टिपन टापन (१ - ५००)


१.                    यदी तपाइंको खुट्टामा जुत्ता छैनन् भने अफ्सोस नगर्नोस्, किनकी यस्ता पनि मान्छे छन्, जस्को खुट्टा नै छैनन् !
२.                    किन गर्नु र धनको घमण्ड, आखिर मरेर नांगै जाने हो ! किन गर्नु र रूपको घमण्ड, आखिर दाँत झरेरै जाने हुन् !
३.                    खुलेर मुस्कुराउनुहोस, किनकी यो नै मनुष्य हुनुको पहिलो शर्त हो ! याद गर्नुहोस : कुनैपनि पशु मुस्कुराउन सक्दैन ! अझै बढी मुस्कुराउनुहोस, किनकी हरेक मान्छेले फक्रिरहेको फूललाई र मुस्कुराई रहेको अनुहारलाई मन पराउँछ !
४.                    समस्या पर्दैमा नआत्तिनोस्, किनकी समस्या बारम्बार आऊछन्, अल्झिन्छन्, बल्झिन्छन् र सुल्झिन्छन् पनि !
५.                    लड्नु, भिड्नु, उपलब्धि हाशिल गर्दै रमाउनु - आहा, यहिँ त हो जिन्दगी !
६.                    छोरा/छोरी रुंदा आमा हाँस्ने एकदिन मात्र हो : सन्तान जन्मेको दिनमा ! त्यस पछि त सधै सन्तानकै निम्ति रुन्छिन् ती आमा !
७.                    आमाको गर्बमा रहंदा बाहिरी संसारमा आऊनको लागि संघर्ष, अनि त्यसपछि बाँच्नको लागि संघर्ष, फेरी मर्नको लागि पनि संघर्ष ! आखिर, संघर्ष नै त हो जन्मनु र मर्नुको बीचको रंगमंच, जस्को अन्तीम समाप्ति हो मृत्यु !
८.                    पियानो बजाउनकोलागि अर्काले बजाएको देखेर मात्र हुँदैन, आफै सिक्नु पर्दछ !
९.                    सम्बन्ध भनेको त छाताको जस्तो पो हुनुपर्छ, जस्ले घाम र पानी दुबैबाट जोगाउंछ र लौरोको समेत सहारा दिन्छ ! तर, आज भोलिका सम्बन्ध त चप्पलका फिता जस्तै पो छन् ! कहाँ नेर चुडी जान्छ, थाहै हुँदैन !
१०.                भरिएको गाग्रीमा केवल पानी मात्र हुन्छ, तर रित्तो गाग्रीमा त अमृत पनि भर्न सकिन्छ ! त्यसैले, सम्पन्नता नभई सम्भावना पो हेर्नु पर्छ !
११.                भनाई नै छ कि पुरूषको भन्दा महिलाको आहार दुगुना, लाज चौगुना, साहस छ गुना र काम आठ गुना बढी हुन्छ !
१२.                बिद्यालयमा सिकेको कुरा बिर्सेपछि मान्छेसंग जे जति बाँकि रहन्छ, त्यो नै बास्तबिक शिछ्या हो !
१३.                जसले ज्वरो आउंदा पनि काम गर्छ, त्यस्तालाई भनिन्छ ब्यापारी ; अनि जसलाई काम देखेर ज्वरो आउंछ, त्यस्तालाई भनिन्छ कर्मचारी !
१४.                प्राय झुपडिमा लेखिएको हुन्छ ‘स्वागतम’ ! तर, महलमा लेखिएको हुन्छ ‘कुकुरदेखी होशियार’ !
१५.                म एउटा मात्र कुरा जान्दछु, त्यो के हो भने ‘म केही पनि जान्दिन’ [ सुकरात ] !
१६.                सिंगो संसार नै मानवजातीको लागि बिद्यालय हो , जन्मदाको कोक्रोदेखि लिएर मृत्यु पछिको चिहान सम्म !
१७.                ठूला (धनी) मान्छे मरेको अवस्थामा पार्थिब शरीर’ रे, गरीब/दुखि मरेमा लासरे ! मरेपछि पनि के को राजनीति गर्नु ?
१८.                माया मनमा हुनुपर्छ, शब्दमा होइन ! तर, रीस शब्दमा हुनुपर्छ, मनमा होइन !
१९.                विपत्तिले बिनाश मात्र होइन, त्यसले अवसरलाई पनि सिर्जना गर्छ ! यो भनाइलाई आत्मसात् गरी अगाडी बढ्न सक्नु पर्दछ !
२०.                नेपालको प्राकृतिक सुन्दरता जति अलौकिक छ, त्यति नै कुरूप यहाँको बेथिति छ !
२१.                जिन्दगी नै रित्तियो सबैलाई खुशी राख्नमै ! जो जो खुशी भए, ती आफ्ना थिएनन् र जो जो आफ्ना थिए, ती कहिल्लेइ खुशी भएनन् !
२२.                भूकम्प हे भुकम्पे, मसंग धेरै नचम्के, बासको बार लाईदिन्छु, जस्ता पाताले छाई - दिन्छु, पैसा धेरै फाल्दिन, तला सला हाल्दिन ! अनि बल्ल थाहा पाउलास्, घर भत्काऊन कहाँ पाउलास !
२३.                घतलाग्दो एउटा भनाई नै छ : संतोषले गरीबलाई धनी र असंतोषले धनीलाई गरीब बनाउंछ !
२४.                सोंचेको भन्दा फरक हुँदो रहेछ देखेको संसार, र त्यो भन्दापनि फरक हुँदो रहेछ भोगेको संसार !
२५.                जीबन के हो जान्नको निम्ति जीउनै पर्छ; बिष के हो - पिउनै पर्छ; आगो के हो - छुनै पर्छ; दुख के हो - भोग्नै पर्छ र, ‘आँसु के होजान्नको निम्ति रुनै पर्छ !
२६.                नेपालमा शिक्षाको ट्रेन्ड पहाडतिर हुने ट्रेनको बाटो सरह बांगो टिङ्गो भएको छ !
२७.                बिद्यार्थीहरुलाई कल्पनाशील बनाउनु पर्दछ ! केकसरी जस्ता शब्दले ऊनीहरुलाई ब्यबसायिक बनाउन सकिन्छ ! जस्तै, उदाहरणको लागि : तिमीले खान नपाए के गर्थेउ होला ? सुत्न नपाए के गर्थेउ ? इत्यादि !
२८.                हाम्रो देशमा उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन सकिएको छैन ! हामी जान्ने छौं ’ भन्ने केही व्यक्तिको बुद्धि त्यत्तिकै खेर गईरहेको छ !
२९.                सांच्चै भन्ने हो भने, कतिपय बिचरा शिक्षकहरु राजनीतिक दलका घोडा बनेका छन् हाम्रो मुलुकमा, यो निकै ठुलो चिन्ताको बिषय हो !
३०.                योग्य र लगनशील शिक्षकहरुको सन्जाल बनाइदिई,  प्रयाप्त सुबिधा दिएर वहाँहरुलाई मेची र महाकालीसम्म पनि पठाउँन नसकिने होइन, गर्नै पर्छ !
३१.                नेपालमा डाक्टरी पढायो - अमेरिकाको लागि, नर्स बनायो - अस्ट्रेलियाको लागि, पाईलट बनायो - भारतको लागि ! अनि त्यसपछि हामी नेपालीलाई खोइ के त ?
३२.                हरेक मान्छेमा गुण र अबगुण दुवै हुन्छन् ! भनाई नै छ : अबगुण नभएका देउता हुँदैनन् र गुण नभएका राक्षस हुँदैनन् !
३३.                ज्ञानलाई दिमाग र किताबबाट बाहीर निकाल्न शिपको अत्यन्त ठूलो खाँचो पर्छ !
३४.                गान्धीजीले भनेका छन् : नागरिकको जीवनमा प्रत्येक क्षण उपयोगी भएर मात्र बितुन् भन्ने सिद्धान्तलाई जोडदिने शिक्षा नै शिक्षाको सबैभन्दा उत्तम रुप हो !
३५.                जुन ठाउँमा समस्या छ, आखिर कोशिश गरेमा समाधान पनि त्यहीं ठाउँमा भेटिन्छ !
३६.                सपना त्यो होइन, जुन हामी निदाएको बेलामा देख्ने गर्छौ ! वास्तविक सपना त त्यो हो, जस्ले हामीलाई निदाउनै दिंदैन !
३७.                भनाई नै छ कि आफै नमर्दा सम्म स्वर्ग देख्न सकिन्न !
३८.                उमेर र शरीरले होइन, विचार र अठोटले मात्र मान्छेलाई युवा बनाई राख्ने हो !
३९.                के को लोकतन्त्र हुन्थ्यो यो ? यो त लोकमानतन्त्र पो रहेछ ! ढलेका राजा जुरुक्कै उठेछन्, देश चलाउने त लोकमान पो रहेछन् त !
४०.                एक दिनमा स्वस्थ मानिसको शरीरमा १५०० देखि २००० मिलिलिटर सम्म पिसाब बन्दो रहेछ, थैलीको क्षमता भने २०० देखि ३०० मिलिलिटर सम्मको हुने रहेछ !
४१.                गरिबी बाहेक सबै कुरा आयात गर्नुपर्ने नेपालको क्षेत्र त सुदुरपश्चिम पो रहेछ !
४२.                नेपालको मास्टर डिग्रीले भन्दा दुबई, कतार र साउदी अरबको ५० डिग्रीले नेपाली कामदारलाई दक्ष्य बनाईरहेको रहेछ !
४३.                इश्बी सम्बत १४८३ मा जन्मिएका बेलायतका थोमस पर् संभवत विश्वकै सबैभन्दा बढी उमेर बाँचेका व्यक्ति मानिएका छन् ! ऊनी १५२ बर्ष बाँचेका रहेछन् र ऊनले बेलायतका १० वटा राजाहरु तथा रानीहरु देख्न भ्याएछन् !
४४.                मरुभूमिमा बिउ छर्नु, र मुर्खलाई ज्ञान बाड्नुको कुनै अर्थ रहँदैन !
४५.                जसरी कुनै पनि काम सानो वा ठुलो भन्ने हुँदैन, त्यसैगरी मानिसको पसिनाको पनि कुनै रंग र जात भन्ने हुँदैन !
४६.                काम नै शक्ति, भक्ति र मुक्ति हो ! त्यसकारण, कामको इज्जत गरौँ र पसीनाको सम्मान गरौँ !
४७.                मानिसको जिन्दगीमा खासगरी दुई प्रकारका साथीहरु हुँदा रहेछन् : पहिलो हो छायाँ, जस्ले जहाँ गएपनि कहिलेइ साथ छोड्दैन ! अनि, दोस्रो हो ऐना, जो आफु रोए रोइदिन्छ, हाँसे संगसगै हाँसीदिन्छ !
४८.                अंग्रेज, भारत र नेपाल बिच त्री-पछिय सुगौली सन्धी भैसकेपछि, गफै गफमा एकले अर्कोलाई कसरी सम्बोधन गर्ने त भन्ने विषयमा कुरा चलेछन् यसरी (क) अंग्रेज : हामीलाई साहेब भनेर बोलाउनु (ख) भारत : हामीलाई बाबु भनेर पुकार्नु (बंगाली परेछ) ! (ग) नेपाल : हामीलाई बाबुसाहेब भनेर बिन्ती चढाउनु !
४९.                उहीं उम्लिएको पानीले अन्डालाई कडा बनाइदिन्छ र आलुलाई नरम ! त्यसरी नै समय सबैको लागि एकै हो, तर  के बन्ने भन्ने कुरा आफ्नो प्रकृतिमा भर पर्छ !
५०.                छोरा असल हो कि होइन भन्ने कुरा, बाबु आमा बुढाबुढी भएपछि थाहा हुन्छ रे ! त्यस्तै, छोरी असल हो कि होइन भन्ने कुरा जवानीमा थाहा हुन्छ रे ! अनि, श्रीमान् असल हो कि होइन भन्ने कुरा, श्रीमति बिरामी हुँदा थाहा हुन्छ रे ! त्यस्तै, श्रीमति असल हो कि होइन भन्ने कुरा, श्रीमान गरीब हुँदा थाहा हुन्छ रे !
५१.                आफुलाई कसैसंग पनि तुलना नगरौँ, किनकी अरुसंग तुलना गर्दा-गर्दै मानिस आफु नै बाँच्न भुलेको हुन्छ ! त्यसै गरी, तिमी नितान्त भिन्न छौ र तिमीलाई कसैसंग दाँज्न मिल्दैन ! आफै भित्र रमाएर त हेर, तिमी कति सुन्दर छौ !
५२.                पुरूषको भन्दा स्त्री जातिको आहार दुगुना, लाज चौगुना, साहश छगुना, प्रेम आठगुना र काम दशगुना बढी हुन्छ ! (चाणक्य नीति बाट)
५३.                आश्चर्यजनक छ प्रकृतिको लीला: नारीको आकारमा फुल्ने नारीलता नामको फूल २० बर्षको अन्तरालमा मात्र फुल्ने गर्छ !
५४.                सफलताका कथाहरु भन्दा पनि असफलताका कथाहरु पढ्दा सफल हुने सूत्र फेला पार्न सकिने छ !
५५.                भाई तिहार मनाउने कसरी ?  हुन सक्ला यसरी : पोतेर दैलो, खेलेर भैलो, ओखर र सेल, टिका र तेल, बालेर बत्ति, थुतेर पत्ती !
५६.                हाम्रा नेपाली नेताहरुको नाम बिदेशमा हुँदा निम्नानुसार हुन्थ्यो होला कि ? जापानमा  ‘हुतिहारा नेता मोरा;’ रसियामा : अति चुस्की, बुद्धि फुस्की; चीनमा: घूस ली; अमेरिकामा: बाँदर सन्मेट ; श्रीलंकामा : जनतामारा गुण्डानाइके / बेलायतमा: … … …
५७.                पत्रकारको प्रश्न: एकदिनको लागि केही बन्न पाए, के बन्नुहुन्थ्यो होला ? हरीबंश आचार्यको उत्तर : ‘ढुंगा बन्ने थिएँ, केही थाहा नहुने - क्या आनन्द !’
५८.                सबैलाई थाहा नहुन पनि सक्छ कि नेपालको छिमेकी देश चीनले गर्मी छल्नको लागि कृत्रिम बादल बनाएर पानीपार्ने गरिआएको छ !
५९.                चीनमा फेसबुक र ट्वीटर दुवै चल्दैनन्, तर पनि विभिन्न ठाउँमा वाइफाई उपलब्ध हुँदो रहेछ !
६०.                स्वर्गत मान्छेले आफ्नै मनले रचना गरेको शब्द हुनुपर्छ, साँच्चैको स्वर्ग त भए पो देख्नु नी !
६१.                विशेषज्ञ चिकित्सकको भनाई अनुसार, मानिसको पेट चार कारणले गर्दा सुन्निने गर्छ ! ती कारणहरु हुन् : फोक्सो, कलेजो, मृगौला तथा क्यान्सर !
६२.                कस्तो पापी रोग हुँदो रहेछ यो क्यान्सर ! पुरै शरीर मरिसक्दा पनि दिमाग नमर्ने र  सबै कुरा थाहा हुँदाहुँदै मर्नु पर्ने !
६३.                बिश्वासभन्दा दह्रो बन्दन ब्रह्माण्डमा अरु केही छैन, बिश्वासमाथि नै अविश्वास गरेपछि मात्र शुरु हुन्छ तनाब र विवाद !
६४.                यदि मानिसलाई आफ्नो मृत्युको समय पहिले नै थाहा हुन्थ्यो भने, शायद ऊ त्यो भन्दा पहिले नै मर्थ्यो होला !
