
६८४.            सामान्यतया जवान मानिसहरुमा ढाडको नसा च्यापिने समस्या निकै नै देखिन्छ, किनभने यो उमेर समुहका मानिसहरु शारीरिक रूपमा कडा काम गर्न अभ्यस्त हुन्छन् ! त्यसैगरी, आइमाईभन्दा लोग्ने मानिसमा यो समस्या बढी हुन्छ ! जब मेरुदण्डका हड्डीहरुको बीचको कुरकुरे हड्डी अथवा डिस्क पछाडी सरेर ढाडबाट निस्कने नशाहरुलाई च्याप्छ, त्यस्तो अवस्थामा नसा च्यापीएका लक्षणहरु देखा पर्छन् ! नशाको दुखाइ पूर्ण रूपमा कम हुन लामो समय लाग्ने हुँदा बिरामी र चिकित्सक संयमित हुन जरुरी छ !
६८५.            भारतीय नाकाबन्दी विरुद्धमा उभिएका र चीनतर्फ हिमचिम बढाएका ओलीलाई सत्ताच्युत गर्न भारतीय ऊर्जा परिचालित भएको बिषय लुकेको पनि छैन ! खासमा ओलीले नाकाबन्दी नखोलेसम्म भारत भ्रमणमा नजाने भनेर अडान लिएपनि दिल्ली संगै सम्बन्ध सुधार्न छेक थिए, तर भ्रमण पश्चात पनि दिल्लीको असहयोग जारिरहेपछी बाध्य भएर ऊनी उत्तरतर्फ लम्किएका हुन् !
६८६.            सिंहदरवारको भित्तामा तस्बिर टाँगिएका थुप्रै प्रधानमन्त्रीहरुको नाम अहिलेको पुस्तालाई ख्याल छैन ! निकट अतीतकै कतिपयलाई समेत मानिसहरुले भुली सके !  ३९ औं प्रधानमन्त्रिका रूपमा आफुलाई ईतिहासमा कहाँ राख्ने हो, प्रचण्डले सोचिहाल्दा हुन्छ, किनभने ऊनिसंग धेरै कुरा गर्न सक्ने अवस्था र समय दुवै छैन !
६८७.            सामान्यतया जवान मानिसहरुमा ढाडको नशा च्यापिने समस्या धेरै नै देखिन्छ, किनभने यस उमेर समुहका मानिसहरु शारीरिक रूपमा कडा कामगर्न अभ्यस्त हुन्छन् ! त्यसैगरी आइमाई भन्दा लोग्नेमानिसमा यो समस्या ज्यादा हुनेगर्छ ! जब मेरुदण्डका हड्डीहरुको बीचको कुकुरे हड्डी अथवा डिस्क पछाडी सरेर ढाडबाट निस्कने नसाहरुलाई च्याप्छ, त्यस्तो अवस्थामा नसा च्यापिएका लक्षणहरु देकः पर्छन् !
६८८.            नेपालको पश्चिमी भेग सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकहरुले उत्पादन गरेको टिमुर युरोपियेली मुलुक जर्मनी, फ्रान्स सम्म खपत हुने गरेको छ ! मसला तथा अन्य विभिन्न औषधिका रूपमा प्रयोग हुने भएकाले अत्यधिक माग बढेको कुरा स्थानीय कृषकले बताएका छन् ! एकपटक रोपेपछि धेरै बर्षसम्म फल लिन सकिने रहेछ ! स्वास्थ्यबर्धक भएकै कारणले देश विदेश जताततै टिमुरको माग बढेको छ !
६८९.            छिमेकी र अन्य राष्ट्रसंग व्यापार गर्दै नेपालले आफ्नो उध्योगकालागि आबश्यक सामाग्री प्राप्त गर्न सक्छ र दक्षिण एसियाली क्षेत्रका साथै विश्वमै ‘नेपालमा बनेको’ अंकित बस्तुहरु बिक्रि गर्न पनि सक्छ !
६९०.            बि. स. १७७९ को पुष २७ गते गोरखाको राजदरवारमा राजा नरभूपाल शाहका जेठ छोराको रूपमा पृथ्बीनारायण शाहको जन्म भएको थियो ! पिताको मृत्यु हुनासाथ २० बर्षको उमेरमा ऊनी राजगद्दीमा बसे ! तर ऊनले शुखसयलमा ध्यान दिएनन् ! ऊनले परम्परागत धर्म, संस्कृति एवं मूल्य र मान्यता बचाउनर बिदेशी शक्तिको प्रभाब रोक्न नेपालको पुनर्एकिकरण अभियान शुरु गरेको पाइन्छ ! गोरखालाई बलियो बनाउदै वरिपरिका राज्यहरुलाई समेत एकिकृत गर्ने अभियानमा ऊनी निरन्तर लागिरहे !
६९१.            हरेक बर्ष पुष २७ गते नेपालीहरुले राष्ट्रिय एकता दिवस र प्रिथ्वी जयन्ती मनाउदै आएकोमा २०६२/६३ पछि नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रित्व कालमा ऊनी र तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला लगायतले राष्ट्रिय एकता दिवस र प्रिथ्वी जयन्ती मनाउने काम बन्द गरेका थिए !
६९२.            अख्तियार दुरुपयोग निवारण आयोगका प्रमूख लोकमानसिंह कार्कीले कसरी कमाउने भन्ने हिसाबले दिनेसंग मिल्नुभयो, नमिल्नेलाई धम्क्याउनु भयो ! देशकै कार्यकारी जस्तो बन्न खोज्नुभयो !  [साभार: गौरी बहादुर कार्की, पूर्व अध्यक्ष, बिशेष अदालत]
६९३.            निलम्बित लोकमानसिंह कार्की पदमुक्त भए ! सर्बोच्च अदालतले नियुक्ति बदर गरेपछि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारी निवास छाड्ने भएका छन् ! स्रोतका अनुसार कार्कीले आफ्नो घरयेसी सामान प्याक गरिसकेका छन् [ पुष २५, २०७३ ] !
६९४.            लोकमानसिंहका छन् बिभिन्न काण्डहरु, जस्तै : टिपेक्स काण्ड, सुन काण्ड, यूटीएल काण्ड, त्रिपाल काण्ड, मेडिकल शिक्षा काण्ड, सुपारी काण्ड, ... आदि !
६९५.            नारायणहिटी दरवार संग्रहालयमा करोडौं मूल्यका सवारीसाधन अलपत्र परेका छन् ! तत्कालिन राजा तथा राजपरिवार सदस्यहरुले चढ्ने महंगा बुलेटप्रुफ गाडीहरु गत ९ बर्षदेखि थन्किएका छन् ! गणतन्त्र घोषणासंगै दरवार परिसरमा रहेका सवारी साधनहरु प्रयोगविहीन हुन पुगेका हुन् !
६९६.            देशको प्रधानमन्त्रिले बोलेको विषयमा सर्बोच्च अदालत तहबाटै खण्डन आउनु, सुसंस्कृत राजनीतिक व्यवस्था भएको देशमा प्रधानमन्त्रिले राजिनामा सम्म दिने बिषय हो, तर हाम्रो देश नेपालमा त्यो केवल कल्पना बाहिरको कुरा हुन गएको छ !
६९७.            अस्थिरताको कैंची:
बाबुरामले टोपीमाथि घृणा ओकले; प्रचण्डले राष्ट्रियता भीरमा धकेले ! देउवाजीको कांग्रेसमा सधै झगडा; सबै दलले पार्टीलाई गुटमा बदले !
भागबन्डामा लिप्त भएकैले ; माथि जाने देशको इज्जत तला खसाले ! महतो र यादबहरु कैंची चलाए; संबिधान अस्थिरताको थिति बसाले !
६९८.            पहिले पहिले, उच्च शिक्षा अध्ययनको लागि राजधानी काठमाडौँ पुग्नुको विकल्प थिएन, किनकी आफ्नै जिल्लामा राम्रो कलेज नहुनु र चाहेको बिषय पढ्न नपाउनु मुख्य समस्या थियो ! तर, अहिले राम्रा कलेज र गुणस्तरीय शिक्षा आफ्नै जिल्लामा पाइने हुँदा बिध्यार्थीहरु अन्यत्र जान छाडेका छन् !
६९९.            रूपचन्द्र बिष्ट आम मानिस भन्दा अलि फरक थिए ! ऊनले सहजै मान्छे चिन्थे र नियत अनुसारको सुहाउँदो नाम दिन्थे ! जस्तै उदाहरणको लागि : तत्कालिन प्रधान मन्त्री मरिचमानलाई “मरिच”; लोकेन्द्र बहादुरलाई “गाई लाटो “ ; पद्मरत्न तुलाधरलाई “गोज्यांग्रो”; के पी ओलीलाई “सुइरे” आदि …
७००.            त्याग र समर्पणका आधारमा खड्ग प्रसाद ओलीलाई रूपचन्द्रले माया गर्नुहुन्थ्यो र ओलीले पनि रूपचन्द्रलाई ! उनै रूपचन्द्रले अजेय सुमार्गीको बारेमा एकचोटी भनेका थिए: “यसले एकै समयमा साधु र चोरको टाउकोमा टेक्न सक्छ !” अचम्भको उपमा थियो त्यो !
७०१.            काठमाडौँको छाउनी स्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको घर पूर्व अधिराजकुमारी प्रेरणाकै हुने भनी तत्कालिन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधिश चोलेन्द्रशमशेर राणाले गरेको फैसला गलत ठहरियो ! पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजो दिएको भनी दाबि गरिएको १५ रोपनी जग्गा र त्यसमा बनेको घर नेपाल सरकारकै हुने भएको छ !
७०२.            अल्ट्रा धाविका मीरा रायलाई २१ पुष २०७३ मा २८ लाख नगद पुरस्कार सहित दमकमा सम्मान गरिएको छ ! अल्ट्रा दौडबाट अन्तरास्ट्रिय स्तरमा नेपालको पहिचानगरुन सफल ऊनलाई बेलायतमा रहेका आधा दर्जनभन्दा बढी संस्थाका तर्फबाट संयुक्त सम्मान गरिएको थियो ! त्यसै गरी, नेशनल जिओग्राफिले सन् २०१७ को लागि घोषणा गरेको एडभेन्चर्स अफ् दी इअरको पिपुल्स च्वाइस अवार्डमा समेत मीरा मनोनयन भएकी छन् ! भोजपुर सानो दुमजाकी २६ बर्षीया मीरा बिगतमा माओबादी लडाकु थिइन् ! पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा दौड जितेपछि अन्तर्रास्ट्रीय स्तरमा ऊनको उचाई बढेको हो !
७०३.            चक्रीय अन्नपुर्ण पदमार्गमा घुम्नकोलागि सन् २०१६ मा २२ हजार १ सय पर्यटक आएका थिए ! तथ्यांक लिन थालिएको २० बर्षको अबधिमा सबैभन्दा बढी पर्यटक यसै बर्ष (सन् २०१६) भित्रिएका हुन् ! २० बर्षको अबधिमा पर्यटक आगमनले ऐतिहासिक रेकर्ड कायम गरेको हो !