६५.                संस्कृति सधै प्रगतिशील र गतिशील हुनु पर्छ, यसले नै समाजलाई बाँच्न र प्रगतिका साथमा अघि बढ्न प्रेरित गर्दछ !
६६.                स्वस्थ शरीर र मन लिएर आनन्दसंग जीवन यापन गर्ने प्राचीन बैज्ञानिक प्रक्रिया नै ‘योग’ हो ! ज्ञानरुपी प्रकाश बाल्ने काममा सर्बोपरी स्थान योगकै हुन्छ !
६७.                बुढेसकाल त पाकिसकेको धानको बोट जस्तै हो ! पराल बन्ने बोटलाई मलजल गरेर कुनै फाईदा हुँदो रहेनछ !
६८.                योगको अर्थ हो जोड ! आत्मा अर्थात् आफुसंग जोडिदिनेको नाम नै ‘योग’ हो ! अनि आफुसंग छुट्टिनुको नाम चाहिं ‘वियोग’ हो !
६९.                पराल बन्ने बेलाको धानको बोटलाई मलजल गरेर कुनै फाईदा हुँदैन ! त्यस्तै, योगासन मात्र गरेर योग पुरा हुँदैन, न त ध्यान मात्रले नै !
७०.                आफ्नो आनन्द स्वरूपसंग जोडिनेको नाम नै योग हो ! जो आफु - आफु नै भएर रहन्छ, त्यो योगी हो ! तर, जो आफुलाई छोडेर अरु कोही बन्न खोज्छ, त्यो चाहिं भोगी हो !
७१.                शरीर, मन, बुद्धि र आत्मा एक अर्काबिच अभिन्न सम्बन्ध राख्छन् ! त्यसै गरी, योग र रोग ठीक बिपरित हुन्, उज्यालो र अँध्यारो जस्तै !
७२.                कुनै पनि योगीले बाँच्नको लागि खान्छ भने, भोगीले खानको लागि मात्र बाँच्छ !
७३.                योगका जम्मा आठ अंग हुन्छन् : () यम - सामाजिक अनुशासन () नियम - आत्मानुशासन () आशन - शारिरीक स्थिति () प्राणायाम - श्वास, प्रश्वास प्रक्रिया द्वारा शक्ति अभिवृद्धी () प्रत्याहार - इन्द्रिय निग्रह () धारणा - एकाग्रता () ध्यान - सचेतना () समाधि - परमानन्द अवस्था !
७४.                मानिसहरुमा खाँचो सिमीत हुन्छ भने, चाहना असिमित ! खाँचो सजिलै प्राप्त भएता पनि, चाहना भने नहुन पनि सक्छ !
७५.                भनाई नै छ कि खाँचोको पछि लाग्ने मानिस योगी बन्छ भने, चाहनाको पछि लाग्ने मानिस चाहिं भोगी बन्छ !
७६.                हरेक व्यक्तिको सफलतामा ८५% भूमिका उसको दृष्टिकोणमा नै रहन्छ !
७७.                पुंजी र औजार भन्दा पनि मानव शक्ति नै बढी मुल्यबान हुन्छ !
७८.                बलियो संरचनाको आधारमा भब्य महल टिके जस्तै, सफलता प्रप्तिको लागि पनि त्यस्तै बलियो आधार चाहिन्छ !
७९.                नकारात्मक बाताबरणमा कोही कसैबाट सकारात्मक ब्यबहारको अपेक्ष्या गर्नु व्यर्थ जस्तै हुन्छ !
८०.                खराब स्वास्थ्य नहुनु भन्नुको अर्थ, राम्रो स्वास्थ्य भन्ने होईन ! त्यसै गरी, नकारात्मक नहुनुले सकारात्मक नै हुन्छ भन्ने पनि किमार्थ होइन !
८१.                सकारात्मक दृष्टिकोण भएको व्यक्ति भनेको, मिठो बासना आउने फूल जस्तै हो !
८२.                सपना त दर्जनौ देख्न सकिएला, तर तिनीहरुलाई कार्यन्वयन कसरी गर्ने भन्ने पक्ष महत्वपूर्ण हुन्छ !
८३.                समयलाई आलटाल गर्ने स्वभावको कारणले गर्दा नै हाम्रो दृष्टिकोण पनि नकारात्मक हुँदै जाँदोरहेछ !
८४.                मानिसको स्वभाव नै हो, आँटेको काम पुरा गर्न सकिएमात्र मन खुशी हुन्छ ! तर, अधुरो काम भएको अवस्थामा चाहिं भएको उर्जा समेत शिथील पारिदिन्छ !
८५.                कुनै काम आजै गर्न सकिन्छ भने, त्यसलाई भोलि वा पर्सिकोलागी नसांचेकै राम्रो हुन्छ !
८६.                दुख तथा विभिन्न कष्टहरूको बारेमा नसोंचेर, आफुले पाएका शुखद क्षणहरुको बारेमा मात्र सोच्ने बानि बसाल्न सकेको खण्डमा सधै शुखी भइन्छ !
८७.                नैतिक मूल्य र मान्यतामा आधारित शिक्षाले चाहिं मान्छेको मनलाई प्रफुल्ल मुद्रामा राख्न सक्छ !
८८.                वर्तमान अवस्थामा, हामीलाई बौद्धिक भन्दापनि असल चरीत्र निर्माण गर्न सक्ने नैतिक शिक्षाको ठूलो खाँचो छ !
८९.                एउटा भनाई छ : अशिक्षीत चोरले मालबाहक रेलबाट केवल समान चोर्न सक्ला, तर शिक्षीत चोरले त रेलको लीक समेत उडाईदिन सक्छ !
९०.                कुनै पनि ज्ञान सिक्ने प्रकृया धेरै हदसम्म खानपीन गरेजस्तै हो ! हामी कति मात्रामा खान्छौं, भन्ने कुरा महत्वपूर्ण नभई, पचाउन कति सकिन्छ - त्यो चाहिं महत्वपूर्ण हो !
९१.                आफ्नो उद्यश्यमा सदैब सफल बनिराख्नको निमित्त आबस्यक कुरा हुन् : चरीत्र, प्रतिबद्दता, दृढ बिश्वास, शिस्टाचार र अटल साहाश !
९२.                शिक्षा महँगो मान्नेहरुका लागि अज्ञानी बनिरहनु बाहेक अर्को कुनै बिकल्प छैन ! [डेरेक बोक]
९३.                शरीर स्वस्थराख्न असल खाना चाहिए जस्तै, दिमागलाई स्वस्थ राख्न पनि असल बिचारको आवस्यकता पर्छ !
९४.                असल तथा सकारात्मक सोंच प्राय सुन्दर अभिब्यक्ति मार्फत झल्किन्छ्न् !
९५.                आफ्नै अंतर्द्रीष्टिको कमीले गर्दा धेरैजसो मानिस सर्बश्रेष्ठ हुन सक्दैनन् !
९६.                हार्ने मानिसहरु सधै जसो समस्याका अंग हुन्छन्, तर जित्नेहरु चाहिं समाधानका कारक बन्छन !
९७.                जित्ने मानिसहरुले सोंचेर मात्र बोल्छन्, तर हार्नेले भने प्राय: बोलिसकेर सोच्छन् !
९८.                सार्थक, मूल्यबान् तथा महत्वपूर्ण लक्ष्यको क्रमिक अनुभूतिलाई नै सफलता भन्ने गरिन्छ ! [अर्ल नाइटीन्गेल]
९९.                कुनै पनि कुराको विषयमा, हेर्ने मात्र नभई अबलोकन पनि गरौँ, पढ्ने मात्र नभई जीवनमा लागु समेत गरौँ !
१००.            असफलतासंग निरन्तर जुध्न सकेको खण्डमा, सफलता हात पार्ने सम्भावना बढ्दै जान्छ !
१०१.            सफलताका हरेक कथा भित्र कतिपय असफलताका कथाहरु पनि छिपेका हुन्छन् !
१०२.            विधाताले उपहार स्वरूप मानिसलाई सोंच्न सक्ने क्षमता दिएको छ, त्यसको ठीक प्रयोग गरौँ !
१०३.            मानिसको दृढता यति शक्तिशाली हुन्छ कि यस्का सामु सबैले हार स्विकार्न कर लाग्छ !
१०४.            दृढता नै प्रतिबध्ताको परिणाम हो, जसले गर्दा संकल्पलाई जन्म दिन्छ !
१०५.            अति धेरै काम नराम्रो तरीकाले गर्नुभन्दा, बरु थोरै काम राम्रोसंग गर्नु उचित हुन्छ !
१०६.            गुरू भनेका ती व्यक्ति हुन्, जोसंग ज्ञानको गुरुत्व हुन्छ र ज्ञानलाई अरुहरु माझ पनि बाड्न सक्छन् !
१०७.            सफलता दिलाउने मुख्य पाँच सूत्रहरू छन् : सकारात्मक सोंच, इच्छा शक्ति, मेहनत, प्रतिबद्दता र जिम्मेवारी !
१०८.            भोलिका उपलब्धिलाई सिमीत गर्ने एकमात्र बाधा हो आज गरिने शंका !
१०९.            यो संसारमा जसले जोखिम मोल्दैन, ऊसले केही पनि पाउंदैन ! त्यसकारण, जीवनमा जोखिम मोल्नै पर्छ !
११०.            जुन काम अत्याबस्यक छ, त्यसमा द्रीढ बनौं ! त्यसरी नै, जुन काम गर्न ठीक हुँदैन,  डटेर प्रतिरोध गरौँ !
१११.            मान्छेको दिमाग बगैंचा जस्तै हो, असल बिउ रोप्यो भने बगैंचा सुन्दर बन्छ !
११२.            जिन्दगीमा सफल हुने ईच्छा त हरेक मानिसमा हुन्छ नै, तर त्यसको तैयारी भने कमैमा मात्र हुने गर्छ !
११३.            कुनैपनि मानिस अनुशासित हुनकोलागि आत्म-नियन्त्रण र त्यागको आबस्यकता पर्दछ !
११४.            केही मानिसहरुको बिकम्मापनका साथै अनेक बाहाना बनाउने बानी कमजोर मानसिकताका परिणाम हुन् !
११५.            आफ्नो अज्ञानताको जानकारी लिएर, त्यसको महशुस गर्दै काममा लगनशील हुनु नै असल शिक्षा हो !
११६.            अल्छी र कमजोर मनस्थितिका मानिसहरु सकेसम्म जोखिमबिनाकै बाटो समाउने गर्छन् !
११७.            हाम्रो मन साहशले परिपूर्ण भएको अबस्थामा मात्र, हामी हरेक काममा सफल हुन सक्ने छौं !
११८.            मानिसको काम र भावनालाई उत्साहित पार्न सक्ने भित्री जाँगर नै ठूलो प्रेरणा हुन जान्छ !
११९.            प्रेरणाको सबै भन्दा ठूलो शत्रु हो आत्मसन्तुष्टी, किनकी प्रेरणा भनेको आगोको झिल्को जस्तै हो ! त्यसमा ईन्धन नथपेको अवस्थामा निभिहाल्छ !
१२०.            जिम्बेवारीको कमीलेगर्दा मानिसलाई प्रेरणा बिमुख बनाईदिन्छ ! प्रेरणा उत्तेजनाबाट आउँछ भने, उत्तेजना चाहीं कामप्रतिको समर्पणबाट !
१२१.            कुनैपनि मानिसकोलागि सबैभन्दा ठूलो प्रेरणा भनेकै आफूभित्रको अटल बिश्वास हो !
१२२.            आत्मसम्मान भनेको, हामी आफू भित्रकै एक प्रकारको अनुभब हो, जसले हामीलाई आन्तरिक शक्ति र प्रेरणा दिन्छ !
१२३.            स्मरण रहोस कि निम्न स्तरको आत्म सम्मनाले व्यक्तिलाई अतिबादी व्यवहारतर्फ धकेल्ने काम गर्छ !
१२४.            नैतिक मूल्य, मान्यता एबं अनुशासन र जिम्बेवारीको प्रतिफलमा नै खुशी बस्नेगर्छ !
१२५.            हामीहरुले के गर्न सक्छौं र के चाहिं सक्दैनौं भन्ने बारेमा शिक्षाले नै सिकाउने काम गर्छ !
१२६.            पहिचान र दृस्टीकोणले नै मानिसको जीवनलाई सार्थक तथा पूर्ण बनाऊन सक्छ !
१२७.            हामी सबै मानवजाति बाहिरी असरबाट नभई, आन्तरिक प्रेरणाबाट अगाडी बढ्न सक्नु पर्छ !
१२८.            धैर्येताले मानिसलाई आत्मविश्वासको साथसाथै, सफलतातर्फ उन्मुख गराउने काम समेत गर्छ !
१२९.            भनिन्छ : प्राय जसो, असल मनसायद्वारा गरिएको शुरुवातको अन्त्य पनि असल नै हुने गर्छ !
१३०.            मानिसको असल ब्यक्तित्वमा उनको / उसको दृष्टिकोण, व्यवहार तथा अभिब्यक्तिको संयोजन हुन्छ !
१३१.            साँचो र असल मित्रता भनेको बास्तवमा बिस्तारै बढ्ने बिरुवा जस्तै हो !
१३२.            हामीले पाएको मानव जीवन, बास्तवमा प्रतिध्वनी जस्तै हो, जे दिइन्छ - त्यहीं पाइन्छ !
१३३.            मानव जातीको अहम् दिमागमा चढेको अवस्थामा, गर्ब चाहिं हृदयमा फैलिन्छ !
१३४.            अहंकार त्यस्तो एउटा भाव हो, जसले मुर्खताको दुखाईमा मलमपट्टीको काम गर्छ !
१३५.            मानबजातिले आफ्नो हितको लागि सोंच्नु सकारात्मक पक्ष्य हो, र यसले पक्कैपनि खुशी ल्याउंने काम गर्छ !
१३६.            मानिसको खुला र खाली दिमागबीच ठूलो अन्तर छ, पहिलो लचिलो हुन्छ भने, दोस्रो चाहिं खाडल !
१३७.            संसार जस्तो छ, हामीहरुले त्यस्तो देख्दैनौं ! बरु हामी जस्ता छौं, संसारलाई त्यस्तै देख्छौं !
१३८.            आपसी विश्वासले सम्बन्धलाई टिकाउने मात्र नभई, बलियो पार्दै लैजानु पर्छ !
१३९.            आपसी सम्बन्ध भनेको बास्तवमा बैंक खाता जस्तै पो रहेछ ! जति जम्मा गर्यो, त्यति नै बढ्ने !
१४०.            जिम्मेबारी त्यस्तो मान्छेतर्फ मात्र आकर्षित भइदिन्छ, जसले त्यसलाई बोक्न सक्छ !
१४१.            हामी मनाव जातिको लागि आज्ञापालन नै असल चरीत्रको प्रस्थान बिन्दु हो !
१४२.            ब्यबहारले देखाउंछ कि समझदार मानिस, विवाद र अप्ठ्यारोमा त्यति सारो पर्दैनन् !
१४३.            अरुसंग बोलिने बोलि नै, हरेक मानिसको पहिलो चिनारी हो !  त्यसैले, सकेसम्म सबैसंग मीठो बोल्ने गरौँ !
१४४.            सोंचेर मात्र बोल्ने गर्नुहोस, बोलेर सोच्ने काम चाहिं पटक्कै नगर्नुहोस !
१४५.            कसैसंग बोल्नुभन्दा पहिले शब्दहरु छान्ने क्रममा अत्यन्त सतर्क हुनु पर्छ !