७०४.            बरिष्ठ साहित्यकार बैरागी काईंला भन्छन्: “कत्ति तठस्थ बस्नु हौ ? तठस्थताले मान्छेलाई निस्क्रिय बनाउँदो रहेछ ! रिसाएन र झोंक्कीएन भने त स्फुर्ति पनि नआउँदो रहेछ ! कहिलेकाहीं तठस्थताको नतिजा नकारात्मक  र झोंकको नतिजा सकारात्मक पो आउँदो रहेछ” ! ऊनी थप्छन्: बुढो भैजाउँ भन्ने त कसलाई पो लाग्छ र? उमेरमा कहिल्लेई हाँगा नलागोस, बिग्रिएको ग्रामोफोन बज्दा बज्दै नअड्कियोस् र भनोस: सत्र / सत्र / सत्र / सत्र / सत्र … ! ऊनी भन्छन् : लोभै भनुम भने, बाँच्ने लोभ त छैन, तर समय कम पाएँ कि जस्तो लाग्छ ! मैले अल्छी गरेर चिताएको जति कामगर्न सकिन, अहिले हतारमा छु र छिटो-छिटो बाँकि काम गरिहाल्ने मन छ ! मलाई ‘काइँला’ भनेर चिनाउने त बैरागी काइँलाका कविताहरु नै हुन् ! बि.स. २०३१ सालको साझा पुरस्कार जित्ने उक्त कृतिले ऊनलाई अरुहरुले नभेट्याउने दुर्गम उचाई दियो ! आजकाल त काइँला फेसबुकमा अरु उफ्रेको मात्रै हेरिबस्छ्न् ! ऊनलाई अनौठो लागेको रहेछ कि फेसबुकमा जेकुरा पनि ‘म’ बाट शुरु हुने !
७०५.            बि. स. २०५६ सालमा एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पाए पछि बसन्तटारका कृष्ण राइले डेढ दशकमा आफ्नो भाग्य आफ्नै बारीमा चम्काएर देखाउन सफल भए ! किसानहरुलाई मात्र नभई, कृषि बैज्ञानिकहरुलाई समेत चकित पार्न सफल भए ऊनी ! अहिले ऊनी कृषिबाटै बार्षिक २०/२५ लाख रुपैंयाको कमाईगर्दै रमाइरहेका छन् ! कृष्णको २५ रोपनी जग्गा अहिले धेरै कृषकका लागि एउटा कृषि बिश्वबिद्ध्यालय जस्तै भएको छ, जहाँ ऊनि मात्र अध्ययन - अनुसन्धान गर्दैनन् , ४० जिल्लाका ६० हजार बिध्यार्थी, कृषक र कृषि बिज्ञले अबलोकन गरिसकेका छन् !
७०६.            जमाना नयाँ हुँदै गएको छ, कुनै बेला विश्वकै प्रभावशालि ब्रान्ड बनेक कोडाक , नोकिया र याहु कुन गल्तीले कसरी ओरालो लागे ? एक सय बर्षभन्दा लामो ईतिहास बोकेको कोडाक टाट पल्टिएको, नोकियाको अवतरण र भर्खरै बिक्री भएको दुई दशक पुरानो कम्पनी याहूको ब्यबसायिक यात्राले बिश्राम लिएको खबरले विश्व नै तरंगित हुन पुग्यो ! यी तिनवटै कम्पनी आफ्नो समयका बिश्वबिख्यात र करोडौं प्रयोगकर्ताले सेवा लिने कम्पनीमा गनिएका थिए ! तर, समय सधै उस्तै रहँदैन र भबिष्य चिन्न नसक्दा कहलिएका कम्पनि कसरी भुइंमा बजारिन्छन्, कसैले पनि भन्न सक्दैन !
७०७.            नेपालमा सरकार र प्रमुख प्रतिपक्ष आ-आफ्नो शक्तिको झूटो भ्रममा बाँचेको प्रष्ट देखिन्छ ! सामान्यत: कुरा यतिमात्र हो कि सरकार र प्रतिपक्ष दुवैसंग देश बनाउन आबश्यक परिकल्पना पनि छैन र जनताका आवस्यकतालाई सम्बोधन गर्ने खुबी पनि छैन !  [किशोर नेपाल, कान्तिपुर]
७०८.            आम बिश्वास बिपरित हिलारी क्लिन्टनले भन्दा २५ लाख कम मत (पपुलर भोट) ल्याएर पनि डोनाल्ड ट्रम्पअमेरिकाको नयाँ रास्ट्रपति निर्वाचित भएपछि, रास्ट्रपति बाराक ओबामाले उदासिनता पोखेछन् “ हाम्रो प्रजातन्त्रको स्वरूप नै यस्तै छ ! तर के गर्नु, हामि प्रजातन्त्रको कुनै बिकल्प खोज्न सक्दैनौं !
७०९.            केयू बाट उत्पादित सबैखाले दक्ष जनशक्तिको संख्या २३३४० पुगेको छ, त्यसमध्ये आधा संख्याको हाराहारीमा मेडिकल जनशक्ति रहेको छ केयूले आफ्नै र सम्बन्धन प्रदत्त मेडिकल कलेजबाट ११०४७ जनालाई गुणस्तरीय मेडिकलशिक्षा दिईसकेको छ [‘नागरिक’ पत्रिका बाट / पुष २६, २०७३ बाट साभार गरिएको]
७१०.            गणतन्त्रको गर्भादान: ‘गणतन्त्र नेपाल’ स्थापना गर्ने शुरवातका दिनहरु त्यहीं २०१७ /१८ सालको सशस्त्र क्रान्ति नै थियो ! अर्थात् , भनौं त्यहीं निरङ्कुश राजामाथिको बम प्रहर नै गणतन्त्र नेपालको गर्भादानको पहिलो घटना थियो !