१४६.            भरसक कसैको पनि कटु आलोचना नगर्नु नै बेश ! तर, गर्नै परे पनि सकारात्मक एवं सुधारात्मक पाराको होस् !
१४७.            कसैले पनि कमजोर मानसिकता लिएर, आफ्नोमात्र बचावट गर्नु राम्रो मानीदैन !
१४८.            आलोचना जस्तै गुनासो पनि सकारात्मक तरीकाले अरु हरु सामु राख्नु सर्बदा बेश  हुन्छ !
१४९.            हृदयदेखि निस्केको मुस्कान मात्र हार्दीक तथा स्वाभाविक हुन्छ, तर लोकाचारको चाहिं खल्लो !
१५०.            असल स्रोता बन्न, कुरा सुन्ने मात्र होइन, त्यसको भावलाई समेत बुझ्नुपर्छ !
१५१.            निकै उदार हृदयको एकमात्र बिश्वसनीय लक्षण हो - खुला कान हुनु !
१५२.            मानिसकोलागि आफ्नो आवश्यकता नभएको महशुस हुनु अत्यन्त पिंडादाएक हुन्छ !
१५३.            जोसुकैबाट किन नहोस, आधार विनाको प्रशंसाले कुनै पनि व्यक्ति कदापी खुशीहुन सक्दैन !
१५४.            मानिसको चाप्लुसी ओंठबाट मात्र निस्किन्छ भने, प्रशंसा चाहिं हृदयदेखि नै !
१५५.            बिबादमा जित हासिल गर्नकोलागि सबैभन्दा उपयुक्त उपाय हो विवादबाट पन्छिनु !
१५६.            विवाद र तर्कमा फरक छ: विवाद भनेको अज्ञानताको लेनदेन मात्र हो, तर्क चाहिं ज्ञानको परिचय नै हो !
१५७.            कुनैपनि अवस्थामा, असहमतिलाई शीष्ट बोलि र व्यवहारमा प्रस्तुत गर्न उपयुक्त ठानिन्छ !
१५८.            बंगुरसंग कुस्ती खेलिंदैन, तर खेलेको खण्डमा तपाईं-हामी पनि बंगुर जस्तै फोहोरी भईन्छ !
१५९.            कुनै पनि विषयमा तर्कगर्दा, आफ्नो कुरा भन्नु अगावै अरुहरुका विचार सुन्न सर्वदा बेश हुन्छ !
१६०.            कसैसंग अरुहरुका कुरा काट्ने मान्छेले, अनुपस्थितिमा उसैको पनि कुराकाट्न सक्छ !
१६१.            कुरौटे स्वभावको मानिसले प्राय: कुरै कुराको माकुरे जालो बुन्न मन पराउंछ !
१६२.            मानिसकोलागि प्रतिबद्धता ठूलो कुरा हो, तर बचनसंगै प्रतिबद्धता जोडिएन भने, त्यस्को कुनै अर्थ हुँदैन !
१६३.            मूल्य र मान्यतासंग गाँसिएका प्रतिबद्धताले नै मानिसलाई नैतिक र बिबेकवान बनाउंछ !
१६४.            दीयो, सुनले वा माटोले बनेको किन नहोस्, ठूलो कुरा होईन ! बरु, दीयोमा हुने बत्तिको उज्यालो महत्वपूर्ण हो !
१६५.            मानवताको नाताले गरिने कुनैपनि सहयोगमा दया वा कृपाको भाव हुँदैन !
१६६.            इर्ष्या र द्वेष लिएर बाँच्नु ठीक छैन, किनकी हाम्रो मानव जीवन निकै नै छोटो छ !
१६७.            कसैलाई माफ गरेको भएतापनि, उसको नाम नबिर्सौं, किनकी बुद्धिमानहरु दोस्रोपटक धोखा खांदैनन् !
१६८.            बोलाई र गराईमा फरक पार्ने मान्छेलाई प्राय : ‘बेइमान’ नै भनिन्छ !
१६९.            कसैलाई जित्न र अगाडी बढ्न खोज्नु स्वाभाविकै हो, तर निष्ठासंग सम्झौता गर्नु उचीत होइन !
१७०.            एकपटक विश्वसनीयता गुमिसकेको मान्छेले सत्य नै बोलेपनि पत्यारिलो हुँदैन !
१७१.            यथार्थपरक बिनम्रताले सबैलाई आकर्षित गर्छ, तर झुटोले भने अलग्याउने मात्र काम गर्छ !
१७२.            विनम्रता र सफलता सधै संगसंगै हिड्ने गर्छन्, यी दुवै मानाबताका स्तम्भ पनि हुन् !
१७३.            उदार भावना भएको मानिसले शुख, सन्तोष र समृद्धिको अनुभूति गर्न सक्दछ !
१७४.            मानिसको व्यवहार र कुशलताले नै हरेक प्रकारका सम्बन्धहरूलाई अटल र दीगो बनाउन सकिन्छ !
१७५.            भनाई नै छ कि मानिसको दया एक प्रकारको भाषा हो, जसले गर्दा बहिराले सुन्न र अन्धाले समेत देख्न सक्छन् !
१७६.            धूर्त ब्यबहारले नभई, शिष्टाचारले मात्र मानिसको क्षमता अगाडी बढाउन सकिन्छ !
१७७.            विनम्रता र शिष्टता सुसंस्क्रितिका चिनारी हुन् ! तर, रुखोपना चाहिं कमजोर मानिसको भ्रमपूर्ण शक्ति हो !
१७८.            रमाइलो गर्न सक्ने क्षमता भएको मानिस आकर्षक मात्र नभई, अरुकालागि पनि रुचिकर हुन्छ !
१७९.            खुलेर हाँस्नुहोस, किनकी मानिसका निमित्त हाँसोलाई प्राकृतिक औषधी नै मानिएको छ !
१८०.            घमण्ड गरी जित्नु भन्दा, ईमान्दार भएर हार्नु अति उत्तम हुन्छ, किनकी घमण्ड खसेपछि उठ्न सक्दैन ! तर, ईमान्दारिता कहिल्लेइ पनि खस्दैन !
१८१.            आफ्नी श्रीमती, भोजन र धन - यी तीन चीजहरुमा सधै सन्तोष मान्नु पर्छ !
१८२.            तपाईं कुन बेलामा सही हुनुहुन्थ्यो, त्यो शायद कसैले याद गर्दैन होला, तर तपाईंबाट कुन बेला गलत भयो, त्यो भने सबैले याद गर्छन् !
१८३.            सिधासाधा बोल्ने व्यक्तिहरु कडा मिजासका त अबस्य हुन्छन्, तर धोखेबाज चाहीं कहिलेई पनि हुँदैनन् !
१८४.            बाबा बिदेसमा, ममी फेसबुकमा, अनि दादा चाहिं डेटिङमा ! म भुन्टेलाई भने सधै छ आफ्नो पिरलो !
१८५.            कटाक्ष र ब्यंग्य कसैकोलागि पनि हितकर हुँदैन ! त्यसैले, त्यस्तो बानीबाट बच्नु ठूलो बुद्धिमानी हुनेछ !
१८६.            जस्तोसुकै चुनौती किन नहोस, त्यससंग गहिरो सोंचविचार र अनुसन्धान गरी सामना गर्नु पर्छ !
१८७.            साहुभनेको मौसमी मित्र जस्तै हो, उसले घाम लाग्दा छाता बोकाउंछ र पानि पर्दा फिर्ता माग्ने गर्छ !
१८८.            आइपर्ने परिस्थितिमा, सही तथा जिम्मेवारीपूर्बक उचित कदम चाल्नुलाई नै लचकता भनिन्छ !
१८९.            सहानुभूतिसमानुभुतीदुवै शब्दको उत्तिकै महत्व छ, तर पनि दोश्रो चाहिंको अझ बिशेस महत्व हुन्छ !
१९०.            जीवनमा सामान्य अभ्यासले पूर्णता नदिन पनि सक्ला, तर पूर्ण अभ्यासबाट भने चाहेको पूर्णता पक्कै पाइन्छ !
१९१.            प्रतिकूलतामा साहश, लोभमा आत्मसंयम, अनि कष्टमा धैर्येताको आबस्यकता पर्छ !
१९२.            उत्प्रेरणाले मानिसलाई ठीक बाटोमा ल्याउँछ र आत्मबलले त्यसलाई स्वचालित बनाउन सक्छ !
१९३.            मानव जीवनको चौबाटोमा हिड्ने क्रममा, प्रतिकूलतामा साहश, लोभमा आत्मसंयम र कस्टमा धैर्येता चाहिन्छ !
१९४.            आफ्नो जीवनलाई सफल तथा मुल्यवान बनाउनको लागि हामीले सकारात्मक सोंच राख्नै पर्छ !
१९५.            अठोटका साथमा असल बानीहरु अपनाउन नसकेको खण्डमा, खराब तत्व आएर आफै बसि सक्नेछन् !
१९६.            हामीलाई असल बानी बसाल्न र अंगाल्न निकै नै गाह्रो हुन्छ, तर ती संगसंगै बाँच्न भने निकै सजिलो हुन्छ !
१९७.            हाम्रा चेतनशील र अर्ध-चेतनशील मनलाई गाडी र चालकसँग क्रमश तुलना गर्न सकिन्छ !
१९८.            कतिपय असल ठानिएका मानिसहरु समेत, अनुशासनमा रहेर कडा मेहनत गर्न चाहंदैनन् !
१९९.            बास्तवमा, एक टन् सिद्धान्त भन्दा औन्स भरको काम नै बढी मूल्यवान हुन्छ ! [एंगेल्स]
२००.            कुनै पनि कामको लक्ष्य स्पष्ट भएको अबस्थामा, ज्ञानले मानिसलाई त्यहाँ सम्म पुग्न पक्कै सहयोग गर्छ !
२०१.            केवल ईच्छाले मात्र मानिसका सपनाहरु साकार हुँदैनन्, तिनलाई साकार पार्न त लगनशीलता र धैर्येता नै चाहिन्छ !
२०२.            कोशिश नै नगरी सफल हुनुभन्दा, गर्न खोज्दा खोज्दै असफल हुने मानिसहरु असल मानिन्छन् !
२०३.            घर परिवारसंग बिताईने समय परिणात्मक नभई गुणात्मक हुनु पर्छ !
२०४.            सामान्यतया, कार्य बिनाका लक्षहरु सपना मात्र हुन्छन् भने, कार्यले मात्र मूर्तरुप दिन सक्छ !
२०५.            लक्ष्यले नै मानवजीवनलाई अर्थपूर्ण बनाउँछ, जुन सफलताको प्रस्थान बिन्दु पनि हो !
२०६.            मानिसको सबैभन्दा असल मित्र हो ऐना (Mirror), किनकी ऊ/ऊनी रुँदा, त्यो कहिल्लई हाँस्दैन, र त्यसै गरी ऊ/ऊनी हाँस्दा ऊ कहिल्लेई रुँदैन !
२०७.            बर्तमान अवस्थामा, बिगतको राम्रो कामलाई दोषदिनु उचित हुँदैन, बरु भविश्यको बाटो तयगर्न बेश हुन्छ !
२०८.            प्रकृति बास्तवमा अचम्भको छ : बच्चाको जन्महुँदा सबैजना खुशीहुने, अनि बच्चा मात्र रुनेहुन्छ ! तर, मर्दाभने त्यसको ठीक बिपरित हुनेगर्छ !
२०९.            कुनै व्यक्तिबाट राम्रो काम गरिएको भएमा, ऊनी भौतिक रूपमा मरिसके पनि ऊनको जीवन अमर हुन्छ !
२१०.            गान्धीका अनुसार, महापाप भनेका हुन् - परिश्रम बिनाको धन, चरीत्र विनाको ज्ञान, नैतिकता बिनाको ब्यवशाय, त्याग विनाको धर्म र सिद्धान्त विनाको राजनीति !
२११.            लगातारको भेटघाटले मनै नपरेको मानिस पनि राम्रै भएको महशुस हुन्छ र पछी पछी, मन पर्न थाल्छ !
२१२.            मानव जीवनको सबैभन्दा दुर्भाग्य पक्ष भनेकै हामीले आर्जन विनाको धन सम्पत्ति चाहनु हो !
२१३.            संसारको सबैभन्दा सुन्दर बस्तुलाई न हामीले देख्न सकिन्छ, न त छुन नै ! त्यस्ता बस्तुलाई त केवल मनले मात्र महशुस गर्न सकिन्छ !
२१४.            कडा परिश्रमले मात्र हामीलाई धनको मूल्य र महत्व सिकाउंछ ! यो कुरा हाम्रा सन्ततिहरुलाई पनि सिकाउनु जरूरी हुन्छ !
२१५.            समाजमा शान्ति स्थापनागर्ने काम, शक्तिले नभई समझदारीले मात्र सकिन्छ !   [Albert Einstain]
शान्ति आफै भित्रबाट प्राप्त हुन्छ, यसलाई बाहिर खोजिरहनु पर्ने जरुरी छैन ! [Mother Teressa]
२१६.            कहिलेकाहीं समयले पत्थरलाई माटो बनाउँछ र माटोलाई पत्थर पनि !
२१७.            समय र आफ्नो सथिकोलागि पैसा तिर्नु पर्दैन, किनकी यसको कुनै मूल्य छैन ! तर, साथी र समय जस्तो मूल्यवान पनि अर्को केही हुँदैन !
२१८.            सही मानिसले, सही स्थान पाएको खण्डमा मात्र, राम्रो काम गरेर देखाउन सक्छ !
२१९.            धनले किताब किन्न सकिएला, तर ज्ञान किन्न सकिंदैन ! त्यस्तै, खानेकुरा किन्न सकिएला, तर भोकलाई किन्न किमार्थ सकिदैन !
२२०.            सन्तुष्टि विनाको सफलता अर्थहीन हुन्छ ! त्यसैगरी, धन, शिछ्या र इज्जत भएपनि जीवन खोक्रो हुन्छ !
२२१.            मानव सम्बन्धको मूल सिद्धान्त भनेको मतलब, एकले अर्कोमा भरपर्नु नै हो !
२२२.            प्रतिबद्धताको अर्थ विकल्पहुँदाहुँदै पनि कुनै काममा लागिराख्ने भन्ने हो !
२२३.            प्रतिबद्धताको कमिले गर्दा नै सम्बन्धलाई असुरक्षा तर्फ उन्मूख बनाउँछ !
२२४.            प्रतिबद्धताको सिद्धान्तमा अडिक हुन सक्ने व्यक्तिहरुले नै बलिष्ठ र स्वस्थ समाजको निर्माण गर्न सक्छन !
२२५.            हतियारले लाग्ने चोट केही दिनमा नै निको हुन सक्ला, तर जीब्रोले लागेको चोट भने कहिल्लेई निको नहुन पनि सक्छ !
२२६.            भनाई नै छ कि समयले पत्थरलाई माटो बनाउँछ र माटोलाई पत्थर पनि !
२२७.            ठूलै भार पो हुँदो रहेछ जीवनको आशा मरेपछि, पिंडाको अर्थ बुझिने रहेछ मात्र आफैलाई चोट परेपछि !
२२८.            जीवनलाई अर्थपूर्ण बनाउनको निम्ति, उद्ध्यस्यको तय गर्नु पर्छ, र त्यसको प्राप्तिको लागि संघर्ष आबस्यक हुन्छ !
२२९.            जति जति विज्ञानको अध्ययन गरिन्छ, त्यति त्यति आघ्यात्म तर्फ नजिगीदै पनि गईन्छ !
२३०.            खेलमा बेईमानि गरेर जित्नु भन्दा त बरु सम्मान पूर्बक हार्नु नै श्रेयस्कर हुन्छ !