[रामनारायण देव, पुष २६, २०७३ बाट साभार गरिएको]
७११.            मरेपछि गरिने सम्मानको के अर्थ ? बाँचुन्जेल एक छाक मीठो-मसिनो खान नपाएर, राम्रो औषधोपचार नपाएर अकालमै कति हो कति स्रष्टा मरेका छन् ! उनीहरुप्रति कसैको पनि सहानुभूति देखिंदैन, तर मरेपछि अनेक गुणगान गाएर विभिन्न मानपदवीले सम्मान गरिन्छ ! तर, यसो गर्नुको कुनै अर्थ छैन ! बाँचेकै समयमा सम्मान लिन पाए पो राम्रो होला त ! [नागरिक साप्ताहिक बाट साभार गरिएको]
७१२.            त्रिभुवन बिश्वबिध्यालय (त्रिवि) को ४२औं दीक्षान्त समारोहमा सहभागी हुन ८४ हजार बिध्यार्थिहरु योग्य भएपनि, करिब १० हजार मात्रै दीक्षित भएका छन् ! स्नातक, स्नातक, स्नातकोत्तर , एमफिल र बिध्याबारिधि तह पार गरेका ८३४२५ मध्ये ९७३४ जना मात्रै दीक्षित भएको बिश्वबिध्यालयका उपकुलपति तीर्थ खनियाले बताए ! संक्रितिबिद सत्यमोहन जोशीले बिश्वबिध्यालयले ज्ञान, बिज्ञान, प्रबिधि, कला, साहित्य र संस्कृतिका सम्भावनाको खोजी र बिकासमा औपचारिक जानकारी दिएर मानिसको सिर्जनशील प्रतिभाको विकास गरेको बताए!  ‘हाम्रो पाठ्यक्रम पढेपछि विधार्थीहरु सिर्जनशील र प्रतिभावान बन्नकोलागि प्रेरित होउन्’ ऊनले भने !
७१३.            धेरै पर्बहरुमध्ये तमुहरुले परम्परादेखि मनाउंदै आएको ल्होछार एउटा महत्वपूर्ण पर्ब हो ! बिगतमा पितापुर्खाले तमु गाउँबस्तीमा यस चाडलाई धुमधामका साथ मनाउने गर्थे, अहिलेभने गाउँबाट सहरमा सरेको छ ! गाउँभन्दा शहरमा, त्यसमा पनि गुरुङको  बाहुल्यता रहेको पश्चिमान्चलको पोखरामा उल्लासको साथमा मनाउने गरिन्छ !
७१४.            बर्ष २०१६ विश्व फुटबलमा लेस्टरमय रह्यो ! त्यस अबसरमा विश्वकै सबैभन्दा तेज गतिका मानव जमैकन स्प्रिन्टर उसेन् बोल्टले फेरी एकपटक आफूलाई ओलम्पिकमा सफल भएको सिद्ध गरे ! ऊनले ब्राजिलको रियो डे जेनेरियोमा भएको एकतीसौं समर ओलम्पिकमा तीनवटा स्वर्णपदक जितेका थिए ! ऊता क्रिस्टियानो रोनाल्डोका लागि २०१६ ‘गोल्डेन ईयर’ नै बन्यो, किनभने ऊनको टिम पर्चुगल युरोपेली च्याम्पिएन बन्यो ! पर्चुगिज कप्तान रोनाल्डोले युरोपमा तीन गोल गरेका थिए ! ऊनको क्लब रिएल म्याड्रिड पनि त्यहीं बर्ष युरोपेली च्याम्पिएन बन्न सफल भयो !
७१५.            दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पन्जा’ चलचित्रमा अन्जु पन्त र राजनराज शिवाकोटीले स्वर दिएको , ‘पूर्व पश्चिम रेल …’ बोलको गीतको लोकप्रियता मापनका लागि रेलकै उदाहरण लिनुपर्ला ! मानौं चीनको सांघाई ट्रांस्र्यापिड ट्रेन ! अचेल प्राय: यो गीत नबज्ने शायद कुनै रमाइला कार्यक्रम होलान् ! रेलको कुरा सुन्नेबित्तिकै ‘‘पूर्व पश्चिम रेल …’’ को भाका साएद धेरैजसोको दिमागमा दौडीहाल्छ होला !
७१६.            बाजुरा, हुम्ला र मुगु जोडिएका क्षत्रमा, सुत्केरीले महिनाभर गाईबस्तु बाँधने गोठमा बस्नै पर्ने कूरिती छ ! बाजुरासंग जोडिएको मुगुको ह्याँग्लु गाबिस स्थित बिनगाउँकि सुत्केरी नौरती शाहीले ढोकामा राखिएको तरबार र झुन्डाएको माछा मार्ने जालको सुरक्षामा ३० दिने कडा नियम पारगरेकी थिइन् !
७१७.            नेपाली भाषा-साहित्यका प्रवर्द्धक तथा प्रचारकका रूपमा विशिष्ट पहिचान बनाएका कमलमणि दीक्षितको १४ पुष २०७३ को बिहान ८७ बर्षको उमेरमा ललितपुरमा निधन भयो ! आफुलाई ‘ समुद्र किनारमा बसेर सिपी बटुल्ने पात्र ’ भनेर चिनाउँन चाहने दीक्षित नेपाली भाषामा लेखन, सम्पादन र ऐतिहासिक टिपोट संकलनका समेत एकसाथ अभियन्ता थिए !