२३१.            आफ्नो छोटो जीवनमा, केही न केही उल्लेखनीय काम छोडेर जाने मानिसहरु नै महान हुन्छन् !
२३२.            शिक्षाको ज्योती एकबाट अर्कोमा नसारेको भए, ज्ञान भन्ने जे हो, त्यो नै उतिबेलै मरि सक्थ्यो !
२३३.            पुरानाजति सबै मान्छे बेकम्मा र नयाँ चाहीं सबै महान हुन् भन्ने सोंच राख्नु ठीक होईन !
२३४.            आफ्नो नैतिक मूल्य र मान्यताको धरातल गुमाएर बाँचेको समाज विनाशको बाटोमा पुग्छ !
२३५.            वर्तमानका हाम्रा कठिनाइहरु केवल भौतिक र सांसारीक बस्तुहरु संग मात्र सम्बन्धित छन् !
२३६.            कुनैपनि व्यक्ति तब मात्र असल बन्न सक्छ, जब ऊ बास्तबमै असल काममा प्रवृत्त हुन्छ !
२३७.            मानिसमा हुने असलपनाको परिचय पाउनको निम्ति, त्यसको मापक र स्तरलाई बुझ्न अत्याबस्यक हुन्छ !
२३८.            मानिसको नैतिकतालाई नै प्रभाब पार्ने तत्वहरु हुन् : लोभ, डर र दबाब !
२३९.            नैतिकताको बेवास्ता र कानुनी आचरण बिरुद्धको ब्यबहारमा दुवैको परिणाम लगभग उस्तै हुन्छ !
२४०.            हामीहरुले रमाइलो गर्ने स्वभाब र स्वाभिमानीपन लिन सकियो भने मात्र जीवनमा सन्तुष्टी र आनन्द मिल्छ !
२४१.            बिजेताहरुले पनि खासै कुनै फरक काम गर्दैनन् , तर उनीहरुले हरेक काम फरक ढंगले गर्छन् !
२४२.            पहाडमा जाडो बढ्दा तराईले सेक्नुपर्छ, तराइमा आँधी आउँदा पहाडले छेक्नु पर्छ !
२४३.            कुखुरीले चीलसंग बिहे गरिछे ! हामी मरेका थियौं र तैंले चीलसंग बिबाह गरिस् ? ’’ सोधेछ भालेले ! ‘’त्यस्तो होईन, बुवा आमाले ज्वाईं पाईलट नै हुनुपर्छ भनेर जिद्धी गर्नु भएकोले हो ! ‘’
२४४.            जागृत अवस्थामा देखिने सपना भन्दा, निदाएको अवस्थामा देखिने सपनाहरु  तुलनात्मक रूपले फरक हुन्छन !
२४५.            कसैलाई बचन दिनुअघि, धेरैपटक सोंच्नुहोस, किनकी सोंच्नको लागि शुल्क लाग्दैन, अनि दिएपछि फिर्ता गर्नपनि मिल्दैन !
२४६.            दुख भोग्ने मानिस त भोलि खुशी हुन सक्छ, तर दुख दिने मानिस भने कहिल्येइ पनि खुशीहुन सक्दैन !
२४७.            धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरि घरि ! तर, जन्म दिने आमा भने पाइंदैन कसैगरी !
२४८.            ढुकुर जस्तो होईन हजुर, कुकुर जस्तो बनौं ! देशलाई बन्दी बनाउनेलाई नछाडिने भनौं !
२४९.            सूर्यमा सुगन्ध होइन, न्यानो खोज्ने हो ! फूलमा न्यानो होईन, सुगन्ध खोज्ने हो ! नदीमा स्थिरता होइन, गती खोज्ने हो ! मान्छेमा रूप मात्र होईन, मति खोज्ने हो !
२५०.            आफ्नो बुबालाई एकदिन फलफूल दिएर मुख हेर्ने मात्र होईन, वहाँलाई त सधै भरी मायाँ दिएर सम्मान गरौँ !
२५१.            चेसको खेलमा नियमहरु निश्चित हुन्छन, तर परिणाम चाहीं अप्रत्यासित हुन्छ ! तर, राजनीतिमा एसको ठीक उल्टो हुन्छ !
२५२.            उचाइमा पुगेको भन्ठानेर उड्ने कोशिस नगरौं, किनकी हामीसंग पखेटा छैनन् ! हामी त आफ्नै धरातलमा छौं, उचाइमा त हाम्रो नाम र प्रतिश्ठा मात्र पुग्ने हो !
२५३.            हरेक शब्दमा अर्थ हुन्छ, हरेक अर्थमा भाव हुन्छ ! कोही हाँसेको देख्दैमा, ऊ खुशी वा सुखी नहुन पनि सक्छ !
२५४.            कसैलाई बचन दिनुअघि धेरैपटक सोच्नुहोस, किनकी सोच्नको लागि शुल्क लाग्दैन, अनि दिएपछि फिर्ता गर्न पनि मिल्दैन !
२५५.            आजको दिनमा देशभित्र ब्याप्त अस्थिरता र अनिश्चितताले नेपाललाई कतातिर लैजाने हो, थाहा छैन !
२५६.            मानिसलाई रीस उठ्ने कारण हो : मस्तिष्क भित्रको रासायनिक असन्तुलन ! रीस उठेपछि देखि १०० वा २०० सम्म गन्ति गर्ने र त्यसपछि मात्र जबाफ दिंदा त्यो रीस मरिसक्ने छ !
२५७.            बास्तबिकता स्वीकार गर्दा पनि रीस आफै नियन्त्रित् हुन्छ ! त्यस्तै योग, ब्यायाम आदिको नियमित अभ्यासले पनि रीसको प्रबन्धन गर्न सकिन्छ !
२५८.            सजिवनको फूल,  त्यस्का पात, फल लगायत सबै थोक उपयोगी मानिन्छन् ! त्यसको कुनै पनि रूपमा सेवनगर्दा, थुप्रै रोगहरु बाट मुक्ति पाइन्छ !
२५९.            घामपछी छाँया र दिनपछि रात परे जस्तै, दुखपछी पनि जीवनमा शुखका दिनहरु पक्कै पनि आउँछन् !
२६०.            साहशीहरु आफ्नो जीवन आफ्नै खुट्टाको भरमा तय गर्छन्, अरुको काँधमा चढेर गर्नेहरुको यात्रा त शबयात्रा सरहको हुन्छ !
२६१.            कृतघ्न मानिसले निक्रिस्ट ब्यबहार गरेतापनि, राम्रो शिक्षा दिएको खण्डमा गुरु समानको व्यवहार हुन्छ !
२६२.            आज हाम्रो देशभित्र ब्याप्त राजनीतिक अस्थिरता र अनिश्चितताले नेपाललाई कतातिर लैजाने हो, कसैलाई पनि थाहा छैन !
२६३.            मानव जातिको अनुभब तथा क्रियाकलाप जति हुन्छन्, ती सबै तीन तहमा प्रकट हुन्छन् : शरीर, बोली र मस्तिष्क !
२६४.            स्मार्टफोन एडीक्सन्लाई अब मानसिक रोगकै नाम दिएर गम्भीर रूपमा हेरिनु पर्ने जरुरी छ ! 
२६५.            लण्डनमा ७५०० रातो रङ्गका ठूला बसहरुले एकै दिनमा साठी लाख भन्दा बढी यात्रु ओसार्छन् !
२६६.            केही लेख्छन् , अनि केर्छन् , फेरी लेख्छन् र फेरी केर्छन्, बिचरा भूपी शेरचन !
२६७.            जीवनमा मानिसले घर बदल्छ, सम्बन्ध बदल्छ, धर्म बदल्छ र पनि ऊ खुशी हुँदैन, किनकी उस्ले आफ्नो स्वभाब बदल्न बिर्सिन्छ !
२६८.            जिना सरल है, प्यार करना सरल है, जितना और हारना भी सरल है ! तो फीर कठिन क्या है ? ‘सरलहोना ही बहुत कठिन है !
२६९.            मानिसले घर बदल्छ, सम्बन्ध बदल्छ, कपडा बदल्छ र पनि ऊ खुशी हुँदैन, किन? किनकी उसले आफ्न स्वभाब बदल्न बिर्सिन्छ !
२७०.            हाम्रा पुर्खाले भन्ने गर्थे : एक छाक खाने - योगी ; दुइ छाक खाने - भोगी ; तीन छाक खाने - रोगी ; मागेर खाने - जोगी ; लुकाएर खाने लोभी ; बाँडेर खाने - साथी ; अनि कमाएर खाने चाहीं - सबै भन्दा जाती !
२७१.            मूर्ख मान्छेले झगडा गर्छ र बन्न लागेको काम पनि बिगार्छ, तर बुद्धिवानले सल्लाह गर्छ र बिग्रन लागेको काम पनि सपार्छ !
२७२.            मानिसको जीवनमा केवल पाँच तत्वहरुको खेल छ ! ती हुन् : पृथ्बी, जल, बायु, अग्नी र आकाश !
२७३.            बाहिरी तीर्थयात्राबाट होइन, भित्री तीर्थमा स्नान गरेर ध्यानमा डुबुल्की लगाए जीवनमा क्रान्ति शुरु हुन्छ !
२७४.            शरीर आफैमा एउटा संसार हो ! विज्ञानले समेत आजसम्म शरीरको रहस्य पत्ता लगाउन सकेको छैन !
२७५.            पर्खी बसें आउला भनी मेरो उठ्ने पालो … … कुर्दा कुर्दै जिन्दगी नै भैगएछ कालो … … ” - स्व. नारायणगोपाल गुरुवाचार्य !
२७६.            नारायणगोपाल सेन्स अफ् ह्युमरले भरिपूर्ण र चित्त नबुझेको कुरा त्यागिहाल्ने स्वभाबका थिए!
२७७.            मान्छेको सफलताको पछाडी ऊसको अनबरत मेहेनत, लगाव र धैर्यताले काम गरेको हुन्छ !
२७८.            डाइनिंग र वाइनिंग कूटनीतिको एउटा पाटो भएपनि त्यसलाई बाहिर छचल्काऊन जरुरी हुँदैन !
२७९.            नेपालकै पहिलो महिला राजदूत विन्देश्वरी शाहको भनाई अनुसार, पररास्ट्र सेवामा ३३ वर्ष (२०१५ देखि २०४८ सम्म) काम गर्दा, एकजना पनि महिला साथी बनाउन पाईनछन् !
२८०.            मानिसमा ज्ञान मात्र भएर पुग्दैन, अनुभब पनि महत्वपूर्ण हुन्छ, अनि मात्र ऊसको व्यक्तित्व झल्किन्छ !
२८१.            हिंजोआज पररास्ट्र मात्र नभई, समग्र निजामती सेवाप्रति महिलाको आकर्षण बढ्ने क्रममा देखिन्छ !
२८२.            विश्वमा बर्सेनी पाँच अर्बभन्दा बढी पिस पिज्जा बिक्रिहुने फूड सम्बन्धी वेबसाईटहरुमा दाबी गरेको पाईन्छ !
२८३.            तथ्यांक अनुसार, फेसबूकमा प्रतिदिन एक सय मिलियन् घण्टा बराबरको भिडियोहरु हेरिन्छ !
२८४.            संसारकै सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया: फेसबुकलाई सबैभन्दा ठूलो बजार हुन सक्छ चीन !
२८५.            १७० बर्ष पहिले नेपालमा भएको कोतपर्बको इतिहास अनुसार, त्यसले बर्षदेखी ब्याप्त राजनितीक अन्योल र अनिश्चितताको अन्त्य गर्यो !
२८६.            चिनियाँहरुको बुझाइमा शाकाहारी भनेको मासुका स-साना टुक्रा र झोल खाने, तर ठूला चोक्टा नखाने भन्ने हो!
२८७.            लेखन आफैमा स्वतन्त्र कर्म हो, जस्को प्राधिकार न त घर छोडेर हिंड्नेहरुसंग मात्र हुन्छ, न त चुलाचौका सम्हालेर बस्नेहरुसंग हुन्छ !
२८८.            कहिलेकाहीं लामो यात्रा गर्दा आनन्द आउँछ, जसले एक तमासको दैनिकीबाट ताजापन ल्याउँछ र साथसाथै सम्बन्धित ठाउंको समाज र संकृतिसंग परिचीत समेत गराउँछ !
२८९.            योगगुरु स्वामी रामदेवले अखण्ड नेपाललाई समृद्द बनाउने प्रशस्त सम्भावना भएको बताएका छन् ! ऊन्ले नेपालमा बिश्वबिध्यालय र प्राज्ञिक अनुसन्धान केन्द्र स्थापनाको समेत सपना देखेको पनि बताए !
२९०.            काठमाडौँ आएको समयमा रामदेवले नेपाली बिध्यार्थिहरुसंगको अन्तरक्रियामा भनेका छन्: जीवनमा सफल व्यक्ति बन्नको निम्ति इमान्दारीकासाथ मेहनत गर्नु पर्नेछ!
२९१.            प्रश्न उठ्छ : आखिर नेपालले कोतपर्बबाट पायो के? यस्को स्पष्ट उत्तर हुन्छ - एक शताब्दीको तानाशाही राणा शासन बर्षको राजनितीक अस्थिरता भन्दा दशौँ गुना हानिकारक सिद्ध भयो !
२९२.            एकातिर तारादेवीको फूलको थुंगा बगेर गयो ’ … …  अनि अर्को तर्फ मीरा राणाको यो मात चढेको साँझ … …
२९३.            बिक्रम सम्बत २०७३ को १५ अशोजमा, ५२ बर्ष भएछ मिरा राणाले संगीत क्षेत्रमा योगदान गरेको ! अझै पनि प्रत्यकदिन घण्टा रियाज गर्छिन रे हार्मोनियममा !
२९४.            मीरा राणाको बिक्रम सम्बत २००८ सालमा काठमाडौँ, कमलपोखरीमा जन्म भएको थियो ! अहिले पनि उस्तै छ उनको स्वरको जवानी !
२९५.            हिमालयको काखमा बस्ने ऋषि पतंजलिले शुरु गरेको योग र त्यसका माध्यमले गर्दा, विश्वका सबै धर्म र जातिका मानिसले गर्ने साधना भएको छ !
२९६.            ५० घण्टा र १५ मिनेट निरन्तर योग गरेर, काभ्रेमा जन्मेका नेपाली युवा उत्तम मोक्तान तामांगले गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ! नेपाल संस्कृत बिश्वबिध्यालयको बाल्मिकी बिध्यापीठमा उनले २०७२ मा लगातार ५० घण्टा र १५ मिनेट योगका विभिन्न आसन गरेका थिए
२९७.            सामान्य व्यक्ति घाममा बस्दा, प्रकाशको तीब्रता अनुसार आँखाको पुतलीले आफ्नो आकार परिवर्तन गर्दछ !
२९८.            सुन्तलाको रसले हामीलाई स्वस्थ राख्न मात्र सघाउने होइन, बृद्ध मानिसको स्मरणशक्तिमा सूधार ल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने समेत गर्दछ !
२९९.            सुन्तलाको रस फ्लेबोनाईडसको महत्वपूर्ण स्रोत हो ! विभिन्न अध्ययनका अनुसार, फ्लेबोनाईडस मानिसको स्मरण शक्तिमा सूधार ल्याउन सहयक हुने गर्दछ ! परावैजनी किरणगसंगको सम्पर्कको कारणले भविष्यमा मोतिबिन्दु हुन सक्छ, त्यसबाट बचाऊँनको लागि सनग्लास लगाउनु पर्दछ !