७१८.            जर्मनबासीलाई पेन्गुइन झैं हिंड्न सुझाव: जर्मनबासीले एउटा अनौठो सुझाव सुनेका छन् ! ऊनीहरुलाई अबका केही महिनामा पेन्गुइन चराझैं हिड्न सुझाव दिईएको छ ! जर्मनीमा केही सातासम्म व्यापक हिमपात पर्नसक्ने भएको ले दुर्घटनाबाट बच्नको लागि जर्मनहरुलाई पनि पेन्गुइनजस्तै गरी हिंड्न सुझाव दिइएको छ ! पेन्गुइन चराहरु छाती फुलाएर र अघिल्लो भाग हल्का झुकाएर बिस्तारै हिंड्ने गर्छन् !
७१९.            नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एक दशक अबधि पुग्नै लाग्दा, आज २९५ औं पृथ्बी जयन्ती मनाइंदै छ ! २०६२/६३ सालको जन आन्दोलान पछि पहिलो संबिधान सभाबाट राजतन्त्रको विधिवत अन्त भएसंगै नेपाल एकिकरणको नाममा रहेको पृथ्वी नारायण शाहको सालिक भत्काउनेहरु समेतले अहिले सबैभंदा बढी प्रशंसा र सकारात्मक चर्चा गर्न थालेका हुन् !
७२०.            नेपालको राजनीतिमा दलहरु टुक्रिने र मिल्ने क्रम जारी नै छ ! संसदीय व्यवस्थाको विकृत रूपमा र वर्तमान चुनाव प्रणालीको साथै दलीय पृष्ठभूमिका कारणले पनि आज दलीय व्यवस्था झन् झन् जटिल बन्दै गएको छ ! लोकराज बरालको भनाई अनुसार, विकृत संसदीय व्यवस्था र खण्डित दलहरुको अवस्थाले हाम्रो मुलुकलाई स्थाई अस्थिरता र अराजकतातिर लैजान्छ !
७२१.            ३ पुस्ता देखि नै जंगलको बास: कन्चनपुरका ५५ बर्षिय दलबहादुर बोहरालाई आफ्नो पुर्खौली थलो कहाँ छ भन्ने थाहै छैन ! बुवा-बाजेको पालामा बझांगबाट बिस्थापित परिवारको दुई पुस्तादेखि जंगलमै बास छ ! नब्बेको दशकमा घरखेत पहिरोले पुरेपछि बाजे कमलसिंह बिस्थापित भई डडेल्धुराको आलिताल पुगे ! त्यसयता ऊनको परिवार डोटी र कंचनपुरका विभिन्न ठाउं हुँदै अहिले कृष्णपुर नगरपालिकाको बाणी नजिक बनहरा नदी किनारमा छाप्रो बनाएर बसिरहेका छन् !
७२२.            नेपालको राजनीतिमा दलहरु टुक्रिने र मिल्ने क्रम जारी छ ! संसदीय व्यबस्थाको विकृत रूपमा र वर्तमान चुनाव प्रणाली साथै, दलीय पृष्ठभूमिका कारणले पनि आज दलीय व्यवस्था झन् जटिल बन्दै गएको देखिन्छ ! लोकराज बराल भन्छन् : विकृत संसदीय व्यवस्था र खण्डित दलको अवस्थाले मुलुकलाई स्थाई अस्थिरता  र अराजकता तिर लैजान्छ !
७२३.            प्रचण्डको क्रमभंगता : नेपालमा संबिधान नयाँ आएको भएतापनि राजनीतिक अस्थिरताको पुरानो शृंखला टुट्न सकेन र यथावत रहेको छ ! अरु त अरु, क्रमभंगताका स्वघोषित प्रवर्तक प्रचण्डले संसदीय प्रथा अन्तर्गत आफ्नो अनुहार छोपिने गरी दुइपटक माला लगाएका थिए !
७२४.            सबैलाई थाहा भएकै कुरा हो, मानिसमा सद्गुण र दुर्गुण दुवै हुन्छन् ! यत्ति हो, बिशेष गरेर दक्षिण एशियामा चाहिं संसदीय प्रथाले मानिसका दुर्गुणलाइ प्रोत्साहन दिन्छ र उसका सद्गुणलाई दबाउँछ, अनि लोक कल्याणको भावनालाई मारिदिन्छ ! अन्यत्र यस्तो प्रवृत्तिलाई हेय ठानिन्छ, तर यहाँ गौरब गर्नेहरुको बाहुल्य छ !
७२५.            ओलम्पिक सम्झना : दक्षिण कोरियाको सोलमा करिब ३ दशकअघि सम्पन्न चौबिसौं  ओलम्पिकमा पहिलो दिन नेपालका बक्सिंग खेलाडी डम्बरदत्त भट्ट र बेलायतका मार्क इल्टन बीच भिडन्त भएको थियो ! पहिलो चरणमा दुबैले बराबरी अंक बटुलेका थिए, र दोस्रो चरणमा चाहिं डम्बरले हानेको पन्च लागेर मार्कको दाहिने आखाको छेउमा चोट लाग्यो !
७२६.            नेपालका बिद्ध्यालयको आधारभुत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाईएको छ ! शिक्षा मन्त्रालय अन्तर्गतको शैछिक गुणस्तर परिक्षण केन्द्रले गरेको राष्ट्रिय परिक्षण २०७२ ले यस्तो नतिजा देखएको हो !
७२७.            अर्बपतिका छोरासँग ट्याक्सी भाडा नहुँदाको प्रसंग : अर्बपति भन्नेबित्तिकै सबैकुराले सन्तुष्ट र सम्पन्न भएको व्यक्ति भनेर धेरैको मानसपटलमा आउने गर्दछ ! तर, बास्तवमा त्यसो होइन रहेछ ! अमेरिकी पेपर टाईकुन र विश्वकै अर्बपतिमा दरिएका पिपर ब्रान्टका छोरा ह्यारी ट्याक्सी भाडा तिर्न नसकेर समातिए, त्यो पनि मात्र २८ अमेरिकी डलर ! उक्त अति न्यून रकम पनि तिर्न नसकेपछी ऊनी लुथ्रुक्कै भिजेका थिए रे ! आफ्ना बुवाको सम्पत्ति २.७ अर्ब रहेको भएपनि ऊनिसंग ट्याक्सी भाडा २८ अमेरिकी डलर पनि रहेनछ !
७२८.            अहिलेको संक्रमणकालीन अवस्थामा झुण्ड, जत्था, हुल र अपेक्षामुखी मनोविज्ञानको ब्यबहारबाट शिक्षा क्षेत्रलाई बचाऊन सकियो भनमात्र पनि जनताले सधैभरी सम्झिरहने छन् !
७२९.            नेपालमा बितेका २१ बर्षमा १२ वटा गठबन्धन सरकार बने ! बि.स. २०५२ देखि २०७२ सम्म गठन भएका कुनै पनि सरकारले पुरा समय काम गर्न पाएनन् ! सत्ता साझेदार राजनीतिक दलहरुमा गठबन्धन संस्कार नहुँदा छिटोछिटो सरकार परिवर्तन हुने नियतिबाट नेपाल गुज्रदैछ ! संसारमा दुई वा दुईभन्दा बढी दल मिलेर गठबन्धन सरकार पुरा अबधि चलेका धेरै उदाहरणहरु छन् !
७३०.            बलिउडलाई तलाउ मान्नेहो भने, हलिउड चाहिं समुद्र हो ! यस्तो अवस्थामा,  बलिउड कलाकारले हलिउडमा स्थान नै पाएपनि गतिलो पाउने सम्भावना हुँदैन ! तर बलिउडका दुई नायिका दीपिका र प्रियङ्का चोपडाले लगभग एकै समयमा हलिउडमा गतिलो इन्ट्री मारेका हुन् !
७३१.            आमाको स्तनमा शिशुलाई जतिखेर जस्तो चाहियो, ठीक त्यस्तै प्रकारको दूध आफै तयार भैरहेको हुन्छ ! आमाको दूध विश्वको एकमात्र त्यस्तो खाध्य पदार्थ हो, जुनचाहिं उचित समय, उचित ठाउं, उचित मात्रा र उचित तापक्रममा उपलब्ध भैरहेको हुन्छ ! आमाको दुध शिशुको उमेर, आबश्यकता अनुसार स्वचालित रूपमा विभिन्न पदार्थको मात्रा निर्धारण गर्ने खालको हुन्छ !
७३२.            दाँतको संक्रमणले मुटु रोगको खतरा : अध्ययन अनुसार दाँतको माथिल्लो खण्डमा सङक्रमणले मुटु रोगको जोखिमलाई बढाउन सक्छ ! जर्नल अफ डेन्टल रिसर्चमा प्रकाशित अध्ययन अनुसार यो संक्रमण धेरै सामान्य र लक्षण रहित हुन्छ, तर एसको उपचार नगरेको खण्डमा यो घातक रोगको कारण बन्न पनि सक्छ !
७३३.            भिटामिन ‘डी’ को कमिले मृगौला रोगको खतरा : हालै गरिएको अध्ययन अनुसार, शरिरमा भिटामिन डी को कमीले गर्दा मृगौलाको गम्भीर रोग हुन सक्छ ! मुख्य रूपमा बच्चामा यसको जोखिम बढी हुन्छ ! लामो समय सम्म रोग रहंदा मृगौला बिग्रिने खतर बढ्छ ! तुलनात्मक रूपमा हाम्रो शरीरमा जाडो महिनामा भिटामिन ‘डी’ को कमि हुन्छ, जसले गर्दा क्यान्सर, अस्टियोस्पोरोसिस, मुटु रोग, अटोइम्युन आदि रोगको खतरा बढ्छ !
७३४.            नेपालमा २१ बर्षमा १२ वटा गठबन्दन सरकार गठन गरिए ! बि. स. २०५२ देखि २०७२ सालसम्ममा गठनभएका कुनैपनि सरकारले पूरा समय कामगर्न पाएनन् ! सत्ता साझेदार राजनीतिक दलहरुमा गठबन्धन संस्कार नहुँदा छिटो छिटो सरकार परिवर्तन हुने नियतिबाट नेपाल गुज्रिरहेको छ ! स्मारण रहोस, संसारमा दुई वा दुई भन्दा बढी दलहरु मिलेर गठबन्दन सरकारहरु पुरा अबधि चलेका थुप्रै उदाहरणहरु छन् !
७३५.            हिन्दु राष्ट्रबाद भित्रबाट जन्मिएको भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक यात्रा छिमेकी मुलुकहरुलाई पनि सकेसम्म यहीं बाटोमा तान्ने दिशामा ऊन्मुख छ, जसले भारत केन्द्रित एकात्मक हिन्दु समाजलाई बढावा दिन्छ !