३००.            लामो समयसम्म घाँटीको ग्रन्थी सुन्निनु लिम्फोनिया हुने खतराको संकेत हो, र लिम्फोनिया एक प्रकारको क्यान्सर पनि हो !
३०१.            भिटामिन डीको खुराकबाट शल्य वा विकिरण चिकित्साबिना नै लो ग्रेडको प्रोस्टेट टीउमरलाई कम वा समाप्त नै पार्न सकिन्छ !
३०२.            छिमेकमा मर्दा-पर्दा, सधै सबैलाई मद्दत गर्नु पर्दछ ! तर, बिनाकारणको झगडामा भने बाहिरै बसेको बेश हुन्छ !
३०३.            सत्याग्रहिको कार्यक्रममा हत्याग्रहिले बोल्न थालेपछि, श्रद्धापूर्बक पुगेको मान्छे छिछि र दुरदुरगर्दै फर्किनु पर्यो !
३०४.            मनमा रीस पालिरहनु भनेको अर्कामाथि फ्याँक्ने उद्द्यस्यले आगोको कोइला हातमा लिनु जस्तै हो ! - गौतम बुद्ध
३०५.            अरुबाट पाईने गहिरो मायाले तिमीलाई अपार शक्ति दिन्छ भने, अरुलाई गरिने गहीरो मायाले साहस दिन्छ !
३०६.            क्रान्ति गुलाबको फुलको बिछौना होइन, क्रान्ति त विगत र भबिष्य बीचको संघर्ष पो हो ! [फिक]
३०७.            जीवनमा निरन्तरको परिश्रमबाट कहिल्यै बिमुख हुनुहुँदैन, जस्को फलस्वरूप अबस्य पनि सफलता मिल्नेछ !
३०८.            आजको पुस्ताले संस्कृत र अंग्रेजी दुवै भाषाको शिक्षा लिनसकेमा सुनमा सुगन्ध थपिन्छ ! अब हामीले पूर्वीय तथा पश्चिमी ज्ञान - विज्ञानलाई समायोजन गरेर जान सक्नु पर्दछ !
३०९.            नयाँ शक्ति नेपालनामक पार्टीको सदस्यता लिएकी करिश्मा मानन्धरले सन्तानचलचित्रबाट कलाकारिता शुरु गरेकी हुन! ऊनी भन्छिन् : अनकन्टार ठाउँमा लगेर छाडेपनि म गरीखान सक्छु !
३१०.            हामी गर्ब गर्छौं कि हाम्रो मुलुक नेपालकै पहिलो महिला राजदूत हुन् : श्रीमती विन्देश्वरी शाह !
३११.            अमेरिकीहरु अक्टोबर महीनालाई नेशनल पिज्जा मन्थको रूपमा मान्दा रहेछन !
३१२.            विश्वमा सन् १९८० देखि हालसम्म (२०१६) मा ४२ करोड २० लाख बयस्क व्यक्तिहरु मधुमेह रोगबाट प्रभावित भएको विश्व स्वास्थ्य संगठनले सार्बजनिक गरेको छ ! नेपालमा करिब २५ लाख जनसंख्या प्रभावित भएको आँकलन छ !
३१३.            घर, परिवार, शरीर, इन्द्रिय, प्राण, मन तथा बुद्धिमा रहेको आसक्ति सबै ज्ञान भएपछि नाश हुन्छ ! तर, आत्मा भने कहिल्लेइ नाश हुँदैन !
३१४.            आत्मा त सम्पूर्ण घटनाको आधार हो ! यसलाई संसारले ठूलो वा सानो पार्न सक्दैन, त्यस्तै राम्रो वा नराम्रो पर्न पनि सक्दैन ! त्यो त जताततै टमाटम भरिएर रहेको अवस्थामा छ !
३१५.            आजको यो संसारमा बिबेक जगाएर बस्न सके मात्र शुख पाइएला, तर अविवेकी भए सधै दुख मात्र हुनेछ !
३१६.            आत्मचिन्तन गरेको अबस्थामा दुख कहिल्लेई हुँदैन, अनि बिषय चिन्तन गर्दा शुख कहिल्लेई हुँदैन !
३१७.            हजारौं गुराँसका फूलहरुमध्य एक-दुई वटा मात्र भगवानको शिरमा पुग्लान्, अरु सबै बिलाएर जान्छन !
३१८.            जरामुनी जतिसुकै मलिलो माटो, प्रांगारिक तथा रासायनिक मल थुपारे पनि हामीहरुले खोज्ने अन्न हो !
३१९.            प्रजातन्त्र भन्नाले जनतालाई खुल्ला रूपमा सोच्न,काम गर्न र सार्थकता खोज्नदिने परिपाटी हो !
३२०.            कुनै पनि चित्रमा लगानी गर्नु भानेको जग्गा जमिनको खेलो गरेजस्तै हो, जति पुरानो ऊति अमूल्य हुने !
३२१.            आफुले आफैलाई शान्त बनाउन नसकिएको अबस्थमा बाहिरी दुनियाँमा शान्ति भेट्न अत्यन्त मुश्किल पर्दछ !
३२२.            म्याक्सिम गोर्कीका पिता निकै क्रोधी थिए, गोर्किले पढ्न चाहेपनि पिताले दिएनछन् !
त्यसपछि ऊनले कवाडी पसलमा नोकरी गरेर सिक्दै गएपछि आमानामको पुस्तक समेत लेखे, जुन संसारकै सर्बश्रेष्ठ पुस्तक मध्ये एक हुन गयो !
३२३.            ‘भोलिको लागि राम्रो कामको तैयारी गर्नु भन्नु’ नै आजको दिनमा राम्रो काम गरेर देखाउनु हो !
३२४.            भनिन्छ : लोकतन्त्र आयो, गणतन्त्र आयो, अनि प्रजातन्त्र पनि आयो ! तर, त्यो कहाँ आयो र कहाँ छ, केही थाहा छैन जनतालाई ! त्यसकारणले गर्दा तन्त्रशब्दले नेपाली जनतालाई खासै सेवा मिलेको जस्तो लाग्दैन !
३२५.            हाम्रा बालबालिका भोलिका देशका कर्णधार हुनुपर्नेमा, आज तिनीहरुमध्ये कतिपय पढ्नबाट बन्चित छन् ! यसप्रति राज्यको ध्यानजान अत्यन्त जरूरी छ !
३२६.            यातायात र स्वास्थ्य सुबिधा हरेक मानिसलाई नभई नहुने कुरा भएको कारणले गर्दा, नेपालको हरेक कुना-कुनासम्म पुर्याउन पर्नेमा त्यसो हुन सकेको छैन, बास्तवमा यो ठूलो बिडम्बना हो !
३२७.            नेपालका प्रशिद्ध अनुबादक खगेन्द्र संग्रौलाको नाम लिईसक्नु छैन ! एउटा झुण्ड उनको नाममा आफ्नो ज्यान दिन तयार हुन्छ, अर्को ज्यान लिन तयार ! सत्तरी वर्षका यिनै संग्रौला हुन् : झर्रो स्तम्भकार, खरो निबन्धकार, सुरिलो भाषणबाज, लाइसेन्स नछेडीएको प्रतिबद्ध मापसे !
यिनै संग्रौलाले अंग्रेजी भाषाका तीन दर्जन पुस्तकहरुको नेपाली अनुबाद समेत गरेका छन् ! ऊनी भन्छन् : मौलिक सिर्जनाभन्दा कठीन काम हो अनुबाद ! तर, कतिपय प्रकाशकका लागि यो ठगवृत्तिको माध्यम भएको छ !
३२८.            अनुबादको प्राणपखेरु जोगाउन अब सिर्जनशील लेखक नै यस क्षेत्रमा आउनुपर्ने विचार छ उनै संग्रौलाको ! अनुबादकलाई ऊनी हल्कारा मान्छन्, हल्कारा - देश, संस्कृति र सभ्यतालाई अर्को भूगोल र सभ्यतासम्म पुर्याउने !
३२९.            आणबिक बम मानिसले बनाएको अहिलेसम्मकै खराब काम हो, जो प्रजातन्त्र बिरोधी, राष्ट्र बिरोधी र मानबता बिरोधी छ !
३३०.            अनौपचारीक तथ्यहरुका अनुसार, एक सामान्य मानिसले सामाजिक संजाल दिनमा धेरै पटक खोल्छ ! दैनिक कार्य बाहेक मानिसले दोस्रो धेरै समय सामाजिक संजालमा नै बिताउँछ !
३३१.            भनाई छ: खराब काम अर्थात् पापकर्मको प्रतिफल केही त जिउँदो छदै भोगिएला, तर मूल प्रतिफल भने मरेर गएपछि भोग्नु पर्नेछ !
३३२.            भनाई छ: व्यक्ति मरेर गएपनि उसको सम्झना मर्दैन ! हिन्दु धर्म अनुसार मान्छेको शरीरको मृत्यु त हुन्छ, तर उसको आत्माचाहिं मर्दैन भन्ने बिश्वास छ !
३३३.            सपना भन्नाले कुनै व्यक्तिले जे अनुभब गरेको छ, तिनै घटना र दृश्यहरु सांकेतिक रूपमा वा अतिरन्जित भएर प्रकट हुने प्रक्रिया हो !
३३४.            एक सामान्य मानिसले सामाजिक संजाल दिनमा धेरै पटक खोल्ने गर्छ, र दैनिक कार्य बाहेक उसले अन्य समय त्यसमा नै बिताउने गर्छ !
३३५.            कबि भुपिशेर्चनको यहाँ के छैन र ? सबथोक छ, असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ ! केवल हर्ष छैन, त्यसमाथि रोक छ !
३३६.            प्रख्यात बलिऊड अभिनेता दिलीपकुमारको जन्मदिन ई.स. २०१६ दिसेम्बेर ११ मा पर्दो रहेछ !
३३७.            मानिसले ठीक बाटो समाएको खण्डमा, गन्तव्यमा अबस्य पनि पुग्न सकिन्छ !
३३८.            नेपालका प्रख्यात ब्यबशायी अजय सुमार्गीको जन्मठाउं मकवानपुर रहेछ, र ऊनका खाँट्टी गुरु रहेछन रूपचन्द्र बिष्ट थाहा’ !
३३९.            कुनैपनि बस्तु रागपूर्बक समाउँदा दुखपी हुनसक्ला, तर त्यागपूर्बक समाउँदा भने पक्कै शुख हुन्छ !
३४०.            मानिसलाई आफ्नो तीब्र ईच्छाको गतीमा बाधा भए, ऊसको मनमा क्रोध उत्पन्न हुन्छ, जस्ले गर्दा बुद्धि नष्ट हुनको साथसाथै उसको पतन भई भयङ्कर दुख पाउँछ !
३४१.            सगरमाथा र त्यस वरपरको हिम्शृंखला हेर्दा, सेतो कमल फिजिएजस्तै लाग्छ भने  नेपाली मठमन्दिर, कला, संस्कृति र मानिसहरु हेर्दा, रातो कमल फक्रिए जस्तै लाग्छ !
३४२.            हामी नेपालीहरु प्राय: फिल्ममा पहिलो प्राथमिकता मनोरंजन्लाई दिने गर्छौं ! तर, बिदेशमा चाहीं फिल्मभित्र के छ त, भनेर हेर्दा रहेछन् !
३४३.            कुनै पनि बन्धनको अर्थ दुख हो भने, मोक्षको अर्थचाहीं शुख र शान्ति हो !
३४४.            यो संसारमा कुनै पनि कार्य पूरागर्न निकै गाह्रो हुनसक्छ र कुनै पनि बस्तुको प्राप्तिबाट तृप्त हुन पनि सकिदैन !
३४५.            आफ्नो बुद्धि र बिबेकले कमाएको धनलाई शुद्ध तरीकाले शुद्ध कर्ममा लगाउने प्रयास गर्नु पर्छ !
३४६.            ज्ञानी मानिसहरुले सम्पूर्ण जगतलाई नै स्वर्ग देख्छन् र त्यस्तालाई कहिल्लेई दुख पनि हुँदैन !
३४७.            सुनको हत्कडी भनेको धर्मबाट स्वर्ग पुग्नु हो, फलामको हत्कडी भनेको अधर्मबाट नर्क पुग्नु हो !
३४८.            दुख-सुख भन्दा टाढा रहने आमाको अमरता सन्तानहरुसंग बाच्छ र उनिहरुसंग नै मर्छ !
३४९.            हरेक राम्रो बस्तुको पछाडी नराम्रो बस्तु लागिरहेको हुन्छ ! जस्तै, जन्मलाई मरणले लखेटिरहन्छ !
३५०.            मानव शरीर भनेको एक प्रकारको घर हो, मन कोठा हो र हृदय भित्री कोठा हो, जहाँ आत्मा रहन्छ ! आत्माको स्वस्थता परमात्माको ध्यान र चिन्तनले मात्र हुन्छ !
३५१.            हजारौं गुराँसका फूलहरुमध्ये एक-दुईवटा मात्र भगवानको शिरमा पुग्छन्, अरु सबै बिलाएर जान्छन् !
३५२.            जमिनको जरामुनी जतिसुकै मलिलो माटो, प्रांगारिक तथा रासायनिक मल थुपारे पनि, जनताले खोज्ने चाहीं फल हो, मल होइन ! अनि, फल भनेको पद, पैसा र प्रतिष्ठा हो !
३५३.            ‘चुनावमा बल्छी थाप्ने हो, माछा परे खाने हो, नत्र घाम ताप्ने हो’ भन्ने पाराले पार्टी खोलियोभने जुन साधु आएपनि दाह्रीवाल रहेछ, भनेर बुझ्नुपर्ला !
३५४.            मनोचिकित्सकहरुका भनाई अनुसार, मानव स्वास्थ्यको लागि शान्त र अँध्यारो कोठामा देखि घण्टा सम्म निदाउन उत्तम हुन्छ !
३५५.            अनिद्रा अर्थात् इन्सोम्निया मानसिक रोगको प्रमूख कारण हो, जसलाई लक्ष्यण पनि भनिन्छ !
३५६.            नेपाल - भारत सम्बन्धमा देखापरेको टकराव द्विपक्षीय मामिला सम्बन्धी नभएर, नेपालकै आन्तरिक मामिलासंग सम्बन्धित छ !
३५७.            कूटनीतिमा कुनबेला कसले कस्तो कपडा पहिरने, कहाँ ऊभिने र कसरी प्रस्तुत हुने लगायतका बिषयमा स्थापित मानकहरु हुन्छन्, जसको ख्याल कुटनीतिज्ञले गर्नैपर्ने हुन्छ !
३५८.            धवलागिरी र कान्जिरोबा हिमालको बीचमा अवस्थित डोल्पा, क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो ! हिमाली परिवेश र भिन्न जिबनशैली यहाँको बिशेसता हो !
३५९.            नसाभित्र रगत कुंदेजसरी, लण्डनका रेलहरु सुरुङ्भित्र कुदेर मानिसहरुलाई भनेकै समय र ठाउँमा पुर्याईदिन्छन् ! त्यहीं कुरा सम्झंदा नेपाल त्यस्तै हुने कहिले होला ?’ भन्ने खुल्दुली लागिरहन्छ !
३६०.            पंचायतका ती तिस बर्षमा हाम्रो देश नेपाल गरीब राष्ट्रबाट अतिगरीब राष्ट्रको पंक्तिमा झर्यो !
३६१.            कथित दूरदृष्टिवान तथा स्वाध्यायन मार्फत बिध्वता हासिलगरेका हाम्रा नेपालका राजा महेन्द्रले विश्वको इतिहासबाट पाठ सिक्न सकेनन् !