७३६.            इकोनोमिक डिपप्लोमेसिका फाइदा : नेपालको परराष्ट्र सम्बन्धको सन्चालन र ब्यबस्थापन मूलत: निजामती सेवा अन्तर्गतको कूटनीतिको कुटनीतिक समूहका राष्ट्रसेवकले गर्ने चलन छ ! तिनमा इकोनोमिक डिप्लोमेसिको कमै बिशेषज्ञता हुन्छ भने शीप बिकासको अभाव समेत देखिन्छ !  - डा. लोक भट्टराई
७३७.            शिक्षामा कालो बादल : “ हटाउँ खाडल शिक्षामा आज गरीब र धनीको ! पढाउँ पाठ शिक्षामा आज देशप्रेम र शान्तिको ! ”
हिंजोआज शिक्षामा राजनीतिको कालो बादल लागेको छ ! शिक्षकको काम अध्यापन गर्ने हो, राजनीति गर्ने होइन ! दलका नेताहरुले पनि शिक्षामा माफियाहरुलाई सम्रक्षण दिएको पाईएको छ !
७३८.            काठमाडुंको चन्द्रागिरीमा प्रीथ्बीनारायणको मूर्ति अनावरण : प्रीथ्बिनारायण शाहको २९५ औं जन्म जयन्तीको अवसरमा, बि. स. २०७३ को पुष २७ गते ऊनको मूर्तिचित्र चन्द्रागिरी हिल्स लिमिटेडको टप स्टेसनमा स्थापना गरिएको छ ! चन्द्रागिरी पर्वत प्रीथ्बीनारायण शाहको एकीकरण अभियानसंग सम्बन्धित छ !
७३९.            अमेरिकाको राष्ट्रपतिका रूपमा ८ बर्ष बिताएर बाहिरिने क्रममा ओबामाले दिएको बिदाइ सम्बोधनले धेरै अमेरिकीहरु र अन्य देशका शुभचिन्तकहरु समेतलाई निकै भाबुक बनायो ! ऊनी आफुपनि एकाएक भाबुक भए र ऊनका आँखा रसाए ! ऊनले भनेका थिए “ लोकतन्त्रले एकरुपता होइन, एक्यबद्धता खोज्छ !”
७४०.            सिरिया बलिरहेछ आधा दशकदेखि : सिरियामा ६ बर्षदेखि जारी गृहयुद्धले दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो मानबिय संकट निम्त्याएको छ ! धेरैले ५ लाखभन्दा बढी मानिसहरु मारिएको तथ्यांक निकलेका छन् ! करिब १० लाख घाइते र अंगभंग भएका छन् ! पुरा जनसंख्याको आधा, अर्थात् १ करोड २० लाखभन्दा बढी मानिसहरु घर छाडेर ज्यान जोगाउन हिंडेका छन् !
७४१.            हिउँफूलको देश : तपाईलाई नेपालको कुन ठाउं डुल्न मन लाग्छ भनेर सोध्दा अधिकांस नेपालीले जबाफमा शायद ‘मुस्तांग’ भन्छन् होला ! भौगोलिक विशेषताले धनी मुस्ताङका मुक्तिनाथ, जोमसोम, कागबेनी, चरांग, छुसांग, धामी, छोसेर सुर्खंग र लोमंथान वरपरका खैरा फुर्सा र उराठ डाँडा हिउँले छपक्कै छोपिएका छन् !
 हिउँ पर्दा एकाध मानिस बाहेक मुस्ताङ् सुनसान जस्तै हुन्छ ! पहिले यहाँ चार
 महिनासम्म लगातार हिउँ पर्थ्यो रे !
७४२.            रुसी लेखक भ्लादिमिर नोबोकोबको उपन्यास ‘लोलिता’ आख्यानको क्षत्रमा भूकम्प नै थियो ! मर्यादा र नैतिकतालाई भत्काऊदै आएको यस उपन्यासको असर आज पांच दशकपछि पनि उस्तै छ ! तत्कालीन समयमा यो उपन्यास लेखक तथा समिक्षक बाट निकै आलोचित भयो ! सन् १९५८ को डिसेम्बरमा भिक्टोरिया सेकविल नामक एक लेखकले ‘लोलिता’ प्रकाशन गर्ने संस्था “वाईडेनफेल्ड एण्ड निकल्सन” लाई पत्र लेख्दै भनेका थिए ‘यस घृणित र अश्लील पुस्तक प्रकाशन गरेकोमा म तपाईको संस्थाको भ्रत्सना गर्छु !’
७४३.            प्रिथ्बीको सबैभन्दा पल्लो किनार अन्टार्टिक ओसन कुनै दिन पुगिएला भन्ने कल्पना सम्म पनि गरिएको थिएन, तर यथार्थमा त्यहाँ  ! त्यहाँबाट अन्डाकार जस्तो गोलो छितिज देख्दा, पृथ्बी सांच्चीकै गोलो नै रहेछ भन्ने लाग्यो ! त्यो ठाउँलाई विश्वकै एउटा प्राकृतिक सुन्दरताको नमुना मान्न सकिन्छ ! त्यस सुन्दरताको अबलोकन हेलिकोप्टरबाट पनि गराइँदो रहेछ !
७४४.            रोकियो एउटा इन्द्रावती : जीवन र रंगमंच दुबैमा इन्द्रावती जस्तै बाङ्गो - टिङ्गो संघर्षका छालहरू बेहोरेका कलासाधक विष्णुभक्त फुयाँल ‘याज्ञवल्क्य’ नाटकमा राजा जनक बन्दाबन्दै दिबंगत भए ! गम्भिरे माझीको भूमिका गर्ने कलाकार हुनुहुँदो रहेछ विष्णुभक्त फुयाँल ! वहाँ एकाएक ‘यु आर माई लव’ भन्दै छाउनुभयो बल्बलिकदेखि तन्नेरी दर्सकसम्म ! दीपक राज गिरि र दीपाश्री निरौलाको ‘तितो सत्य’ टेलिसिरियलमा वहांको हास्य चरित्र साच्चैको रोचक र घोचक थियो ! सत्यमोहन जोशीकै नाटकको क्रममा भेटिनुभएको वहाँ जोशीकै अर्को नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै बित्नुभएको थियो ! अर्को संयोग के भने बद्री अधिकारीकै टेलिफिल्म ‘अविरल बग्दछ इन्द्रावती’ बढी चर्चामा आउनुभएका वहाँ अधिकारीले नै निर्देशन गरेको नाटक खेल्दाखेल्दै दिबंगत हुनुभयो ! अभिनयमा मात्र नभई विष्णुभक्तको बास्तबिक अनुहारमै दुखका थुप्रै किरिंग मिरिंग धर्साहरु छन् !
७४५.            हास्य व्यङयका नाममा महिलाको निन्दा गर्ने कार्यक्रमहरु एउटा - दुइटामा मात्र सीमित छैनन् ! यहीं सिलसिलालाई ‘सदर’ गरेको छ हालसालै प्रदर्शित चलचित्र ‘छक्कापञ्जा’ ले !
७४६.            चार्ली च्याप्लिनको सर्बाधिक सफल मानिने चलचित्र ‘द ग्रेट डीक्टेटर’ले प्रजातान्त्रिक मूल्य र मान्यताको महत्वलाई स्थापित गरेको छ ! हास्य व्यंग्यात्मक प्रस्तुति रहेको फिल्म राजनीतिक विषयमा छ, जसले नाजीहरुले गरिरहेको तानाशाही र फासिज्मको निन्दा गरेको छ ! ऊता चाप्लिनले भने फिल्ममार्फत जर्मनीमा बढिरहेको हिंसा र दमनलाई सम्बोधन गरिसकेका थिए !
७४७.            बौद्धिक भनेर चिनिएका नेता बाबुराम भट्टराईले तीन बर्षअघि बर्दियाको एक घरमा भारतीय सुरक्षाकर्मीले गरेको खानतलासिको सन्दर्भमा टिप्पणी गर्दै, नेपाल छिमेकीहरुको अगाडी कमजोर छ भनेर जनाउन ‘नामर्दकी जोइ सबैकी भाउजु’ भन्ने उखान प्रयोग गरेका थिए ! त्यसअघि नै ऊनले अर्को राजनीतिक दललाई होच्याउनको लागि ‘तेस्रोलिंगी’ शब्दको प्रयोग गरिसकेका थिए ! त्यसो भनिरहँदा पहिलो संबिधान सभामा ऊनिहरुको प्रतिनिधित्व गरिरहेका आफ्नै समकक्षी सुनीलबाबु पन्तको मर्यादाको हनन् भएको हेक्कासमेत राख्न सकेनन् !
७४८.            अभिनेता राजेश हमालले ‘फिल्ममा समय अनुसार परिवर्तन आउनुपर्ने’ मा जोड दिएका थिए ! ऊनले अबका नेपाली फिल्मले समाजको कथा भन्नुपर्ने उल्लेख गर्दै थपे: अहिलेको लागि अहिलेकै बिषयमा नेपाली फिल्महरु बन्नुपर्छ ! नेपाली फिल्म नेपाली दर्शककै लागि बनाउने हो, न कि बिदेशी दर्शकका लागि ! ऊनले हलिउड र बलिउडको सिको गरेर नेपाली फिल्मको बिकास नहुने दाबि पनि गरे ! ऊनले फेरी थपे : समाज बुझ्नेले फिल्म बुझ्न सक्छ र फिल्म बुझेकाले मात्रै फिल्म बनाउन सक्छ !
७४९.            रुसमा रक्षा भईन् ‘प्रिन्सेस अफ दी युनिभर्स’ : रुसमा हालै (जनवरी, सन् २०१७) सम्पन्न भएको प्रिन्स एण्ड प्रिन्सेस अफ् दी युनिभर्सको टिन विधाका शीर्ष उपाधि एक नेपाली किशोरीले जितेकी छिन् ! कक्षा ११ मा अध्ययनरत रक्षा थापाले ‘योंग प्रिन्सेस अफ् दी युनिभर्स’ उपाधि जितेकी हुन् ! मस्कोमा हालै सम्पन्न प्रतियोगितामा उपाधि थपेर ऊनी नेपाल फर्केकी छन् ! रक्षाले “मेरो दुर्लूंग गाउँ …” र ‘नेपाली छोरी हूँ म’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् !
७५०.            हलुवा खान हुम्लाबाट बाजुरा सम्म : हुम्ला र मुगुका बालबालिकाहरु बिध्यालयमा छुट्टी हुनासाथ पुरै एक घण्टा हिडेर छिमेकी जिल्ला बाजुरा पुग्छन् ! ऊनीहरु पौष्टिक आहार (हलुवा) खानकै लागि दिनहुँ लामो यात्रा गर्न बाध्य छन् ! अभिभावकहरु पनि गाउँको बिध्यालय बन्द भएपछि पोषिलो चीज खान पाउन् भनेर नै आफ्ना बालबालिकाहरुलाई त्यता पठाउने गर्छन् !

Comments