३६२.            विश्वबन्धु थापाका अनुसार, राजा महेन्द्र र बि.पी. कोइरालाबिच व्यक्तित्व टकराब थियो ! त्यसकारणले गर्दा, ऊनीहरु दुवैको सह-अस्तित्व सम्भब थिएन, बरु दुइवटा बाघरुको एकै खोरमा सहबास गरेकोजस्तो स्थिति थियो !
३६३.            तत्कालीन राजा महेन्द्रले आफुलाई मुलुकको सर्बेसर्बा राजनेता ठान्थे ! कानुन र आलोचना भन्दा राजा माथि हुनुपर्ने उनको मान्यता थियो !
३६४.            महेन्द्रमा देशको राजा भएको दम्भ थियो भने, वीपी मा जनताको नेता भएको अर्को दम्भ थियो !
३६५.            बुद्धिजिबीहरुको भनाई अनुसार, राजा महेन्द्रले जनताको अधिकार नखोसेको भए, हाम्रो मुलुकले अहिले भन्दापनि निकै धेरै प्रगति हासिल गरिसकेको हुन्थ्यो !
३६६.            गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा सबैभन्दा ठूलो खोज मार्कर स्टोनभेटिनु रहेको छ ! पुरातत्व बिभाग, लुम्बिनी बिकाशकोष र जापान बुद्धिस्ट फाउन्डेसनले  संयुक्त उत्खननको क्रममा सन् १९९५ मा मार्कर स्टोन भेटिएको थियो !
३६७.            नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा औपचारिक सहभागिता जनाऊन शुरु गरेको हो सन् १९९६ मा, आजको दिनसम्म हाम्रोदेशमा सबैभन्दा वाह!कमाएको खेल यहींनै थियो !  
३६८.            धेरैजसो राजनीतिज्ञहरु बोल्नमा माहीर नै हुन्छन् र हावामा महल ठड्याउने कुरागर्न पनि पछी पर्दैनन् ! उनीहरुको कुरा सुनिराखियो भने, एकै छिनमा स्वर्गको पल्लो कुनासम्म घुमाइदिन सक्छन !
३६९.            लण्डनका रेलहरु नशाभित्र रगत कुदेजस्तै गरी सुरुङ् भित्र भित्र कुदेर, समयमै पुग्न हतार गरिरहेका मानिसहरुलाई भने-भनेका ठाउँहरुमा पुर्याइ दिन्छन् ! तिनै क्षणहरु सम्झदा नेपालमा त्यस्तो सुबिधा कहिले हुनेहोला, भन्ने मनमा लागिरहन्छ !
३७०.            घर भनेको सुबिधा र सुन्दरता पनि हो ! बेलायतभरी दुइसयबर्ष पुराना इँटा र टायलले बनेका घरहरु आजसम्म पनि उस्तै छन्, जहाँ के.पी. ओलीले ल्याउने भनेको पाइपवाला ग्यास जोडिएका छन् ! अनि, पिउन योग्य तातो र चीसो पानी पनि २४सै घण्टा धाराबाट आईरहन्छ !
३७१.            बिदेशमा देखिएको सुबिधाको कारणले होला, आफू जन्मेको, हुर्केको र खेलेको ठाउँमा ती सुबिधाहरु नहुँदा मन कटक्क खाँदोरहेछ !
३७२.            युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, सिंगापुर जस्ता समान देशहरुका विशेषता भनेको तिनीहरुको सम्पन्नता र समयको अभूतपूर्व पालना गर्नु हो !
३७३.            बस्तीमा आगो लागेको खबर हल्कारादेखि आठपहरिया हुँदै बिन्ती चढाउंदा, जंगबहादुरको खोपीमा पुग्न तीन महिना लागेको थियो रे ! उक्त खबर सुनेपछि जंगबहादुरले लौ भोलिनै निभाईदिनुभन्ने आदेश दिएका थिए रे !
३७४.            भूकम्पले बेघर भएका लाखौं नागरिकको पिंडालाई गरेको चरम बेवास्थाको कारणले गर्दा तीन महिना मात्र होइन, तीन बर्ष पुगेपछि पनि सकिएला जस्तो लाग्दैन !
३७५.            कुनै बेला राजमानसिंहनाम भएका चित्रकार छन् कि छैनन् भन्ने ठूलै बहश कलाक्षेत्रमा चल्दा, कलाकार मदन चित्रकारले सम्झेर भने कि अन्तर्रास्ट्रिय जगतमा चर्चा कमएका पहिलो नेपाली चित्रकार राजमानसिंह नै हुन् !
३७६.            हाम्रो देश नेपालले राजनीतिक परिबर्तनका धेरै घुम्ती पार गरिसकेको छ ! अब भने आर्थिक रूपमा परिवर्तनको घुम्ती पारगर्न बाँकि छ !
३७७.            सन् १९५२ मा टोनी हेगेनले नेपालको भ्रमण गर्दा ठेलागाढ़ा र नेपाली शैलीका परम्परागत घर देखेको पोखराको ईतिहासमा उल्लेख छ ! तर, त्यसको छ दसकपछि अब पुरानो पोखराको कल्पना पनि जटील हुन्छ होला !
३७८.            सुकेको पात, उजाड यो बन्, टुक्रेको मुटु, दुखेको यो मन ! न सुकेर मर्न सकियो, न टुक्रेर झर्न सकियो ! सिर्फ झिनो आशाको धागोमा अडेको छ यो जीवन !
३७९.            त्रिभुबन बिश्वबिध्यालयको अंग्रेजी विभागमा निकै कहलिएका प्राध्यापकहरु हुन्: डी.पी. भण्डारी, श्रीधर प्रसाद लोहनी र रामेश्वर अधिकारी ! एक समयमा उनीहरु हार्डकोर-ट्रियो थिए !
३८०.            ७३ बर्षिय प्राध्यापक श्रीधर प्रसाद लोहनीको जीवनमा, सम्बत ३० को दशक सबैभन्दा मीठो रहीआएको छ ! ऊनले हरेक साँझमा दुर्गा प्रसाद भण्डारी र रामेश्वर प्रसाद अधिकारीलाई भेट्ने गर्थे कतै कुईनेटोमा ! लोहनी, भण्डारी र अधिकारीको हुललाई परै बसेर हेरिरहेका हुन्थे अर्का गुरु अभि सुबेदी !
३८१.            रामायण र महाभारतलाई सुछ्म रुपमा विश्लेषण गर्दा, दुवै कथा बस्तुका विषयमा समानता देखिन्छ ! रामायण र महाभारत संस्कृत साहित्यका महत्वपुर्ण ग्रन्थ हुन् ! यी काब्यहरुले दुई छुट्टाछुट्टै कालखण्डलाई प्रतिनिधित्व गर्छन् !
३८२.            महाभारत अनुसार, सीतालाई राजा जनकले हलो जोत्दा जमिनमा फेलापारेका हुन् भने, द्रौपदीलाई पुत्र प्राप्तिको लागि गरिएको यग्यकोको अग्निबाट उत्पन्न गराईएको हो !
३८३.            एक अध्ययन अनुसार, महिलाको तुलनामा पुरुषहरु जसरी तीव्र प्रतिस्पर्धा गर्छन्, त्यसरी नै उनीहरु पछि त्यसलाई सहज रूपमा लिन्छन् !
३८४.            झट्ट हेर्दा रामायण र महाभारत कविको नितान्त भिन्न कल्पना हो भन्ने भान पर्छ ! तर मिहिन रूपमा तुलना गर्दा यी दुई काब्यहरुको श्रोत उहीं हुनसक्ने सम्भावना देखिन्छ !
३८५.            एक शताब्दी लामो अनबरत प्रयासबाट अहिले नेपाली महिलाहरुको आर्थिक तथा सामाजिक बिकाश र सशक्तिकरणका लागि संबिधानमा नै महिला हक प्रत्याभूत गरिएको छ !
३८६.            काठमाण्डौमा इन्द्रजात्रा शुरु हुनासाथ, शहरतिर लाखेका पनि दिन शुरु हुन्छन् ! लामा-लामा कपाल, अनि डरलाग्दो मुखौटो, अनौठो नृत्य ! राक्षस हो रे लाखे त, तर यसले उद्दण्ड मच्चाउने गर्दैन रे !
३८७.            जंगबहादुरले बेलायत यात्राको बेलामा, आफ्ना मिल्ने साथी सिद्धिमान राजभन्डारीलाई पनि संगैलगेका रहेछन् ! ऊनको टोली समुद्री बाटो भएर बेलायत गएको थियो रे ! अकस्मात, डरलाग्दो आँधी-हुरी आएपछि जंगबहादुर निकै डराएछन्, तर सिद्धिमान चाहिँ पटक्कै डराएनछन् !
३८८.            दोस्रो विश्वयुद्दपछि बर्माका नेपालीहरुको दुखका दिनहरु शुरु भएछन् ! धेरै नै नेपालीहरु भिर, पहरा, जंगल र पहाडी अक्करे बाटो हुँदै पितृभूमि फर्किन थालेछन् !
३८९.            बिक्रम सम्बत २०३२ देखि काठमाडौँ बानेश्वरको समुहले पहिलोपटक बिरगन्ज-काठमाडौँ बससेवा संचालनमा ल्यायो ! देशभक्त बस सर्भिसनाम दिइएको ऊक्त सेवा बिस्तारै बुटवल र पोखरामा पनि तन्कियो ! यातायातको हिसाबले त्यो निकै ठूलो क्रान्ति थियो !
३९०.            संस्कृतिविद सत्यमोहन जोशीको दैनिकी सार्बजनिक यातायातमा बित्दैछ, ऊनी कहिले पाटन र किर्तिपुर ओहोर दोहोर गर्छन्, कहिले पैदल त कहिले माईक्रोबसमा ! राज्यको दायित्व खोइ त?
३९१.            प्रसिद्ध लेखक खगेन्द्र संग्रौला भन्छन् शहरका सबै गाडी मेरा, अनि माइक्रो, बस र टेम्पोभित्रको भद्रगोल मेरो हैसियत हो’ !
३९२.            बरिष्ठ प्राध्यापक सूर्यराज आचार्य भन्छन् : काठमाण्डौको धुलो यति धेरै छ कि यहाँ मास्क लगाउनु र नलागाउनुमा कुनै फरक छैन !
३९३.            सके पैदल, नसके सार्बजनिक सवारी पत्रकार नारायण वाग्लेको चीनारी हो ! वाग्ले भन्छन् ‘लेखक तथा पत्रकारका लागि सार्बजनिक यातायात अक्सिजन जस्तै हो’ ! ऊनले सल्लाह दिन्छन् : यो शहरलाई संस्कृति र पर्यटनमैत्री बनाउने हो भने साइकल मार्गलाई पहिलो प्राथमिकता दिनु अनिबार्य छ !
३९४.            नेपाली आख्यान क्षेत्रका उम्दा कलमजीबी ध्रुबचन्द्र गौतम, उमेरले निकै पाको भएतापनि, ऊनको लेखन-सक्रियता भने युवाको जस्तै छ !
३९५.            आफ्नो अनुभब सुनाउंदै लेखक गौतम भन्छन: उमेर छिप्पिए पश्चात्, अर्थात् बुढेउलिले छोपेपछि  सोँचाई, सिर्जना, कल्पना तथा ऊर्जा बन्दहुन्छन्, भनेर जे जसरी भन्ने गरिन्छ, त्यो चाहिं सत्य होईनरहेछ ! बन्द होईन, तर मन्द भने हुँदो रहेछ !
३९६.            कुनैपनि लेखकका व्यक्तिगत अनुभव, भोगाई, आबेश, प्रेम वा कुन्ठामा कल्पना पनि मिसिएर अर्को सिर्जना जन्मने रहेछ !
३९७.            भारतीय राजनीतिमा राजाजीनामले परिचित चक्रवर्ती राजगोपलाचार्य अंग्रेजहरुले भारत छाड्नु अघिका अन्तिम तथा एकमात्र गभर्नर जनरल थिए !
३९८.            जसरी मायागर्न आफ्नै रगत अथवा बान्दव चाहिन्न, त्यसरी नै हेला गर्न पनि पराई चाहिन्न !
३९९.            सन्तति जति छिप्पिदै जान्छन् सन्तति शुख ऊति खुइंलिदै जान्छ र त्यतिबेला पाताल पुग्छ ! 
४००.            भनाईनै छ कि सन्तान नहुनु एउटा पिंडा हो, अनि सन्तान हुनु त झन् सयौं पिंडा पो हो ! सन्तान हुनुको पिंडा सन्तान नहुनेलाई थाहा हुँदैन, र त्यसैगरी सन्तान नहुनुको पिंडा सन्तान हुनेलाई थाहा हुँदैन !
४०१.            बुढेसकालका केबल दुइटा शुख हुन्छन् रे, सन्तान शुख र स्वास्थ्य शुख, अरु कुनै शुख छैन !
४०२.            भ्रम भनेको सर्बश्रेष्ठ शुख हो, तर भ्रम निवारण चाहिं सबैभन्दा ठूलो दुख हो !
४०३.            मानबजातिको बृद्धावस्था किन कष्टकर हुन्छ त ? जबाफ स्पष्ट छ: त्यो पाको उमेर र रोगले मात्र होईन, बरु सन्तानको हेला र तिरस्कारको कारणले हुन सक्छ !
४०४.            मानिसले कमाउने धनका केवल तीनवटा गति हुँदा रहेछन्, ती हुन् दान, भोग र नाश ! जुन धन, दान र भोगमा जादैन, त्यो अबश्य नाश हुन्छ !
४०५.            समय नै सर्बेसर्बा र स्वयम्सिद्ध सत्य हो, सोंचले सत्य बदलिदैन ! सत्यले सोंच बदल्न सक्छ !
४०६.            मानव जीवनको सार्थकता आफ्नो शुखमा होईन, बरु अरु दीन दुखिलाई दिन सक्नुमा छ !
४०७.            जीवन भएकाको मात्र मृत्यु हुने हो, जीवन नभएको अवस्थामा मृत्यु पनि हुनेथिएन ! जीवनले मृत्यु दिन्छ, अनि मृत्युले चाहिं मुक्ति !
४०८.            संस्कृत पढेकाहरू सबै पुरोहित बन्छन् भन्ने भ्रम हाम्रो समाजमा आजसम्म पनि कायमै छ ! तर, संस्कृत पढेका वा पढिरहेका कुनैपनि बिध्यार्थिको लक्ष्य पुरोहित बन्नेमात्र हुँदैन !
४०९.            भीमकाय छिमेकीबाट हुने दिन-रातको त्रासबाट त्राण पाउने अचुक अस्त्र पहिचान सहितको अधिकार सम्पन्न संघियता हुन सक्छ !
४१०.            धानबाली भित्राएपछी, देबी तथा देवतालाई पूजा गर्दै नयाँ चामलको पिठोबाट बनेको परिकार चढाऊने क्रममा योमरीजन्मेको रहेछ ! नेवारी भाषामा योको अर्थ मिठोमरिको अर्थ रोटी रहेछ !
४११.            सन् २००४ देखि सांगीतिक क्षितिजमा देखिएकी अमेरिकी गायिका टेलर सवै स्विफ्टले ग्रामी अवार्ड मात्रै दशवटा पाईसकेकी छिन् ! २०१६ सम्ममा मात्रै तीनवटा ग्रामी जितीन उनले !
४१२.            अवसरले मानिसलाई कहिल्यै पनि खोज्दैन, बरु अवसरलाई मानिस आफैले खोज्नु पर्दछ !
४१३.            मानिस जतिसुकै ठूलो आसन वा सिंहासनमा बसेता पनि आखिर बस्ने त आफ्नै पिंधमा हो !
४१४.            नङ्ग्रा लगाएर हात्ती बाघ हुँदैन, त्यस्तै दाह्रा लगाएर बाघ हात्ती हुँदैन ! दुवैको आ-आफ्नै प्रकृति छ !
४१५.            मानिसमा हुनुपर्ने सफल नेतृत्व भनेको अगुवाले पछुवालाई बिश्वास पार्न सक्ने क्षमता हो !
४१६.            नोकरतन्त्रको बिशेषता भनेको कुनै कुराको बारेमा निर्णय गर्नु नभई निर्णय टार्नु हो !
४१७.            मानिस भावानुरूप देखिन्छ, स्वभाब अनुरुप चिनिन्छ र स्वबास्तबिकता अनुरुप जिउंछ वा मर्छ !
४१८.            बाल गीत : बिराली बिराली काँहा गाकी थ्यौ ? रानीलाई भेट्नभनी लन्डन गाकी थें ! बिराली बिराली के गर्यौ त त्याँ ?
कुर्सि मुनी मुसोलाई तर्सायें गरी म्यां
४१९.            चन्द्रागिरी हिल्स लिमिटेडले राजधानीबासी लगायत अन्य स्वदेशी तथा बिदेशी मानिसहरुलाई मनोरंजन दिलाउने उद्येस्य अनुरुप १२ बर्षअघि परिकल्पना गरिएको केबुलकार२०७३ साऊन २४ देखि संचालनमा ल्याएको र २०७३ मंसिर ३० गतेको दिनमा उद्घाटन भएको थियो !
४२०.            ठूला दलका शीर्षनेता भएपछि, राजनीतिलाई जसरी खेलाएपनि हुन्छ र जसरी चलाएपनि हुन्छ भन्ने अहंकारले गर्दा नै नेपालको सम्पूर्ण लोकतान्त्रिक भावनालाई बिथोलेको छ !
४२१.            पुरुषहरुमा पनि प्रजनन् ग्रन्थी हुन्छ, जसलाई अंग्रेजीमा प्रोस्टेट ग्ल्यान्ड भानिन्छ ! यस्को समस्या तथा असर बिदेशमा गई रोजगारी गर्ने झन्डै ३० लाख नेपाली युवामा देखिएको छ !
४२२.            सामान्यतया २४ घन्टामा दुई लिटर पानी पिशाबबाटै जान्छ, अर्को एकलिटर पानी पसिना भै बग्छ, अर्को लिटर पानी दिसागर्दा गइहाल्छ ! त्यसकारण, जति पानी बाहिरिन्छ त्यति नै पिउनु पनि पर्दछ !
४२३.            प्रोस्टेट ग्ल्यान्डलाई स्वस्थ राख्नको लागि म्याग्नेसियम र जिन्क जस्ता तत्व चाहिन्छ, जुन काजु, पिस्ता, बदाम, एल्मंड, ओखर लगायतका ड्राइ फूडहरुमा प्रशस्त पाईन्छ !
४२४.            राष्ट्रिय झण्डासंगै राप्रपाको झन्डा ओढेर मर्नचाहेको बताउने नायिका रेखा थापाको सोचाइको गणतन्त्रबादी र धर्मनिरपक्षताको वकालत गर्नेहरुले चर्को आलोचना गर्न शुरु गरेको देखिन्छ !
४२५.            बिलबोर्डले बर्षेनी प्रदान गर्दै आएको वुमन अफ् द ईयरको उपाधि यसपटक अमेरिकी गायिका म्याडोनालाई दिइने भएको छ ! म्याडोनाले नारीबाद, दादागिरी जस्ता विषयमा ईमान्दार ढङ्गले बिचार राखेको भन्दै बिदेशी सेलिब्रिटीहरु उनको प्रशम्शामा जुटेका छन् !
४२६.            मकै, कोदो, फापर र मस्यांग बाहेक, सबैगरी एकट्रक अन्न चढाएर पुरै एक सातासम्म मनाईने चाँगुनारायण महास्नान् पर्ब, लिच्छिबी राजा मानदेवको पालादेखि हुँदै आएको छ !
४२७.            भविष्यको त्रास देखाएर बर्तमानमा राजगर्नु यथास्थितिवादिको कपट हो ! त्यसैले गर्दा, नेपाल एक शताब्दीभन्दा बढी समयसम्म ढुंगे युगमा रहन बाध्य भएको हो !
४२८.            नेपाल टेलिभिजनमा केही कलाकारहरु छन्, जो नक्कली ओलीबनेर दर्सक हँसाइरहेका हुन्छन् ! ती नक्कली ओलिहरुको अभिनय देखेर दर्शकले मनोरंजन लिईरहेका पनि छन् !
४२९.            धर्मसत्ता बलियो भएको समाजमा अधिकांश व्यक्ति विश्वासका अन्धा हुन्छन् ! ऊनका नजरमा जन्म र जरा उँचो र निचोका आधार बन्दछन् ! जातले ठूला भनिएकाहरुले नीचाहरु सदैब आफुसंग झुकुन् भन्न चाहन्छन् !
४३०.            जन्तर मन्तरधूर्त मानिसहरुको दिमागको उपज थियो, पछी त्यो चाहिं संस्कृतिको अभिन्न अंग बन्न पुग्यो !
४३१.            हामी नेपालीहरुमा पर्खा र हेरको संकारनै छैन ! बरु गाली गर्नलाई हतार हुन्छ, जुन एकदम गलत प्रबृत्ति हो ! कुनै व्यक्तिलाई गालि गर्नुभन्दा उसको कार्यलाई हेरेर आलोचना गर्न ठीक हुन्छ !
४३२.            अमेरिकी म्यागाजिन बिलबोर्डले अघिल्लो बर्ष लेडी गागालाई वुमन अफ् द इएरघोषित गरेको थियो !
४३३.            भनिन्छ: नेपालमा लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र पनि आयो ! तर यी सबै तन्त्रहरु कहाँ आए र अहिले कहाँ छन्, कसैलाई थाहा छैन ! तन्त्रशब्दले नेपाली जनतालाई खासै फाईदा भएको जस्तो लाग्दैन !
४३४.            रुप र दह्रो खोपडी छ भने मात्र मानिसलाई ग्लामरको दुनियाँमा टिक्न सजिलो हुन्छ ! दिमाग अलिकति मात्र भएपनि चलाख मान्छे छ भने राजनीतिमा समेत टिक्न सक्ने देखिएको छ !
४३५.            तेस्रो मुलुकको समाजले खोपडीबिनाकि राम्री, तर मूर्ख स्वास्नीमान्छेलाई मात्र स्वीकृत गर्छ ! तर, खोपडीसहितकी स्वास्नीमान्छेलाई कठघरामा उभ्याउंछ !
४३६.            एकदिन बिहान ठीक दशबजे नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टरको पुस्तकालयमा, नागरिक समाजका अगुवा देबेन्द्रराज पाण्डे अकस्मात भेटिएछन् पत्रकार कमलदेव भट्टराईसंग ! दश बर्षदेखि किताब लेखनमा जुटेका पाण्डेले, यसलाई पुस्तकलेखन भन्दा पनि साधना भएको बताएछन् !
४३७.            अर्को रोचक कुरा यो छ कि ऊनै देबेन्द्रराज पाण्डे, २० बर्षदेखि बनारसको उहीं पुरानो होटेलमा बसिरहेका छन् ! २० बर्षअघि त्यस होटेलमा बस्दा ऊनको दैनिक खर्च जम्मा ११० रुपैंया थियो भने अहिले त्यो बढेर १७०० रुपैंया पुगेछ !
४३८.            बीपी को दोस्रो घर : महात्मा गान्धीको भब्य संग्राहलयको छेवैमा भएको खुला चऊरको बीचमा विश्वेश्वर प्रसाद कोइरालाको भब्य सालिक जय नेपालगरिरहेको छ ! पटनालाई बीपी ले आफ्नो दोस्रो घर भन्ने गरेका थिए !
४३९.            नेता गणेशमान सिंह नेवार थिए, तर ऊनी नेवार समुदायमा संकुचित थिएनन् ! र त्यसै कारणले गर्दा ऊनी २०४६ सालको जन आन्दोलनका सर्बोच्च कमान्डर र देशकै सर्बमान्य नेता बन्न पुगेका थिए !
४४०.            नेपालमा ब्यबसायिक रूपमा केबुलकार संचालन भएको करीब २५ बर्ष [बि.स. २०७३ सम्ममा] भयो ! यस अबधिमा १५ वटा केबुलकार कम्पनीहरु दर्ता भैसकेका छन् र दुइवटा संचालनमा छन्! झन्डै छ अरब रुपैंया यस क्षेत्रमा लगानी गर्ने तत्परता लगानीकर्ताको देखिन्छ !
४४१.            चिकित्सकका अनुसार, जाडोको याममा उच्च रक्तचाँप र मुटुका बिरामीले बिहानको चीसोमा मर्निंगवाक गर्न ठीक हुँदैन! बरु, घाम लागेको बेलामा हिड्ने वा ब्यायाम गर्न फलदायी हुन्छ !
४४२.            अमेरिकन हार्ट एसोसियनका अनुसार, जाडो मौसमले मानिसको मुटुलाई प्रभावित गर्न सक्छ ! यदि कसैलाई कार्डियोभास्कुलर रोग छ भने झन् बढी असर हुने गर्छ !
४४३.            रक्तचाप साधारणतया गर्मीमा कम हुने र जाडोमा बढ्ने हुन्छ ! जाडो महिना र बिशेषगरी बिहानपख हार्ट अटयाक र ब्रेन अटेक हुन सक्छ ! यसमा उच्च रक्तछापको प्रमुख भूमिका हुन्छ !
४४४.            रक्तचाँप त्यस्तो बल हो, जुन मुटुको प्रत्येक धड्कनसंगै रगत नलीको पर्खालमा पर्छ ! रक्ताचाँपकै कारण हाम्रो शरीर भरि रगत पुग्ने गर्छ !
४४५.            बेलायतमा नेपाली मोडल : बेलायतमा रहेका नेपाली ब्युटिसियनहरुको संस्था प्रोफेसनल ब्युटी एसोसियसन युकेले अल्डरसट स्थित दी प्यालेसमा फेसन शो गरेको थियो, जसमा छ जना मोडलहरु विभिन्न सिक्वेन्समा सामेल भएका थिए !
४४६.            १५ बर्षदेखि बेलायतमा बस्दै आएकी बिनाको खास पेशा सौन्दर्य हो ! सन् २०१२ देखि सौन्दर्य ब्यबशायमा आबद्ध छन् रे ऊनी ! खोटाङ्मा जन्मेकी बिना, ब्रिटिश गोर्खा परिवारकी छोरी हुन् !
४४७.            युट्युब मानिसकालागि मनग्य धनार्जन गर्ने माध्यम बन्न सक्छ भन्नेकुरा धेरैलाई थाहा नहुन पनि सक्छ! तर, केही युवाले आफ्नो नेम, फेम र इन्कमको स्रोत यसैलाई बनाएका छन् !
४४८.            आफूभित्रको खुबीलाई बेस्ट सेलरबनाउन सके नेम र फेम संगै दाम पनि पाईन्छ !
४४९.            पन्चायती व्यवस्था ढलेको झन्डै तीन दशक हुन लाग्यो ! त्यतिबेला हुर्किएको गुण-शक्तिलाई भन्दा चाकडीलाई प्राथमिकता दिने सं स्कृति भने जिउँका तिउँ छ !
४५०.            राणा तथा पन्चायतकालमा चाकडी - प्रशस्तिका भाकाहरु राज्पत्रबाटै घोषणा गरिन्थ्यो ! तर, अचेल दलका कार्यालय, मन्त्रालय र पार्टी नेताहरुले गराउंछन् ती कामहरु !
४५१.            भारतीय फुटबलका लिजेन्ड श्याम थापालाई भारत सरकारले कोलकातामा फ्ल्याट दिएर राखेको छ ! कोलकाताबासीले निकै श्रद्धा गर्दै श्यामदाभनेर पुकार्छन् ! ऊनी गुल्मी जिल्लाको भार्सेभन्ने ठाउँमा जन्मिएका रहेछन् ! तर, ऊनी गुल्मीमा धेरै नबसी, सानैमा देहरादुन गएका रहेछन् !
४५२.            पेलेको नजरमा परेका थापा रातारात फुटबलका हिरो भए ! प्रतियोगिताको भोलिपल्ट भारतीय अखबारले थापाको गोल बारेमा तस्बिर सहित ब्यानर न्युज बनाएका थिए !
४५३.            एक कट्ठा जमिन भए बिलशी जीवन बिताउन पुग्ने रहेछ, हाम्रो दुई कट्ठा भएर होकि दुख पाईयो ! - बसिबियाँलो (वात्स्यायन)
४५४.            अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले भनेका थिए रे: हामी एकदम एकरसका, उराठलाग्दा (बोरिंग) छौं क्या! अमेरिकाका पहिलो अफ्रिकन अमेरिकन रास्ट्रपति त्यस्तो नीरस कहिलेइ थिएनन् ! उनको कार्यालयमा कुनै स्क्यान्डल त के , त्यस्तो छनक समेत सुनिएन !
४५५.            ओबामाले जब नोबेल शान्ति पुरस्कार पाए, खातामा केही संदेश लेख्न भनियो ! त्यसपछी, उनको देब्रे हातको कलम दगुर्न थाल्यो ! दगुर्यो, दगुर्यो … … … निकैबेर सम्म एकोहोरो दगुरी रह्यो !
४५६.            प्रा. डा. अभि सुबेदी भन्छन् : नेपाली साहित्यलाई बिश्वब्यापिकरण गर्न ठूलो जरूरत छ ! त्यसकारण, बौद्धिक युवा जमातहरुले नै अब यो भूमिका निर्बाह गर्नु पर्दछ ! उनले फेरी थपे : युवा जमातमा राजनीतिक चेतना र निर्भिक भएर आफ्ना बिचारहरु राख्ने क्षमता हुन जरूरी छ !
४५७.            राजधानी काठमाण्डौमा रहेको इस्लिंगटन कलेजले शैछिक सत्र २०१७ देखि मोबाइल एप्लीकेसन डेभ्लोभमेन्ट सम्बन्धी पढाई शुरुगर्ने भएको छ ! बेलायतको लन्डन मेट्रोपोलिटन बिश्वबिध्यालयको साझेदारीमा स्नातक तहको उक्त पढाई शुरु गर्ने भएको हो !
४५८.            अमेरिकी वास्तुबिद ईरिक थियोफिले र जर्मनको हाईर्डलवर्ग बिश्वबिध्यालयका प्राध्यापक निल्स गुत्चोले नेपाली बास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरबारको मूख्य भवनको बिषयमा प्रभावकारी हुने देखिन्छ !
४५९.            पोखराको एउटा भेलामा एकजना बृद्ध गोरे नेपाली ढाकाटोपी ढल्काएर हिंडेको देखियो ! पछी, पोखराकै मितेरी गाउँको आफ्नै घरमा भेटिए उनै जेपी क्रसनामले चिनिने ९२ बर्षीय गोरे ! अन्नपूर्ण मार्गबाट सेताम्य चम्कीरहेको अन्नपूर्ण हिमाललाई पृष्ठभूमि पारेर ऊनका दाँत उस्तै चम्किए!
४६०.            ऊनै जेपीले अंग्रेजी भाषामा नेपालको गोर्खा बारेमा पुस्तक लेखेका मात्र होइनन्, नेपाली भाषा बारेमा गहन अनुसन्धान समेत गरेका रहेछन् ! उनले नेपालका ६५ जिल्ला छिचोलेका रहेछन् र एकपटक ऊनी लगातार १७० दिन घुमेछन् ! शतक टेकना लागेका ऊनलाई अझै नेपाल र नेपालीमाथि अनुसन्धान गर्ने मन छ, नेपाल बिकसित भएको हेर्ने समेत ठूलो धोको छ !
४६१.            बदलिँदो समयसंगै हाम्रो खाना खाने बानी परिवर्तन हुँदैछ र खान्कीबारे मानिस निकै सचेत पनि छन् ! के खाने र के नखाने भनेर हिंजोआज गुगलमासमेत हेर्ने चलन छ !
४६२.            धेरै विदेशीले नेपालभन्दा पहिला सुन्ने नाम हो पोखरा’ ! किनकी, तालतलैया, गुफा, हिमशृंखला तथा अन्य प्राकृतिक सम्पदाले भरिपूर्ण छ रमणीय पोखरा !
४६३.            प्रत्यक्ष्य बैदेशिक लगानी भित्र्याऊनेमा राजधानी बाहिराका जिल्लाहरुमध्ये कास्की अग्रपंतिमा पर्छ! स्वदेशी-बिदेशी लगानीकर्ताले पछिल्लो समय पोखरालाई मुख्य केन्द्र बनाईरहेका छन्, त्यो पनि पर्यटन क्षेत्रमा !
४६४.            धेरै बिदेशीहरुले नेपालभन्दा पहिले सुन्ने नाम हो पोखरा ! तालतलैया, गुफा, हिमश्रीङ्खला तथा अन्य प्राकृतिक सम्पदाले परिपूर्ण भएको ठाऊँ !
४६५.            पोखरा औध्योगिक क्षेत्रका ऊध्योगले मात्र राज्यलाई बर्सेनि ५० करोड रुपैंया भन्दापनि अझ बढी राजस्व बुझाईरहेको अवस्था छ !
४६६.            मदन केसी, भरत पराजुली र बिनोद तिमिल्सिना जस्ता थुप्रै पोखरेली युबाहरु छन्, जस्ले विदेशको गतिलो आर्जन छाडेर आफ्नै भूमिमा लगानी गर्न फर्किएका छन् !
४६७.            खेलकुदको शहरको रूपमा चिनाउन पोखरेलीले ठूलो योगदान गरेका छन् ! सन् २०१८ मा नेपालमा तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) गरिंदा, त्यसका सातवटा खेल पोखरामा हुनेछन् ! यस्तो अदभूद मौका पाउनको कारण हो, त्यस ठाउँको पूर्वाधार !
४६८.            हाम्रो देश नेपाललाई राजनीतिक अस्थिरताले जति प्रभाव पारेको छ, ब्यब्सायमा गंभीर सुझबुझको साथ नलाग्ने बानीले गर्दा हामीलाई उत्तिनै पछिपार्दै लैजान्छ ! सफल भएकाहरुले आफ्नो अनुभब साट्नु पर्छ र सम्भावना हुने ठाउंहरू खोजेर स्थानीय उत्पादनको प्रबर्धन र सहकार्य बढाउनु पर्छ !
४६९.            हामीसँग जे छ, त्यसको स्तर वृद्धि गर्ने र जो जसले सिक्न र गर्न चाहन्छन्, उनीहरुलाई शिप हस्तान्तरण गरी सहकार्य बढाउनु पर्छ !
४७०.            बढ्दो बसोबास र घट्दो कृषि कार्यलाई ध्यानमा राखेर ब्यबस्थित शहरिकरणको पनि ब्यबस्था गर्नुपर्ने टड्कारो अवस्था आइसकेको छ !
४७१.            गोर्खा कम्मुनिटी पोखराका अध्यक्ष तथा पूर्ब मेजर लक्ष्मिप्रसाद गुरुङले पोखरालाई साच्चिकै बनाउन लाहुरे समुदायको महत्वपूर्ण हात रहेको बताउछन् !
४७२.            पोखरालाई लाहुरेको शहर भन्ने गरिन्छ ! त्यो शहर सफा सुग्घर हुनुमा पनि लाहुरेकै लगावको ठूलो हात छ ! ब्रिटिस गोर्खा र भारतीय गरी करिब ५० हजार पूर्व लाहुरेहरु भएको अनुमान गरिएको छ !
४७३.            परिवर्तन मानबीय स्वभाब हो र प्रकृतिको नियम पनि हो ! पहिलेदेखि लामो समयसम्म मान्दै आएका मान्यताहरु पछिसम्म बिरलै रहन्छन्, बरू मर्छन् र नयाँ रुप लिन्छन् !
४७४.            सबैसंग खुलेर बोल्ने र समयलाई चीन्न सक्ने विलक्षण प्रतिभा र खुबी छ अजेय सुमार्गिमा ! ऊनी भन्छन्: साधारण जहाजको तुलनामा ठूलो जहाज स्टार्ट हुनपनि समय लाग्छ, चल्न अर्को समय लाग्छ, अनि त्यसले गती लिन फेरी लामो समय लाग्छ, फेरी चल्न अर्को थप समय लाग्छ ! म त्यस्तै जहाज चलाईरहेको छु ! अर्को कुरा यो छ कि यात्रु बन्ने काममा मेरो कम रुची, तर क्याप्टेन हुनुमा बढी छ !
४७५.            रूपचन्द्र बिष्टले थाहालाई नेपाली जनताको चेतनाको स्तर बढाउन, बुझ्ने र बुझाउने संस्कृति बढाउन थालेको निष्पक्ष सक्रियताको अभ्यास थियो ! ऊनले राजनीतिका ठूला कुरा र दुरगामी दर्शन मात्र नभई, समयको मागअनुसार समाजलाई अगाडी डोर्याउने काम गरेका थिए !
४७६.            सत्य कुरा जतिपटक भनेपनि कुनै असर नपर्ने, तर झुट कुरा चाहीं छिसिक्क मात्र भने पनि धुमधामसंग फैलने रहेछ !
४७७.            सन् १९५० को जुन महिनामा फ्रान्सेली नागरिक मौरीस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि, उक्त क्षेत्रको प्रचारको बाटो फराकिलो भएको थियो !
४७८.            संसारभर आधुनिकता यति हाबी भएको छ कि घुम्न चाहने मान्छेले प्रकृतिको भरपुर मजा लिन खोज्छ ! हाम्रा सम्पदा हामीले नै जोगाउन सकेको खण्डमा मात्र पर्यटन ब्यबसाय टिक्ने छ, नत्र भने निकै गाह्रो पर्ने देखिन्छ !
४७९.            नेपाली हास्यव्यंग्य क्षेत्रमा कलाकार सन्तोष पन्तको ठूलो ईज्जत छ ! खासगरी हिंजोआजका कुराटेलिशृंखला मार्फत ख्याति कमाएका पन्त हिंजो-आज त्यति सक्रिय देखिएका थिएनन् ! तर, बासुदेब लुइँटेल पुरस्कार - २०७३ थापेपछि उनले अब पुनः जागृत भएर लागिपर्ने बताए छन् !
४८०.            सिस्नुपानी नेपालको सहकार्यमा आयोजित कार्यक्रममा, पन्तलाई बासुदेब-बिध्यादेबी लुइंटेल गुठीले लाख ११ हजार सय ११ रुपैंयाको पुरस्कार दिएको थियो ! पूर्व प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार पाएपछि, उनले व्यंग्य गर्दै भने वहाँले झलमल्ल बिजुली ल्याइदिन्छु भन्नु भाथ्यो, र मैले पनि त्यसपछि कार्यक्रम गरौंला भनेको थिएँ ! तर, उहाँ आफै खुस्किहाल्नु भयो !
४८१.            मुलुकको भौगोलीक बनावटले पनि रेलसेवा उपयोगी हुन्छ, र पहाडमा बाटो खन्नुभन्दा यातायातकोलागी रेल निकै सजिलो समेत हुन्छ, साथै प्राबिधिक हिसाबले पनि सम्भब छ ! पूर्ब पश्चिम लम्बाईमा फैलिएको भूगोलका कारणले पनि तराइमा रेल उत्तिकै उपयोगी हुन्छ !
४८२.            बढ्दो जनसंख्या र सवारीको उच्च चाँपको कारणले अस्तव्यस्त बनेको काठमाडौँमा पनि यातायातको प्रमूख बिकल्प हुने मेट्रो रेल मात्र हो !
४८३.            नेपाल सरकारले सातामा दुई पटक गरी मृगौला रोगीका लागि आजीवन डायलासिस सेवा नि:शुल्क उपलब्ध गराउँछ ! साथै, प्रत्यारोपणको शल्यक्रिया गर्न दुईलाख र त्यसपछि औषधिमा एकलाख रुपैंया दिने व्यवस्था छ !
४८४.            झमक घिमिरेका सबैभन्दा प्रिय बस्तु ढुंगा र माटो रहेछन्, जस्ले ऊनी एक्लो हुँदा खेल्नको लागि मनग्ये साथ दिएको रहेछ ! भात खाने थालमा गोडाले क,, … लेख्दै सिन्काले धुलोमा कोर्दै उनले अक्षर छिचोलेकी रहिछन् !
४८५.            झमकले लेखिन् : पढाई स्कूल र कलेजमा मात्र हुने होइन, संसार नै एउटा खुला बिश्व- बिध्यालय हो र यहाँका हरेक चीजहरु पाठ्यपुस्तक हुन् ! ऊनका सफलताका कथाहरुलाई पाठ्यक्रममा राख्ने, उनलाई गेस्ट लेक्चरर बनाएर विभिन्न कलेज, बिश्वबिध्यालय, संछार र संसदमा बोलाउने व्यवस्था मिलौना सकेमा, थुप्रै नेपालीहरुलाई सकारात्मक बनाउन सकिन्थ्यो !
४८६.            नेपालमा हरेक एकदिनमा करिब १५ जना र प्रत्येक दुई घन्टामा एक जनाले आत्महत्या गरिरहेको अत्यन्त दुखद स्थिति देखापरेको छ ! तर नेपाली समाजमा यसको मनोबैज्ञानिक पाटोबारे विश्लेषणको शुरुवात भएको छैन !
४८७.            विश्वमा अरबपतिहरुको संख्या हालमा १८१० जना रहेको छ ! उनीहरुको कूल सम्पति ६५ खर्ब अमेरिकी डलर हुने रहेछ ! यो विवरण अमेरिकी अखबार फोब्र्सले सन् २०१६ को फेब्रुअरी १२ सम्म सार्बजनिक गरेको तथ्यांक हो !
४८८.            कान्तिपुरको एक साप्ताहिक कोसेलीले २० जनामाझ गरेको एक सर्वेक्षणमा चार जनाले लक्ष्मीप्रसाद देवकोटाक्रित मुनामदनको नाम लिए ! बी पी कोइरालाको सुम्निमाभूपी शेरचनको घुम्ने मेच माथिको अन्धो मान्छेर नेल्सन मण्डेलाको लङ् वाक टु फ्रिडमतीन जनाको रोजाइमा परे ! सबैभन्दा रूचाइएका लेखकमा बी पी कोइराला परेका छन् !
४८९.            तथ्यांक अनुसार, अहिले विश्वका करिब साढेतीन अरब मानिस (अथवा विश्वजनसंख्याको ४०%) इन्टरनेटको पहुँचमा छन् !
४९०.            इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन र संयुक्त राष्ट्रसंघ जनसंख्या विभागको तथ्यांक अनुसार विश्वका इन्टरनेट प्रयोगकर्तामध्ये ४८ प्रतिशत एसियामा मात्र छन् !
४९१.            नेपाली विध्यार्थीहरुले बैंककमा आयोजित एसिया प्रशान्त रोबोट प्रतियोगितामा उत्कृस्ट ईन्जिन्रियेरिङ् पुरस्कारप्रप्त गरे आफ्नो खाजा खर्च जोगाएर उक्त रोबोट निर्माण गरेका हुन् उनीहरुले !
४९२.            बिदेशीहरु, त्यसमा पनि बिशेषगरी पश्चिमाहरू हामी नेपालीहरुलाई देखेर गरीब भईकन पनि कति खुशी हुन् भन्ने गरेका छन् र उनीहरु छक्क पर्छन् ! हामी आफैलाई पनि थाहा छ कि हामीहरु सुखी हुन नसकेको अवस्थामा पनि मज्जाले खुशी भएको देखिन्छौं !
४९३.            यो संसारमा जति पनि खुशी छ , त्यो सबै अरुको भलो होओस भन्ने चाहनाबाटउत्पन्न हुन्छ ! खुशी मानिस अरुको भलाइका निम्ति सोच्छन् ! अरुको स्थानमा आफुलाई राखेर गर्ने अभ्यास नै खुशीको उच्चतम बिन्दु हो !
४९४.            पहिलो उपन्यासबाट चर्चा कमाएका लेखकहरुका लागि दोस्रो उपन्यास गजबको चुनौतिको विषय बन्दोरहेछ नेपालका लेखकहरुका लागि मात्र नभई विश्वभरिका लेखकहरुका लागि पनि! लेखकको अनुभबजनित या आत्मकथात्मक प्रकारका उपन्यासलाई पाठकहरुको ठूलो समुहले रुचाउँदो रहेछ !
४९५.            बेदना सुनिदिने कोही नभएपछि, कुबेतको नेपाली दूतावासस्थित महिला सेल्टरमा आश्रय लिन पुगेकाहरुले भित्ताभरि आफ्नो मनको बह पोखेका रहेछन् !
४९६.            एउटी वयस्क युबतिकालागि दाल-भात खाएर पालिनु मात्र सबथोक हो वा उसले आफ्नो बैबाहिक जीवनबाट अपेक्षा राख्नसक्ने अरु कुरा पनि हुन्छन् ? आफ्नी पत्नी पाल्नैकोलागि पतिले जीवनभर खाडीमा पसिना बगाउनुपर्ने हो भने, बिबाह नामक यो बिरालो बाँध्नुको औचित्यता कहाँ छ त ?
४९७.            दाम्पत्य जीवनलाई दुइवटा पांग्राले अड्याएको रथ भनेर मानिदै आएको नेपाली समाजमा, कति बर्षदेखि कति लाख पान्ग्रारूपी महिलाले यो रथ एक्लै धानिरहेका छन् ? यति धेरै पुरुष देश बाहिर छन् भने देश चलाएको चाहिं छ कसले ?
४९८.            कूटनीति सेवाको पहिलो पोस्टिंगमै कार्यबाहक राजदूत हुने अवसर पाएका भाग्यमानी महिला अधिकृतहरू परीक्षा दिने क्रममा पाएको ज्ञान र केही बर्षको कार्यानुभबको आधारमा आफुलाई खार्दै अगाडी बढेका छन् !
४९९.            हालसालै पाकिस्तानको लागि राजदूत नियुक्त भएकी सेवा अधिकारी लम्साल न्युयोर्कस्थित मिसनको उपप्रमुखको चारबर्से कार्यकाल सकेर नेपाल फर्केकी हुन् ! २०६७ बैशाखमा उपसचिबको रूपमा मन्त्रालय प्रवेश गरेकी ऊनी, सोहि बर्ष फागुनमा सहसचिब भएकी हुन् !
५००.            दीपिका पादुकोणले आफुलाई बलिउडको ‘नम्बर वन’ हिरोइनमा आफुलाई दर्ज गराउन सफल भईन् ! ऊनका त्यस्ता फिल्म सायदै होलान्, जस्ले बक्स अफिसमा सय करोड भारू कलेक्सन नगरेको होस् ! उनले विश्वको सर्बाधिक पारिश्रमिक पाउने दश अभिनेत्रीको सूचीमा अटाएर नयाँ रेकर्ड राख्न सफल भईन् !

Comments